धरानमा माघ ६ देखि मेघा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिता हुने

  • पुस २३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ यु–१८ उमेर समूहको चौथो धरान मेघा रेवाहाङ स्मृति बास्केटबल प्रतियोगिता २०८२ आगामी माघ महिनामा हुने भएको छ।

रेवाहाङ स्मृति प्रतिष्ठान, सुनसरी बास्केटबल संघ तथा धरान मेघा हिमालयन कलेजको संयुक्त आयोजनामा प्रतियोगिता माघ ६ गतेदेखि ११ गतेसम्म सञ्चालन हुनेछ। बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताबारे जानकारी दिएका हुन्।

सुनसरी बास्केटबल संघका अध्यक्ष नारायण सुवेदीका अनुसार प्रतियोगितामा सुनसरी, मोरङ र झापाका विद्यालयहरूको सहभागिता रहनेछ। धनकुटामा पनि बास्केटबल खेलको विकास हुँदै गएकाले त्यहाँका विद्यालयलाई समेत सहभागी गराउने पहल भइरहेको उनले बताए।

आगामी वर्षहरूमा इलाम र उदयपुरका विद्यालयलाई समेत समेट्दै प्रतियोगितालाई प्रदेशस्तरीय बनाउने लक्ष्य रहेको सुवेदीले स्पष्ट पारे।
प्रतियोगितामा कक्षा १० सम्म मात्र पढाइ हुने विद्यालयका १२ जना खेलाडी सबै कक्षा १० भित्रकै हुनुपर्ने व्यवस्था गरिएको छ।

प्लस टु समेत सञ्चालन हुने विद्यालयका हकमा भने कक्षा १० सम्मका ६ जना तथा कक्षा ११–१२ का ६ जना खेलाडीले सहभागिता जनाउन पाउनेछन्।

फाइनल खेलअघि ‘थ्री–प्वाइन्ट प्रतियोगिता’ समेत आयोजना गरिनेछ। एक मिनेटभित्र सबैभन्दा बढी स्कोर गर्ने खेलाडीलाई विशेष पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद १५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ। उत्कृष्ट खेलाडी र उदयीमान खेलाडीलाई पनि नगदसहित सम्मान गरिनेछ। यस वर्ष पुरस्कार राशि वृद्धि गरिएको धरान मेघा हिमालयन कलेजका प्रिन्सिपल भास्कर पौडेलले जानकारी दिए।

त्रिपक्षीय सहकार्यबाट सुरु गरिएको प्रतियोगितालाई निरन्तरता दिँदै प्रदेशस्तरीय पहिचान दिलाउने उद्देश्य रहेको प्रिन्सिपल पौडेलले बताए।

डिपोट स्कुलमा कक्षा १० मा अध्ययनरत रेवाहाङ राई एक होनहार बास्केटबल खेलाडी थिए। उनको २०७७ माघ २० गते असामयिक निधन भएपछि उनको खेलप्रतिको लगावलाई सम्मान गर्न परिवारले प्रतिष्ठान र अक्षयकोष स्थापना गरी प्रतियोगिता सुरु गरेको हो।

रेवाहाङका बुबा तथा प्रतिष्ठानका अध्यक्ष रेवतीरमण राईले छोराको अधुरो सपना पूरा गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए।

“रेवाहाङको बास्केटबलप्रतिको लगावलाई सम्मान गर्दै उसजस्तै खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ प्रतियोगिता सुरु गरिएको हो,” उनले भने, “रेवाहाङ अब हाम्रो परिवारको मात्र छोरा रहेन, ऊ समाज, खेलाडी र खेलप्रेमीहरूको साझा प्रतीक बनेको छ।”

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved