‘कहाँमा काट्यो बेतको लौरी’ नयाँ भर्सनमा

  • कार्तिक ४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान । आजभन्दा ४५ बर्षअघि रेकर्ड भएको लोक गायक गंगा बरदानको लोकप्रिय गीत ‘कहाँमा काट्यो बेतको लौरी’ पुनः नयाँ भर्सनमा रेकर्डिङ्गसंगै स्टुडियो भिडियो समेत निर्माण भई सार्वजनिक गरिएको छ ।

नेपाली बब मार्लीको रुपमा परिचित गायक बरदानले उक्त गीत बि. स. २०३५ सालमा स्वरपरिक्षा उर्तिर्ण नगरि कनै सिंहदरबार स्थित रेडियो नेपालमा रेकर्ड भएको थियो । पछि उनले २०५५ साल ताका नमस्ते स्टुडियोका संचालक तथा नमस्ते ब्याण्डका गायक इश्वर गुरुङ्ग्को सहयोगमा निकालिएको एल्बम ‘गंगा बरदान भाग १’ को लागि समेत पुनः रेकर्ड गरेका थिए । त्यसबेला यो गीतले अझ लोकप्रियता कमाएको थियो ।

अहिले भने रेगी भर्सनमा गीत तयार गरिएको छ । जुपिहाङ्ग लिम्बुको संगीत संयोजन रहेको गीत धरानको न्यु भावना स्टुडियोमा रेकर्ड भएको हो भने मिक्सिङ्ग डम्बर लिम्बुले गरेका हुन् । गंगा बरदानका केहि पुराना गीतहरुलाइ पुनः नयाँ साज सज्जामा ल्याउने क्रममा सिल्भर इन्टरटेनमेन्टको सक्रियतामा यो गीत तथा भिडियो तयार भएको हो ।

उनका अन्य केहि लोकप्रिय गीतहरु समेत रेकर्डिङ्ग भईसकेको छ । उक्त भिडियो छायांकन तथा सम्पादन एडम लिम्बुले गरेका हुन् । सिल्भर इन्टरटेनमेन्टको युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक भएको हो ।

२०२५ सालताका आफ्नो जन्मथलो भोजपुरमै आयोजित लोक तथा नृत्य प्रतियोगितामा ‘दाई त काले भाई पनि काले, काले काले मिलेर खाउँ भाले’ बोलको आफ्नै संकलन तथा स्वर रहेको गीत १६ वर्षको कलिलो उमेरमा नै गाएर दोस्रो स्थान प्राप्त गरेका गायक, रचनाकार तथा संगीतकार गंगा बरदानले नेपाली संगीत क्षेत्रमा आफ्नो ५० वर्षभन्दा बढी समय काटीसकेका छन् ।

आगामी मंसीरमा उनको सम्मानमा ‘गंगा बरदान स्वर्णिम साँझ’ समेत आयोजना गरी गायक गंगा बरदानको जीवनयापनको सहयोगको लागि केही रकम समेत जुटाउने लक्ष्य राखिएको सिल्भर इन्टरटेनमेन्टका प्रबन्धनिर्देशक सौरभ श्रेष्ठले बताए ।

प्रतिबन्धित लागूऔषध ...

मोरङ/ मोरङको सुन्दरहरैँचामा प्रतिबन्धित लागूऔषध स् ...

धरानमा सुकुटी व्यापा ...

धरान/ धरानमा राँगाको सुकुटी र त्यसबाट बनाइने अचारको व्य ...

धरानमा लागूऔषधसहित द ...

धरान/ सुनसरीको धरान–५ देउरालीस्थित मंगल चोकब ...

ग्यारेजको क्यान्टिनम ...

बिर्तामोड/ झापाको बिर्तामोड नगरपालिका–२ रामच ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved