युएनद्वारा होटल म्यानेजमेन्टका प्रदेश टपरलाई नगद सहित सम्मान

  • असोज ३०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  त्रिभुवन विश्वविद्यालयअन्तर्गत होटल म्यानेजमेन्ट पहिलो सेमेस्टरको बोर्ड परीक्षामा प्रदेशमै उत्कृष्ट हुने विद्यार्थीहरुलाई धरान स्थित युएन कलेजले नगद पुरस्कार सहित सम्मान गरेको छ ।

बोर्ड परिक्षामा कलेजबाट प्रदेशमै उत्कृष्ट अंक ल्याएर प्रथम, दोस्रो र तेस्रो हुन सफल विद्यार्थीलाई पुरस्कार सहित सम्मान गरेको हो ।

कलेजमा विद्यार्थी अभिभावकबीच औपचारिक कार्यक्रम आयोजना गरि होटल म्यानेजमेन्टको पहिलो सेमेस्टरको बोर्ड परीक्षामा कोशी प्रदेशमै पहिलो हुने स्मारिका श्रेष्ठ, दोस्रो हुने रोजिना राई र तेस्रो हुने सिम्रन तामाङ्गलाई क्रमशः नगद २५ हजार, १५ हजार र १० हजार रुपैयाँ नगद पुरस्कार सहित सम्मान गरिएको थियोे ।

स्मारिकाले ३ दशमलव ९३ जिपिए ल्याई कोशी प्रदेश प्रथम र रोजिनाले ३ दशमलव ८९ ल्याइ रोजिना द्वितीय स्थान हासिल गरेको कलेजका प्राचार्य डम्बर तुम्बापोले बताए ।

त्यस्तै तृतीय पनि युएन कै सिम्रन तामाङले ३ दशमलव ८७ जिपिए ल्याएको प्राचार्य तुम्बापोले बताए ।

उत्कृष्ट विद्यार्थीलाई कलेजका अध्यक्ष ज्ञानेश्वर झा, प्राचार्य डम्बर तुम्बापोलगायतले बधाई तथा सम्मान प्रदान गरे ।

तुम्बापोका अनुसार होटल म्यानेजमेन्टको पढाई शुरुवातको वर्ष पनि कलेजका विद्यार्थीहरुनै पहिलो, दोस्रो र तेस्रो भएका थिए । ५ वर्ष पछि पुनः कलेजकै विद्यार्थी पहिलो, दोस्रो र तेस्रो हुन सफल भएका छन् ।uuu uuuu unn

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

अनेमसंघ सुनसरीमा विण ...

धरान । नेकपा (एमाले) को जनसंगठन अखिल नेपाल महिला संघ सु ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved