असफल सुकिलुम्बा विमानस्थल

  • आश्विन ३०, २०८०
  • कोशीपत्र/संवाददाता
alt - भगीरथ भण्डारी

इलाम/ घरी घरी इलाम–काठमाडौँ उडान हुने सुकिलुम्बा विमानस्थलमा गत जेठ २२ गते देखि उडान भएको थिएन ।

जेठ २२ देखी उडान नभएपछि इलाम नगरपालिकाले गत असोज चार देखि हरेक बिहीबार इलामको सुकिलुम्बा विमानस्थलबाट इलाम काठमाण्डौ पुनः उडान हुने भन्यो तर त्यो पनि सञ्चालनमा आएन । कहिले हप्ताको दुई दिन उडान गर्ने भन्ने त कहिले एक दिन गर्ने भन्दै प्रचार गरे पनि जहाज नै नआएपछि इलाममा जहाज आउने हल्ला मात्रै बनेको छ ।

गत असोज बाटै हप्तामा एक दिन उडान हुने भन्दै आएको नगरपालिका उक्त दिन पनि जहाज नआएपछि चकमन्न बसेको थियो ।

घरी घरी जहाज सञ्चालनमा ल्याउने भनिरहँदा इलामबासी इलामको विमानस्थललाई अब सिजनेवल विमानस्थल भनेर नाम दिनुपर्ने भन्दै व्याङग गर्न थालेका छन् ।

इलाम नगरपालिका सातका गोपाल पौडेल इलाममा जहाज आउने भनेर घरी घरी हल्लामा ल्याउने गरेको भन्दै इलामबाट जहाज सञ्चालन नहुने देखि सकियो भन्दै यसलाई सिजनेवल एयरपोट बनाउँदा हुने बताउँछन् ।

चुनावताका मात्रै सञ्चालनको हल्ला हुने इलामको सुकिलुम्बा विमानस्थल निर्माणको बेला तारा एयरको ट्विनअटर जहाजले ०७५ जेठ २१ मा कच्ची धावनमार्गमा परीक्षण उडान गरेको थियो भने ०७८ माघ २६ गते नेपाल एयरलाइन्सको ट्विनएटर जहाजले परीक्षण उडान सफल गरेको थियो ।

पटक पटक सफल परीक्षण भइसकेको विमानस्थल अहिले आएर असफल बनेको छ ।

नगरपालिकाले दसैँ तिहारलाई लक्षित गरेर असोज चार देखि साप्ताहिक उडान सञ्चालन गर्ने भने पनि दसैँ लागि सक्दा पनि जहाज इलाम आउने टुङ्गो छैन ।

इलाममा जहाज आउने बिटुङ्गो सँगै इलामबासीको इलामबाटै जहाज चढ्ने सपना टुङ्गिएको छ ।

असोज चार देखि पुनः सुरु हुने उडानमा इलाम काठमाण्डौ भाडा सात हजार ९२ र काठमाण्डौ इलाम सात हजार दुई सय ९२ रुपैयाँ तोकिएको थियो तर जहाज सञ्चालन नभएपछि विमानस्थल छ भनेर सम्झनु सिवाय केही बन्न सकेन ।

विमानस्थलमा परीक्षण उडान सफल भएपछि पनि नियमित सञ्चालन नहुँदा इलामबाट जहाज सञ्चालन हुने नहुनेमा दुविधानै छ ।

नियमित उडानका लागि एक वर्ष अघि इलाम नगरपालिकाले तारा एयर सँग सम्झौता गरेर विमानस्थलबाट नियमित उडान गर्ने भएपछि झलनाथ खनालले तत्कालीन पर्यटन मन्त्री प्रेम आलेलाई ल्याएर नेपाल वायुसेवा निगमको जहाज उद्घाटन गराए पनि यो चुनावताका देखाउन खोजेको मातै प्रस्ट बनेको छ ।

त्यस बेला नगरपालिका र एयरलाइन्सका बिचमा तीन महिना जहाज चलाउने भन्दै नगरपालिकाले तीन महिनाका लागि आतेजाते ११–११ जना यात्रुको ग्यारेन्टी गर्ने र ११ जना यात्रु नभए अपुग यात्रुको भाडा नगरपालिकाले बेहोर्नुपर्ने सर्तमा सञ्चालन गरे पनि तीन महिना पछि सञ्चालन हुन सकेको थिएन ।

घरी घरी इलाममा जहाज आउने चर्चा भइरहँदा आइतबार भने हल्लै बिना जहाज आएर फर्किएको छ । काठमाडौँबाट ५ जना यात्रु लिएर आएको नेपाल एयरलाइन्सको टुुइन एटर विमानले इलामबाट एक जना यात्रु लिएर फिरेको हो । विमानस्थलबाट ८७ वर्षीय तेजप्रसाद भट्टराईलाई लिएर जहाज फर्किएको हो ।

नगरपालिकाले विमान स्थलबाट नियमित जहाज सञ्चालनका लागि इलाम नगरपालिकाले पहल गरिरहेको नगर प्रमुख केदार थापाले पटक पटक बताउँदै आए पनि जहाज नियमित हुन सकेको छैन । आइतबार पनि रुट हेर्नका लागि इलाम आएको जहाज एक जना यात्रु लिएर फर्किएको बुझिएको छ ।

२०५८ सालमा नै विमानस्थल निर्माणको प्रक्रिया थालिएको भए पनि विमानस्थल बनाउने प्रक्रिया थालेको दश वर्षपछि २०६८ सालमा मात्रै निर्माणको काम थालिएको थियो ।

निर्माण थालेको दश वर्षपछि २०७८ मा मात्रै विमानस्थलको धावन मार्ग कालोपत्रे निर्माणको काम भएको थियो ।

सुकिलुम्बाको एउटा बस्ती नै उठाएर ३ सय २८ रोपनी जमिन अधिग्रहण गरेर बनाइएको यो विमानस्थलको लम्बाइ ६ सय ७० मिटर र चौडाइ २० मिटर रहेको छ ।

विमानस्थलबाट नियमित उडान भए इलाम, पाँचथर सहित भारतको, दार्जिलिङ, सिक्किम लगायतका मानिसहरूलाई हवाई यात्राको लागि सहज हुनेछ ।

इलामको जिम्मा सुहाङक ...

इलाम/ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अब इल ...

इलाम २ उप निर्वाचन १ ...

इलाम/ नेकपा (एमाले)का उमेदवार सुहाङ नेम्वाङको संसद ...

एमालेको विजय सभालाई ...

इलाम/ इलाम–२ को उपनिर्वाचनमा जित हासिल गरेपछ ...

इलाम-२ मा एमालेका सु ...

इलाम/ इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा खसेको म ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved