खसीबोकाको कारोबारमा कमी

  • कार्तिक ४, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान । वडा दशैमा कृषकहरुको चाहना एउटै हुन्छ । आफूले पालेको खसी बोका विक्री गरेर आएको रकमले दशै खर्च टार्ने । तर यसपटक कृषकले सोचेका कुरा देशमा भएको आर्थिक मन्दीले तहसनहस बनाएको छ ।

दशैका लागि विक्री गर्न ल्याएको खसीको बोकाले उचित मुल्य नपाउँदा किसानहरु चिन्तित बनेका हुन् । गाउँ–गाउँबाट सकलन गरी विक्रीका लागि ल्याइएको खसी बोकाले उचित मुल्य नपाउँदा कृषक तथा व्यापारी चिन्तित बनेका हुन् । दशैका लागि विक्री गर्न ल्याएको खसी बोकाले उचित मुल्य नपाउँदा कृषक तथा व्यापारी चिन्तित बनेका छन् । गत वर्षको तुलनामा यस पटक खसी बोकाले उचित मुल्य नपाएपछि उनीहरु चिन्तित बनेका हुन् ।

धरानस्थित कृषि बजारमा विक्रीका लागी ल्याइएका खसी बोकाले मुल्य नपाएपछि कतिपय कृषकहरुले घर फर्काएका छन् । राम्रो मुल्य पाउने आसले ल्याएको खसी बोकाले मुल्य नपाउँदा खरिद गरेको मुल्य भन्दा कमीमा विक्री गर्नु परेपछि कृषि तथा व्यापारी चिन्तित बनेका हुन् ।

सागुरीगढी गाउँपालिकाका कृषक मनबहादुर राईले जुन उद्देश्य सोचेर खसी बोका विक्रीका लागि ल्याएको त्यो अनुकल नभएको बताए । उनले भने–‘खसी बोका बेचेर दशै टार्ने जुन उद्देश्यले ल्याएको थियो, त्यो अनुसारको भएन ।’ व्यापारी गत वर्ष दशैको सिजनमा कृषि बजारमा खसी बोकाको कारोबार २४ करोड बराबरको भएको थियो ।

गत वर्षको तुलनामा १५ देखी २० प्रतिशत बढी कारोबार हुने प्रक्षेपण गरिएपनि यस वर्ष करिब १५ प्रतिशतले कमी आउने कृषि बजार व्यावस्थापन समितिले जनाएको छ । गत वर्ष जिउदो खसीको मुल्य प्रतिकेजी ६ सय रुपैयाँ थियो । तर, यस पटक प्रतिकेजी पाँच सय ५० रुपैयाँमा सिमित बनेपछि कृषक तथा व्यापारी मारमा परेको कृषि बजार व्यवस्थापन समितिका व्यवस्थापक लक्ष्मण भट्टराईले बताए ।
धरान आर्थिक मन्दीका कारण हरेक सामानहरुको खरिद विक्रीमा कमी आएको उद्योगी व्यावसायीहरु बताउँछन् ।

दशैको बजारमा चहल पहल भएपनि खरिद विक्रीमा धेरै कमी आएकाले व्यापारीहरु मारमा परेको सुनसरी उद्योग बाणिज्य सघका अध्यक्ष विजयप श्रेष्ठले बताए । कृषि बजारमा पूर्वी पहाडी जिल्लाहरु उदयपुर, खोटाङ, भोजपुर, धनकुटा, तेह्रथुम, पाँचथरलगायतबाट खसी बोका विक्रीका लागी आउने गर्दछ । गत वर्ष २ अर्ब ८ करोड बराबरको खसी बोकाको कारोबार भएको थियो । कृषि बजारमा आउने खसी बोका तराइका जिल्लाहरुमा र छिमेकी मुलुक भारतमा समेत निर्यात गरिर्दै आएको बजारले जनाएको छ ।

कोशि प्रदेस स्तरीय ...

धरान/ फक्ताङ्लुङ मिडिया हाउस प्रा.लि.द्वारा संचालि ...

धरान अरुसँग प्रतिस्प ...

काठमाण्डौमा रहेका धरानेहरुको पुरानो र साझा संस्था धरान ...

पानबारी गोल्डकप : उद ...

धरान / प्रथम पानबारी गोल्डकप २०८१ को तयारी पुरा भए ...

दलित लक्षित नेतृत्व ...

धरान/ दलित लक्षित कार्यक्रम अन्तर्गत धरान उपमहानगर ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved