सुनसरी स्तरीय ‘सुनाखरी कप’को तयारी पूरा

  • मंसिर ५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सुनसरी जिल्ला स्तरीय अन्तर विद्यालय ‘सुनाखरी एकेडेमी कप’ फुटबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ।

मंसिर ७ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने प्रतियोगिता धरान–१७ स्थित एन्फा एकेडेमीको खेलमैदानमा हुने आयोजकले जनाएको छ।

उद्घाटन खेलमा सुनाखरी रातो र लिबर्टी स्कूल आमनेसामने हुने प्रिन्सिपल मिलन राईले जानकारी दिए। उनका अनुसार यस वर्ष १६ वटा विद्यालयले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा सहभागि विद्यालयहरूमा—

सुनाखरी रातो, सुनाखरी सेतो, हिमशिखर स्कुल तरहरा, सेन्ट जोसेफ धरान–१७, नेपाल प्रहरी विद्यालय धरान–१३, प्रभात सेकेन्डरी, विजयपुर, ज्ञानकुञ्ज, लिबर्टी, देउराली बालबालिका, माउन्ट हर्मन, सैनिक आवासीय आर्मी स्कुल, हिबिस्कस, बुद्ध आदर्श, लर्ड बुद्ध झुम्का र ज्वालामुखी स्कुल पट्नाली रहेका छन्।

विजेता टोलीले ५० हजार, उपविजेताले २५ हजार, र सेमिफाइनलमा पुग्ने टोलीहरूले ५–५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन्। उत्कृष्ट खेलाडी, गोलकिपर, फर्वार्ड, डिफेन्स, उच्च स्कोरर र अनुशासित टिमलाई पनि सम्मान गरिनेछ।

प्रिन्सिपल राईका अनुसार, प्रतियोगिताको उद्देश्य स्थानीय फुटबल प्रतिभालाई उजागर गर्दै भविष्यमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्नु हो।

धरानमा सुरु हुन लागेको यो प्रतियोगिता क्षेत्रीय फुटबल विकासका लागि महत्वपूर्ण मानिएको छ।

 

 

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved