भारतद्वारा ७० मिटर मोड्युलर पुल हस्तान्तरण

  • मंसिर ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

काठमाडौं/ नेपालमा विपद्पछिको सडक कनेक्टिभिटी द्रुत गतिमा पुनःस्थापना गर्न भारतले फेरि एक महत्वपूर्ण सहयोग गरेको छ।

मंसिर ४ गते हेटौँडामा आयोजित विशेष समारोहमा नेपालका लागि भारतीय राजदूतले ७०–मिटर लामो मोड्युलर पुल तथा पुल जडानका लागि आवश्यक विशेष उपकरणहरु नेपाल सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्रीलाई हस्तान्तरण गरे।

सन् २०२५ को अक्टोबरमा पूर्वी नेपालमा आएको विनाशकारी वर्षा र बाढीले सडक सञ्जाल गम्भीर रुपमा प्रभावित भएपछि नेपाल सरकारले भारतसँग सहयोगको अनुरोध गरेको थियो।

त्यसअनुसार भारत सरकारले नेपाललाई अनुदानमा १० वटा ७०–मिटर बेली ब्रिज उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ, जसको मूल्य नेरु. ७३ करोडभन्दा बढी रहेको भारतीय दूतावासले जनाएको छ।

हस्तान्तरण गरिएको पुल तत्कालै रामेछाप पठाइनेछ, जहाँ हालैको वर्षापछि सडक अवरुद्ध बनेको छ।

यसअघि पनि भारतले सन् २०२४ सेप्टेम्बरमा आएको बाढी–पहिरोपछिको पुनर्निर्माणका लागि नेरु. ४१ करोड बराबरका १० वटा स्टील प्री–फ्याब ब्रिज दिएको थियो, जस मध्ये ४ वटा सफलतापूर्वक जडान भइसकेका छन्।

कार्यक्रममा भारतीय राजदूतले मोड्युलर पुल तथा उपकरण हस्तान्तरणलाई भारत–नेपालबीचको विश्वास, मित्रता र सहकार्यको बलियो उदाहरण बताउँदै नेपाललाई आवश्यक सबै सम्भव सहयोग गर्न भारत सधैँ तत्पर रहने उल्लेख गरे।

त्यसैगरी, भौतिक पूर्वाधार तथा यातायात मन्त्रीले भारतको निरन्तर सहयोगप्रति आभार व्यक्त गर्दै छिटो जडान गर्न सकिने यस्ता पुलहरुले आपतकालीन पुनर्निर्माणलाई तीव्र गतिमा अगाडि बढाउन निर्णायक भूमिका खेल्ने बताए। मन्त्रीले हस्तान्तरण गरिएको पुल यथाशीघ्र सञ्चालनमा ल्याइने आश्वासन पनि दिए।

भारतले पुनर्निर्माण तथा विपद् न्यूनीकरणमा नेपाल सरकार र नेपाली जनताका लागि निरन्तर सहयोग जारी राख्ने प्रतिबद्धता जनाउँदै समारोह सम्पन्न गरिएको थियो।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved