विजयपुर–हर्दिया सडक स्तरोन्नतिमा लागे स्थानीय

  • असोज ३०, २०८०
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान उपमहानगरपालिकाकालाई सुगम नगरपालिकाको रुपमा चिनिन्छ ।

तर धरानमा यस्ता वडा पनि छन् जहाँ पुग्न सहज बाटो छैन, खोलामा पुल बनाइएको छैन, एउटा वडादेखि अर्को वडासम्म पुग्न सकस हुन्छ ।

यस्तैमध्ये एक हो धरान ४ नं. वडा ।
यो वडाबाट धरानको पर्यटकीय वडासँग सिधा सम्पर्क राख्छ तर सडक राम्रो नहुँदा सहज रुपमा आवातजावत हुन सर्वसाधारणलाई कठिनाई छ । यसैलाई मध्यनजर गरी धरान उपमहानगरपालिकाले बाटो सहज बनाउने कामलाई प्राथमिकतामा राखेर काम शुरु गरेको छ ।

धरान १४ विजयपुरसँग धरान ४ को हर्दिया, ६ बोटे, पत्रङबारी, तेल्लुक, दानाबारी, शिवजट्टा, देवी गाउँ लगायतलाई मुख्य सडकको रुपमा यो सडकलाई लिइन्छ ।

धरान ४ र १४ लाई सेउती खोलाको पुलले विच्छेद गरिदिएको छ ।

सहज रुपमा आउँजाउँ गर्नका लागि खोलामा झोलुङेपुल निर्माण भएको छ । झोलेगे पुल निर्माण भएपनि यातायात भने पुग्न सक्दैन ।

धरान ४ का अधिकांश सर्वसाधारण कृषि पेशामा आश्रित छन् । उब्जाएको कृषिजन्य सामाग्री धरान बजारसँम्म ल्याउन मुस्किल छ ।

यसको प्रमुख कारण हो सडकको पहुच नहुनु र खोलामा पक्की पुलको निर्माण नहुनु । तर पछिल्लो समय धरान १४ को ५ लाखको बजेटमा स्थानीयको श्रमदानबाट जीर्ण सडक मर्मत गर्ने काम थालिएको छ । विगतमा हिड्नै नसक्ने बाटोको स्तरोन्नति भएपछि सबैभन्दा बढी स्थानीय हर्षित बनेका छन् ।

स्थानीय लक्ष्मी खड्का राईले यो सडक निर्माणले आफूहरुलाई सहज बनाएको बताइन् ।
यो सडक निर्माणमा सबै भन्दा बढी सक्रिय धरान १४ को याख्खा टोल विकास समिति रहेको छ ।

वडाकै बजेटबाट स्थानीयले श्रमदान गरेका छन् । सर्वसाधारण हिड्न नसक्ने अवस्था भएको यो बाटो अहिले ग्राभेलसम्म भएको छ । विजयपुरको बेलडाँडासँग सिधै धरान ४ को दानबारी जोड्ने करिब ५ किमी सडक स्तरोन्नति भएको हो ।

वडाको सहयोगमा स्थानीयको श्रमदानबाट बनेको यो सडकले धरान ४ र १४ आउजाउमा सहज हुने श्रमदानमा खटिनेहरुले बताएका छन् ।

याख्खा टोल विकास समितिका अध्यक्ष निरकुमार राईले बताए ।

धरान ४ र १४ लाई जोड्ने मुख्य सडकलाई वडाको सामान्य बजेटले सक्रिय वडाबासीहरुबाट स्नरोन्नति गरिएको वडाध्यक्ष कृष्णप्रसाद भट्टराईले बताए ।

उनले यहाँका स्थानीयहरुको सक्रियतामा यो सडकको स्तरोन्नति भएको बताए ।

धरान ४ धरान उपमहानगरपालिकाले कृषि पकेट क्षेत्रको रुपमा लिइएको हो ।

यहाँ धेरै कृषिजन्य सामाग्री उत्पादन हुन्छन् तर सहज बाटो नहुदा कृषकलाई कठिनाई भएको थियो । यो सडकको स्तरोन्नति भएसँगै उनीहरुले थोरै भएपनि राहतको महसुस गरेका छन् ।

बीपी प्रतिष्ठानमा अन ...

धरान ।दक्षिण एसियाकै प्रतिष्ठित बीपी कोइराला स्वास्थ्य ...

विचाराधिन सर्दु जलाध ...

धरान । अदालतमा विचाराधीन रहेको धरान १३ र ४ मा रहेको सर् ...

मिसेस स्टेट २०२५ सिज ...

धरान । वुमन्स वर्थ गु्रप को आयोजनामा यहि जेष्ठ १७ गते ह ...

प्रा.डा शर्मालाई निम ...

धरान । धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved