खेलकुद

    Showing 61-70 of 650 items.
  • सातौँ डिआइजी रनिङ कप : प्रभात स्कुल फाइनल प्रवेश

    धरान/  कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिताको सातौँ संस्करणमा प्रभात सेकेण्डरी बोर्डिङ स्कुल धरानले शानदार प्रदर्शन गर्दै फाइनलमा प्रवेश गरेको छ। बिहीबार नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा भएको दोस्रो सेमिफाइनल खेलमा प्रभात स्कुलले पिनाकल ज्ञान मन्दिर कानेपोखरी, मोरङलाई ४–० ले पराजित गर्‍यो। खेलको पहिलो हाफमा प्रभातका भुवन भण्डारीले सातौँ मिनेटमा गोल गर्दै अग्रता दिलाए। दोस्रो हाफमा पनि प्रभातको दबदबा कायम रह्यो। भुवन भण्डारीले १२ औँ मिनेटमा दोस्रो गोल गर्दा, निम्साङ मगरले २० औँ र २९ औँ मिनेटमा दुई गोल थप्दै टोलीको जित सुनिश्

    • प्रकाशित मितिः पुस १७, २०८२
    • 444 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खेलकुद महोत्सवको रकमबाट अध्ययन केन्द्र बनाइने

    धरान/धरान खेलकुद मञ्चका अध्यक्ष किशोर राईले महोत्सवबाट संकलित रकमको प्रयोग गरी धरानमा ‘खेलकुद अध्ययन केन्द्र’ स्थापना गर्ने योजना सार्वजनिक गरेका छन्। आइतबार सम्पन्न खेलकुद महोत्सवको समापन समारोहमा बोल्दै अध्यक्ष राईले उक्त केन्द्रमार्फत धरान र देशका लेजेन्डरी खेलाडीहरूको अतुलनीय योगदान उजागर गरिने, उनीहरूको जीवनी संकलन गरिने तथा नवप्रतिभा खेलाडीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरसम्म पुर्‍याउन सहयोग गरिने जानकारी दिए। अध्यक्ष राईले भने, “खेलकुद अध्ययन केन्द्र स्थापना गरेर खेल जगतको महत्व र खेलाडीहरूको अमूल्य योगदानलाई दस्तावेजीकरण गर्नेछौं। यसले भावी पुस्तालाई प्रेर

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 432 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खेलकुद महोत्सवमा खेलाडीले प्राप्त गरेका उपलब्धीहरु प्रदर्शन

    धरान/ ‘खेलकुदको सहर’ बनाउने उद्देश्यका साथ पहिलो पटक आयोजना गरिएको धरान खेलकुद महोत्सवमा धरानबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता बनेका खेलाडीहरूको पदक र प्रमाणपत्र प्रदर्शनी विशेष आकर्षणका रूपमा देखिएको छ । गत बिहीबारदेखि सुरु भएको महोत्सवमा राखिएको यस स्टलले खेलकुद क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने खेलाडीहरूलाई सम्मान गरिएको अनुभूति दर्शकले गरेका छन् । खेलकुदको प्रवद्र्धन गर्ने उद्देश्यसहित मंसिर २५ देखि पौष १० गतेसम्म सञ्चालन भइरहेको महोत्सवमा अन्य स्टलहरूको तुलनामा धरानका खेलाडीले विभिन्न खेल विधामा हासिल गरेका राष्ट्रियतथा अन्तर्राष्ट्रिय पदक र प्

    • प्रकाशित मितिः पुस ११, २०८२
    • 426 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा विद्यालयस्तरीय खेलकुद हुने

    सुनसरी/ धरानलाई खेलकुदको सहरका रूपमा थप चिनाउने उद्देश्यसहित संस्थागत विद्यालयहरूको संगठन एन प्याब्सन र प्याब्सन धरान नगर समिति को संयुक्त आयोजनामा विद्यालयस्तरीय Track & Field Meet–2082 आयोजना हुने भएको छ।  प्रतियोगिता पुस ११ र १२ गते धरान–१३ स्थित रंगशालामा सञ्चालन हुनेछ।मंगलबार  धरानमा आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको उद्देश्य, महत्व र विस्तृत नियमावली सार्वजनिक गरेका हुन्। धरानस्थित निजी विद्यालयमा अध्ययनरत कक्षा १० सम्मका विद्यार्थीलाई समेटेर आयोजना गर्न लागिएको यस प्रतियोगिताले विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा महत्वपूर्ण

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 434 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विद्यालय फुटबलबाट रोजगारी र आर्थिक अवसर सम्भव छ : किशोर राई

    धरान/ अखिल नेपाल फुटबल संघका मानार्थ वरिष्ठ उपाध्यक्ष तथा कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष किशोर राई ले विद्यालयस्तरको फुटबललाई व्यवस्थित रूपमा अघि बढाउन सके खेलाडी मात्र होइन, प्रशिक्षक, रेफ्री, आयोजक र प्राविधिक जनशक्तिका लागि समेत स्थायी रोजगारी सिर्जना गर्न सकिने बताएका छन्। धरानस्थित एन्फा टेक्निकल सेन्टरमा सम्पन्न प्याब्सन–एन्फा प्रेसिडेन्ट कप अन्तर विद्यालय फुटबल प्रतियोगिताको समापन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष राईले निजी विद्यालयहरूको संस्था प्याब्सन सँग सहकार्य गरेर विद्यालय तहबाटै फुटबलको ग्रासरुट विकास गर्नुपर्नेमा जोड दिए। प्रतियोगिता आयोजना गर्नुअघि कम्तीमा एक महिन

    • प्रकाशित मितिः पुस ८, २०८२
    • 390 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ७ औँ डिआइजी रनिङ कप फुटबलकाे तयारी पुरा

    धरान/  केही समयदेखि स्थगित रहेको कोशी प्रदेशस्तरीय अन्तर विद्यालय डिआइजी रनिङ कप फुटबल प्रतियोगिता पुनः सञ्चालन हुने भएको छ। नेपाल प्रहरी विद्यालय धरानको आयोजनामा हुने प्रतियोगिताको सातौँ संस्करण पुस ९ गतेदेखि १९ गतेसम्म सञ्चालन हुनेछ। धरानमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिएको हो। प्रतियोगिताका सबै खेलहरू नेपाल प्रहरी प्रदेश कार्यालय धरानस्थित फुटबल मैदानमा हुनेछन्। प्रतियोगिता संयोजक सुरेश कुमार हायुले धरान, सुनसरी, मोरङ र झापाका १६ वटा विद्यालय सहभागी हुने जानकारी दिए। २०५८ सालदेखि सुरु भएको यो प्रतियोगिता सातौँ सं

    • प्रकाशित मितिः पुस ७, २०८२
    • 545 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २० औँ ललित–अम्बर डिपो कपको उपाधि आयोजककै पोल्टामा

    धरान/ घरेलु मैदानको फाइदा उठाउँदै आयोजक टिम डिपो स्कुलले २० औँ ललित–अम्बर डिपो कप २०८२ को उपाधि उचालेको छ। धरान–१८ स्थित डिपो स्कुलको खेल मैदानमा बिहीबार सम्पन्न फाइनलमा डिपोले धरान–५ को धरान इङ्लिस बोर्डिङ स्कुललाई १–० ले पराजित गर्दै च्याम्पियन बनेको हो। कडा प्रतिस्पर्धाबीच तय भएको फाइनलमा दोस्रो हाफको १० औँ मिनेटमा जर्सी नम्बर ९ का आशिष जिमीले फ्रिकिकमार्फत हानेको उत्कृष्ट गोल नै निर्णायक बन्यो। सोही गोलसँगै डिपोको उपाधि सुनिश्चित भयो। आशिष जिमी फाइनलका ‘म्यान अफ द म्याच’ मात्र होइन, प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडीसमेत घोषित भए। पहिलो सहभागिताम

    • प्रकाशित मितिः पुस ३, २०८२
    • 756 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ललित–अम्बर डिपो कप–२०८२ : सेमिफाइनल समीकरण पूरा

    धरान । २० औं ललित–अम्बर डिपो कप–२०८२ को छैटौँ दिन आज तीनवटा निर्णायक खेल सम्पन्न भएका छन्। आज प्लेट च्याम्पियनतर्फ एक तथा डिपो कपतर्फ दुई सेमिफाइनल खेल हुँदा प्रतियोगिताले फाइनलको स्पष्ट रूप लिएको छ। प्लेट च्याम्पियन सेमिफाइनल जोलसाय एकाडेमी, धरान–११ र हिमशिखर इङ्लिस बोर्डिङ स्कुल, इटहरीबीच भएको सेमिफाइनलमा हिमशिखरले ०–१ गोलको संघर्षपूर्ण जित निकाल्दै प्लेट च्याम्पियनको फाइनल यात्रा तय गर्‍यो। हिमशिखरको जितमा जर्सी नम्बर ९ का सायुन राईले निर्णायक गोल गरे। अब प्लेट च्याम्पियनको उपाधिका लागि हिमशिखर र प्रभात इङ्लिस बोर्डिङ स्कुल, धरान–१२ आमनेसामने हुनेछन्। डि

    • प्रकाशित मितिः पुस १, २०८२
    • 396 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिपो कपको तेस्रो दिन गोल वर्षा र रोमाञ्चक भिडन्त, पहिलो चरणका खेल सकिए

    धरान/ धरान–१८ स्थित डिपो माध्यमिक विद्यालयद्वारा आयोजित २० औँ ललित–अम्बर डिपो कप–२०८२ अन्तर्गत आज तेस्रो दिन चार खेल सम्पन्न भएका छन्। प्रतियोगिताको आजको दिन गोल वर्षादेखि सडन डेथसम्मका रोमाञ्चक खेलले दर्शकलाई उत्साहित बनायो। तेस्रो दिनको पहिलो खेलमा नेपाल पुलिस स्कुल धरान–१३ ले हिमशिखर बोर्डिङ स्कुल इटहरीलाई एकतर्फी खेल प्रदर्शन गर्दै ६–० गोल अन्तरले पराजित गर्‍यो। पुलिसको प्रभावशाली जितमा सौगात श्रेष्ठ ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई डिपो माध्यमिक विद्यालय व्यवस्थापन समिति सदस्य तथा खेलकुद विभाग प्रमुख खड्गशम्सेर लिम्बूले मायाको चिनो प्रदान

    • प्रकाशित मितिः मंसिर २७, २०८२
    • 435 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • डिपो कप–२०८२ : नोबेल, आइडल र कारमेलको सानदार जित

    धरान/  डिपो माध्यमिक विद्यालय, धरान–१८ द्वारा आयोजित २०औँ ललित–अम्बर डिपो कप–२०८२ को दोस्रो दिन तीन रोमाञ्चक खेलहरू सम्पन्न भएका छन्। कक्षा ५ सम्मका १२ वर्षमुनिका विद्यार्थीहरूको सहभागिता रहेको प्रतियोगितामा आज भएका सबै खेल एकतर्फी नतिजासहित सकिएका छन्। दोस्रो दिनको पहिलो खेलमा नोबेल एकाडेमी धरान–११ ले एप्पल मन्टेश्वरी धरान–११ लाई ०–८ को विशाल अन्तरले पराजित गर्दै प्रभावशाली जित दर्ता गर्‍यो। नोबेलका जर्सी ७ का सोहन राईले ह्याट्रिकसहित ३ गोल गर्दै खेलमा उत्कृष्ट प्रदर्शन गरे। त्यस्तै जर्सी ९ का डेनिल लिम्बूले २ गोल, रेहान रसाइली र सायाहाङ राईले सम

    • प्रकाशित मितिः मंसिर २६, २०८२
    • 455 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved