जेनजी एकताको लागि धरानमा विशाल र्‍याली मंसिर ६ मा भानुचोकमा जनसागर उर्लने

  • मंसिर ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  विभिन्न समूहमा विभाजित जेनजी अभियानलाई एकताबद्ध बनाउने उद्देश्यसहित जेन-जी युनाइटेड परिवर्तनले आउँदो मंसिर ६ गते शनिबार धरानको भानुचोकमा विशाल कोणसभा गर्ने भएको छ।

आन्दोलनका उपलब्धीहरूलाई संस्थागत गर्दै विभाजन अन्त्य गर्ने समय भइसकेको भन्दै सबै जेनजीलाई एउटै मञ्चमा उभिन आह्वान गरिएको छ।

पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म एकता अभियान चलाइरहेको जेन-जी युनाइटेडको टोली बिहिबार धरान आइपुगेको थियो। पत्रकारसँग कुरा गर्दै कोणसभा संयोजक तारा श्रेष्ठले कार्यक्रमलाई उत्साहपूर्ण बनाउन जेन-जी कलाकारहरूले देशभक्तिपूर्ण गीत, नृत्य र नाटक प्रस्तुत गर्ने जानकारी दिए।

कार्यक्रम सञ्चालिका सिमा राईका अनुसार शनिबार बिहान ११ बजे भानुचोकमा भेला भई र्‍याली सुरु हुनेछ। भानुचोकबाट शुरु भएको र्‍याली छाता चौक–चतरा लाइन–कल्याण चौक हुँदै पुतली लाइनमार्ग हुँदै पुनः लोकतान्त्रिक चौतारी भानुचोकमा आएर कोणसभामा परिणत हुनेछ।

कोणसभामा जेन-जी आन्दोलनका विभिन्न समूहका नेतृत्वकर्ता तथा प्रतिनिधिहरूले सम्बोधन गर्नेछन्।

राईका अनुसार, र्‍याली तथा कोणसभाले आन्दोलनका भावना र लक्ष्य जनतासामक्ष अझ सशक्त रूपमा प्रस्तुत गर्नेछ। आयोजनक श्रेष्ठ र राईले धरानबासी जेन-जी, जेन-वाई, जेन-एक्स तथा अभिभावकहरूलाई ठूलो सहभागितासहित अभियान सफल पारिदिन आग्रह गरे।

भदौ २३–२४ मा जेन-जी आन्दोलन उत्कर्षमा पुगेका बेला ७६ जनाको ज्यान गएको पीडादायी घटना स्मरण गर्दै, शहीद तथा घाइतेहरूले देखाएको सपना अधुरो रहन नदिन सबै जेन-जीलाई एकताको मञ्चमा जुट्न आयोजकले आह्वान गरेको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved