चाडबाँडमा गरिब तथा असहायलाई सहयोग

  • कार्तिक २, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  नेपालीहरुको महान चाड वडादशैको अवसर पारेर धरान ८ मा रहेको अपांग तथा असहाय सेवा केन्द्रले धरान लगायत धरान बाहिरका अति विपन्न परिवारलाई खाद्यान्न वितरण गरेको छ ।

स्व. मणिराम अग्रवालको स्मृतिमा उनका जेठा छोरा अशोक अग्रवालले केन्द्र मार्फत सहयोग उपलब्ध गराएका हुन् ।

बर्षभरि अपांग तथा असहाय सेवा केन्द्र मार्फत १२ लाख रुपैया बराबरको सहयोग पु¥याउदै आएका अग्रवालले दशै चाड पर्व गरिब तथा असायको समेत राम्रो वितोस् भन्ने उद्देश्यले एक जना बराबर २० केजी चामल, दाल, सब्जीजन्य सामाग्री वितरण गरेका हुन् ।

धरान ८ केन्द्रकै कार्यालयमा भएको कार्यक्रममा धरान ११ का वडाध्यक्ष लोकेन्द्र फागो, महिला सञ्जाल धरानकी पूर्व अध्यक्ष शिला बज्राचार्यको उपस्थितिमा सामाग्री वितरण गरिएको हो ।

केन्द्रले गरेको कार्य सह्रानीय भएको भन्दै यस्ता कार्यक्रममा आफू पनि सहभागी हुने वडाध्यक्ष फागोले बताए ।

महिला सञ्जाल धरानकी पूर्व अध्यक्ष शिला बज्रचार्यले समेत अपांग तथा असहाय केन्द्रले निरन्तर गर्दै आएको सामाजिक कार्यको प्रशंसा गरिन् ।

सामाजिक व्यक्तित्व अग्रवालले एक पटक मात्र हैन ३१ पटक सम्म विपन्न तथा सहायलाई सहयोग गर्दै आउनु भएकोप्रति बज्राचार्यले प्रशंसा गरिन् ।

अपांग तथा असहाय केन्द्रका निर्देशक सुनिल खड्काले यस्तै सहयोगी संस्था तथा व्यक्तित्वबाट प्राप्त सहयोग अपांग, असहाय तथा विपन्न वर्गलाई वितरण गर्दे आएको बताए ।

उनले समाजसेवी अग्रवालले केन्द्र मार्फत विपन्न परिवारलाई सहयोग गर्दै आएको प्रति धन्यवाद दिए ।

केन्द्रले स्थापना कालदेखि नै अपांग तथा असहाय तथा विपन्न वर्गलाई लक्षित गरी खाद्यान्न मात्र हैन, उनीहरुको स्वास्थ्योपचार, बालबालिकालाई पढाई खर्च समेत सहयोग गर्दै आएको छ ।

पूर्वस्वास्थ्यमन्त्र ...

मोरंग/ जनता समाजवा पार्टीबाट निर्वाचितभएकी कोशीप्र ...

बैशाख महिनाभित्र आगल ...

सुनसरी/ आगलागी र डढेलोमा परेर एक महीनामै २६ जनाले ...

सुकुम्बासीलाई वन र स ...

काठमाण्डौ/ सर्वोच्च अदालतको संवैधानिकइजलासले सुकुम ...

महानगरको आयोजनामा सह ...

विराटनगर/  विराटनगर महानगरपालिका सहकारी शाखाक ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved