खस समाज प्रतिष्ठान नेपालको ९औं स्थापना दिवस सम्पन्न इतिहास–पहिचानदेखि राष्ट्रिय एकतासम्म गम्भीर बहस

  • मंसिर ६, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ खस समाज प्रतिष्ठान नेपालको ९औं स्थापना दिवस तथा मैत्रीपूर्ण बनभोज कार्यक्रम शनिबार धरान–६ पानवारीस्थित मयुर होटलमा सम्पन्न भयो।

कार्यक्रमको अध्यक्षता प्रतिष्ठानका अध्यक्ष बिरेस थापाले गर्नु भएको थियो भने प्रमुख अतिथि डा. केशर बहादुर बिष्ट हुनुहुन्थ्यो।

प्रमुख अतिथि डा. बिष्टले खस समुदायको इतिहास, धर्म र संस्कृतिबारे विस्तृत रूपमा आफ्नो धारणा प्रस्तुत गर्दै राष्ट्रिय गानका केही पंक्तिहरूले वास्तविकता प्रतिविम्बित गर्न नसक्ने तर्क गरे।

“सयौं थुँगा फूलका हामी एउटै माला नेपाली” सही भए पनि “सार्वभौम भई फैलिएका मेची–महाकाली” भन्ने पंक्ति ऐतिहासिक सत्यसँग मेल नखाने उनले स्पष्ट पारे।

उनका अनुसार नेपालीहरू मेची–महाकाली फैलिएका नभई अझ खुम्चिदै गएको ऐतिहासिक तथ्य रहेको उल्लेख गर्दै, “पहिले पश्चिममा कुमाउ–गढवाल, काङ्गडा र पूर्वमा टिष्टा सम्म हाम्रो पहुँच थियो,” भन्दै उदाहरण प्रस्तुत गरे।

समसामयिक राजनीतिक अवस्थाबारे बोल्दै डा. बिष्टले देश अहिले गम्भीर संकटबाट गुज्रिरहेको उल्लेख गरे।

नेतृत्वहीनता र अराजकतामा मुलुक लम्किरहेकाले राष्ट्रिय एकताको प्रतीक राजसंस्थालाई पुनःस्थापना गर्नु विकल्परहित भएको उनको भनाइ थियो। “अराजकताको सीमा नाघेर आपत्कालीन सेवा बन्द गर्ने चिकित्सकहरू देखिने देश संसारमा अर्को छैन—यो दुर्भाग्य नेपालको हो,” उनले भने।

कार्यक्रममा प्रतिष्ठानका केन्द्रिय सल्लाहकार किशोर कुमार कार्कीले खस–क्षेत्री समुदायलाई “सुतिरहेको सिंह” जस्तै रहेको टिप्पणी गर्दै समुदायप्रति विभिन्न कोणबाट हुँदै आएको प्रहार र उत्तेजनात्मक अभिव्यक्तिदेखि सावधान रहन चेतावनी दिए।

कार्यक्रममा संयुक्त खस समाजका केन्द्रिय उपाध्यक्ष प्रताप थापा, प्रतिष्ठान कोशी प्रदेश संयोजक हरीबहादुर कार्की, उपसचिव लक्ष्मी बानियासहितका वक्ताहरूले आ–आफ्ना धारणा राखेका थिए।

यसै अवसरमा प्रतिष्ठानलाई निरन्तर सहयोग पुर्‍याउँदै आएका विभिन्न व्यक्तित्वहरूलाई सम्मान गरिएको थियो।

खस–क्षेत्री समुदायकी कमला कटुवालले विराट टिचिङ हस्पिटलबाट एमबीबीएस उत्तीर्ण गरेको खुशीमा समाजले उनलाई दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरेको थियो।

औपचारिक सत्रपछि मैत्रीपूर्ण बनभोज तथा मनोरञ्जनात्मक कार्यक्रम गरिएको थियो। समारोहको सञ्चालन प्रतिष्ठानका सचिव हिमाल कार्कीले गर्नुभएको थियो।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved