मनोरञ्जन

    Showing ३२१-३३० of ५३२ items.
  • कंचनले ल्याए ‘यो मौसम बैमानी’ भाग २

    धरान/  गायक, संगीतकार, लेखक र मोडल समेत रहेका कन्चन थलङ र चलचित्र तथा म्युजिक भिडियोको क्षेत्रमा उदाईरहेकी धराने नायिका रेखा लिम्बुद्धारा अभिनित म्युजिक भिडियो ‘चिसो चिसो छ मौसम’ बोलको भाग २ म्युजिक भिडियो सार्वजनिक भएको छ । भाग १ सार्वजनिक भएको करिब ४ बर्षपछि पुनः ‘चिसो चिसो मौसम’ भाग २ कै रुपमा म्युजिक भिडियो सार्वजनिक गरी बजारमा ल्याइएको हो । चार बर्ष अघि कञ्चनकै शब्द, सङ्गीत र स्वरमा रहेको चिसो चिसो मौसम बोलको गीत सार्वजनिक भएसंगै सोही भर्सनको ‘यो मौसम बैमानी’ बोलको नयाँ गीत संगै म्युजिक भिडियो सार्बजनिक गरिएको हो । निर्देशक सान थापाको निर्दे

    • प्रकाशित मितिः कार्तिक २३, २०८०
    • ८६७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • यस बर्षको तिहारमा स्थानीय फूल पर्याप्त

    धरान/  यस बर्ष नेपालमै उत्पादन भएको स्थानीय फूलले तिहारमा प्रसस्त पुग्ने धरानस्थित कृषि बजारले जनाएको छ । तुलानात्मक रुपमा सयपत्री लगायत अन्य फूलहरु स्थानीय स्तरमै प्रसस्त फुलेका कारण भारतबाट आउने आयातित फूल कम भित्रिने कृषि बजारले जनाएको छ । कोशी पहाडी जिल्लाको विभिन्न ठाउँमा यस बर्ष तिहार लक्षित सयपत्री फूल प्रसस्त फुलेको पाइएको छ । यस बर्ष नेपाली फूलले तिहारको माग धान्ने भएकोले भारतबाट आएको आयातित फुलको परिणाम घट्ने कृषि बजारले जनाएको हो । धरानलाई मात्र हेर्ने हो भने पनि उपमहानगरपालिकाले पकेट क्षेत्र मानिएको वडा नं. ४, ५, ६ र २० वडामा यस बर्ष प्रसस्त फूल फुलेको पाइएको छ । विगतका

    • प्रकाशित मितिः कार्तिक २२, २०८०
    • ९३३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • थारु चलचित्र सजनी तोहर बिनको प्रिमियर सो मा दर्शक भरिभराउ

    सुनसरी/ बराहक्षेत्र मिडिया प्रा.लि.को व्यानरमा झुम्काको थ्री डी म्याजिक हलमा वडा दशै, दिपावली, छैठ, लोसार साथै नेपाल सम्वत ११४४ को पावन अवसरमा नेपाली थारु कथानक चलचित्र "सजनी तोहर बिन" को प्रिमियर सो प्रदर्शन भएको छ । बराहक्षेत्र मिडिया प्रा.लि. का अध्यक्ष प्रदिप बास्मैतको सभाध्यक्षता र थारु चलचित्र तथा साँस्कृतिक संघका केन्द्रीय अध्यक्ष,निर्देशक पर्शुरा चौधरीको प्रमुख आतिथ्य, नेपाल पत्रकार महासघ केन्द्रिय सदस्य तथा मा उक्त फिल्मको औपचारिक कार्यक्रम राखि प्रदर्शन गरिएको थियो। म्याजिक हलमा प्रदर्शन गरिएको फिल्म हेर्न पहिलो दिनमै दर्शकले राम्रो साथ दिएका थिए । यो फिल्मले गाउँ घर नगरमा घटि रहे

    • प्रकाशित मितिः कार्तिक १६, २०८०
    • ८३५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘कहाँमा काट्यो बेतको लौरी’ नयाँ भर्सनमा

    धरान । आजभन्दा ४५ बर्षअघि रेकर्ड भएको लोक गायक गंगा बरदानको लोकप्रिय गीत ‘कहाँमा काट्यो बेतको लौरी’ पुनः नयाँ भर्सनमा रेकर्डिङ्गसंगै स्टुडियो भिडियो समेत निर्माण भई सार्वजनिक गरिएको छ । नेपाली बब मार्लीको रुपमा परिचित गायक बरदानले उक्त गीत बि. स. २०३५ सालमा स्वरपरिक्षा उर्तिर्ण नगरि कनै सिंहदरबार स्थित रेडियो नेपालमा रेकर्ड भएको थियो । पछि उनले २०५५ साल ताका नमस्ते स्टुडियोका संचालक तथा नमस्ते ब्याण्डका गायक इश्वर गुरुङ्ग्को सहयोगमा निकालिएको एल्बम ‘गंगा बरदान भाग १’ को लागि समेत पुनः रेकर्ड गरेका थिए । त्यसबेला यो गीतले अझ लोकप्रियता कमाएको थियो । अहिले भने रेगी भर्स

    • प्रकाशित मितिः कार्तिक ४, २०८०
    • ७२७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • परदेशी २ का कलाकारहरु मेरिल्याण्डमा

    विराटनगर/  विराटनगर ७ स्थित मेरिल्याण्ड कलेजमा नेपाली कथानक चलचित्र परदेशी २ फिल्मका अभिनेता प्रकाश सपुत, अभिनेत्री वर्षा सिवाकोटी, चलचित्रका निर्माता राजेश वंशल सहित अन्य कलाकारहरुको उपस्थिति रहेको थियो । कोशी प्रदेश नेपाली चलचित्रलाई माया गर्नेहरुको प्रदेश भएकोले प्रोमोसनका लागि मेरिल्याण्ड आएको चलचित्रका निर्माता राजेश वंशलले वताए । अभिनेता प्रकाश सपुत र अभिनेत्री वर्षा सिवाकोटीले विद्यार्थीहरुमाझ प्रस्तुती दिएका थिए । उनिहरुले चलचित्रको एक चर्चित गीत पनि प्रस्तुत गरेका थिए । उनिहरुको प्रस्तुतिलाई विद्यार्थीहरुले भरपुर मनोरञ्जन लिएका थिए । चलचित्र नेपाली सिनेमा घरहरुमा असोज २६ ग

    • प्रकाशित मितिः असोज २३, २०८०
    • ८१२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ‘मुनामदन’ मञ्चनको समय चार दिन थपियो

    विराटनगर/  महाकवि लक्ष्मीप्रसाद देवकोटाद्वारा लिखित खण्डकाव्य ‘मुनामदन’ मा आधारित नाटक मञ्चनको समय चार दिन थपिएको छ । असोज ४ गतेबाट मञ्चन सुरु भएको नाटक असोज १६ सम्म मञ्चन गर्ने भनिए पनि दर्शकको आग्रहमा चार दिन थप गरिएको हो । अब नाटक असोज २० गतेसम्म मञ्चन हुनेछ ।विराट आदर्श साहित्य मञ्चको आयोजनामा विराटनगर स्थित शुशिला कोइराला नाटकघर आरोहण गुरुकुलमा नाटक मञ्चन भइरहेको छ । मंगलबार मात्रै पाँच शो नाटक मञ्चन भएको मञ्चका अध्यक्ष कटवाल दीपकले जानकारी दिए । मुनामदनको नाट्य रुपान्तरण तथा निर्देशन युवासाहित्यकार कटवाल दीपकले गरेका हुन् । कलेज, विद्यालयहरू र दर्शकको मायाकै कार

    • प्रकाशित मितिः असोज १८, २०८०
    • ७७२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • युएन नबोदय ट्यालेन्ट शो सुरु

    धरान/  विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गर्न धरान स्थित युएन नबोदय कलेजले ट्यालेन्ट शो शुरु गरेको छ । धरान १६ स्थित युएन नबोदय कलेजले गत बिहिबार देखि आयोजना गरेको ट्यालेन्ट शो मा कक्षा-११ मा अध्ययनरत बिद्यार्थीहरुले गीत र नृत्य प्रस्तुत गरेका थिए । कलेजले प्रत्येक बर्ष ट्यालेन्ट शो गरिदै आएको यु.एन. नबोदयका क्याम्पस प्रमुख तथा प्रीन्सिपल डम्बर कुमार तुम्बापोले बताए । आज पनि कविता, बक्तृत्वकला लगायतका ट्यालेन्ट शो भएको तुम्बापोले जनकारी दिए। कार्यक्रमले बिद्यार्थीहरु भित्र लुकेर रहेको प्रतिभालाई प्रष्फुटन गर्न मद्दत पुग्नुका साथै उनीहरुले उचित प्लेटफर्म पाउने कलेजका अध्यापक राम बह

    • प्रकाशित मितिः असोज १२, २०८०
    • १,३१४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • दशैमा फुड फेस्टिबल हुने

    मोरङ/ दसैंलाई लक्षित गरेर विराटनगरमा फुड फेस्टिवल आयोजना गरिने भएको छ । दसैंको अवसर पारेर असोज २८ गतेदेखि सात दिनसम्म मञ्जिना मुभिज क्रिएसन र भाजु युवराज फाउण्डेसनले फुड फेस्टिवल सञ्चालन गर्न लागेको हो । विराटनगरमा पत्रकार सम्मेलन आयोजना गरी असोज २८ गतेदेखि कात्तिक ४ गतेसम्म फुड फेस्टिवल आयोजना गर्ने तयारी भएको भाजु युवराज फाउण्डेसनका युनेशराज श्रेष्ठले जानकारी दिए । विगतमा जस्तै विराटनगरको हिमालय रोडमा फेस्टिवल आयोजना गरिने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । दसैं मनाउन घर फर्किएकाहरुलाई लक्षित गरेर फुड फेस्टिवल आयोजना गर्न लागेको आयोजकले जनाएको छ । यसले आगन्तुकहरुलाई मनोरञ्जन प्रद

    • प्रकाशित मितिः असोज ९, २०८०
    • ८४१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पर्यटकको आकर्षक गन्तव्य बन्दै फुङफुङ्गे झरना

    ताप्लेजुङ ।  फुङफुङ्गे झरनाको चारैतर्फ डाँडाकाँडा र हरियाली वनजङ्गल । यहाँको वातावरणले मनै लोभ्याउँछ । पछिल्लो समय ताप्लेजुङको पर्यटकीय गन्तव्य बन्दै गएको छ फुङफुङ्गे झरना । तीन सय मिटर जति अग्लो चट्टानी काँपबाट जोड्ले तल झरेको झरनाको आवाज नै फुङफुङ हुने हुँदा नामकरण फुङफुङ्गे भएको बताइन्छ । ताप्लेजुङ सदरमुकामबाट नजिकै रहेको मिक्वाखोला गाउँपालिकामा अवस्थित फुङफुङ्गे झरना पर्यटकका लागि आकर्षक क्षेत्र हो । यो सुन्दर झरनामा झरेको पानी मेवा खोलामा मिसिन्छ । नेपाल सरकारले पर्यटकीय प्रवल सम्भावना भएका सय स्थानको पहिचान गरी पर्यटकीय गन्तव्यको रुपमा विकास गर्ने कार्यक्रम अघि बढाएको छ । &nbs

    • प्रकाशित मितिः असोज ४, २०८०
    • ९३० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्यार्थीको क्षमता अभिवृद्धि गर्न चित्रकला प्रतियोगिता

    धरानः चित्रकलाको माध्यमबाट विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले एकल विद्यालय नगर समितिले विद्यार्थीहरु सामेल गराएर चित्रकला प्रदर्शनीको आयोजना गरेको छ । यो समितिले समय समयमा यस्ता क्षमता भएका विद्यार्थीहरुको क्षमता अभिवृद्धि गर्न विभिन्न कार्यक्रमको आयोजना गर्ने गरेको छ । पछिल्लो समय यो समितिले विद्यार्थीहरुलाई सहभागी गराई चित्रकला प्रदर्शनको आयोजना गरेको छ । विद्यार्थीहरुको क्षमता अपार हुने र बालबालिकाको क्षमतालाई चित्रमार्फत प्रदर्शन गर्न सहयोग पु¥याउन पनि चित्रकला प्रतियोगिताको आयोजना गरिएको कार्यक्रम संयोजक सुदा सोनीले बताइन्। प्रतिष्पर्धामा धरान उपमनगरपालिकाभित्र रहेका

    • प्रकाशित मितिः असोज २, २०८०
    • ९३८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved