खेलकुद

    Showing 151-160 of 650 items.
  • गोधुली रनिङ कप : आज वडा नं. ११ र ५ बीच प्रतिस्पर्धा

    धरान/धरान रंगशालामा शनिबार साँझ ६:३० बजे  गोधुली रनिङ कप फुटबल प्रतियोगिताको रोमाञ्चक खेलमा वडा नं. ११ र वडा नं. ५ भिड्दैछन्। २५ औं संस्करणको गोधुली रनिङ कपमा १४ नं. वडाले ६ नं. वडालाई पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। शुक्रबार साँझ ७ बजे धरान रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा १४ नं. वडाले संघर्षपूर्ण जित निकाल्दै अन्तिम चारमा प्रवेश पायो। पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि दोस्रो हाफमा खेलमा उत्साहजनक मोड आयो। खेलको ५३ औं मिनेटमा पाएको फ्रिकिकलाई आशिष पुरीले गोलमा परिणत गरे। ६ नं. वडाका गोलकिपर आयुष लिम्बू बल रोक्न असफल भएपछि पुरीको प्रहारले जाली चुम्यो। ६ नं. वडा

    • प्रकाशित मितिः चैत १६, २०८१
    • 664 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गोधुली रनिङ कप: आज वडा नं. ६ र १४ भिड्दै,  १३ नं. वडा बाहिरियो

    धरान/ २५औं संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन १३ नं. वडा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ। बिहीबार साँझ धरान रंगशालामा सम्पन्न खेलमा १३ नं.वडा १५ नं. वडासँग टाइब्रेकरमा ५-४ गोल अन्तरले पराजित भयो। प्रतिष्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा १५ नं. वडाका असित मगर, मदन लाबुङ, आसुतोष राई, नगेन राई र प्रविण लिम्बूले गोल गरे भने १३ नं. वडाका इक्साहाङ लिम्बू, अविनास राई, सुशान्त राई र मिलन घिमिरेले मात्र गोल गर्न सके। टिम क्याप्टेन निश्चल श्रेष्ठको प्रहार १५ नं. वडाका गोलकिपर प्रविण लिम्बूले रो

    • प्रकाशित मितिः चैत १५, २०८१
    • 687 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गोधुली फुटबलःरात्रीकालीन प्रतियोगितामा दर्शकको भीँड

    धरान । धरानको फुटलको इतिहाँस बोकेको गोधुली फुटबल प्रतियोगिता धरान १६ रंगशालामा सञ्चालन भइरहेको छ । चैत्र ७ गतेबाट सञ्चालन भएको वडा स्तरीय प्रतियोगिता विगतका संस्करणमा खासै दर्शक नभए पनि २५ औं संस्कारण भने दर्शकको भीड अत्याधिक दैखिन्छ । यसको प्रमुख कारण बनेको छ रात्रीबालीन प्रतियोगिता । विगतमा दिनको समयमा हुने यो प्रतियोगिता खेलप्रेमीको चाहनालाई मध्यनजर गरी रात्रीकालीन समयमा आयौजना गरिएपछि वडास्तरीय प्रतियोगिता हेर्ने दर्शकको भीड बढैकौ हो । धरान फुटबल क्लबले आयोजना गदै आएको बुढासुब्बा गोल्डकप भन्दा पनि पुरानो गोधुली फुटबल क्लबले आयोजना गरेको यो प्रतियोगितामा नयाँ सोच र नया प्रविधि अपनाएर आयोजन

    • प्रकाशित मितिः चैत १२, २०८१
    • 696 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आजको खेल: १७ र २० नं. वडा आमनेसामने, ४ र १३ नं. वडाबीच प्रतिस्पर्धा

    धरान/ गोधुली रनिङ कप फुटबल प्रतियोगिता अन्तर्गत आज पहिलो खेलमा १७ नं. वडा र २० नं. वडाबीच प्रतिस्पर्धा हुनेछ भने दोस्रो खेलमा ४ नं. वडा र १३ नं. वडाले आमनेसामने हुनेछन् । रात्रिकालीन प्रतियोगिताका यी खेलहरूमध्ये पहिलो खेल साँझ ५:३० बजे र दोस्रो खेल साँझ ७:३० बजे सुरु हुनेछ । यसअघि सोमबार सम्पन्न खेलमा १८ नं. वडा र ११ नं. वडा विजयी भएका छन् । १८ नं. वडाले १९ नं. वडालाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै प्रि-क्वाटर फाइनलमा स्थान सुरक्षित गरेको थियो । निर्धारित समयमा खेल २–२ को बराबरीमा सकिएको थियो । खेलको २३औं मिनेटमा १८ नं. वडाका प्रबल राईले गोल गर्दै अग्रता दिलाए पनि पहिलो ह

    • प्रकाशित मितिः चैत १२, २०८१
    • 727 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गोधुली रनिङ कप : १४ नं. र ४ नं. वडा विजयी

    धरान/२५ औं संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगितामा आइतबार सम्पन्न खेलमा १४ नं. वडा र ४ नं. वडा विजयी भएका छन्। धरानमा जारी रात्रिकालीन प्रतियोगिताअन्तर्गत पहिलो खेलमा १४ नं. वडाले ९ नं. वडालाई २–१ को झिनो अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ। १४ नं. वडाका निमेष तामाङले खेलको १६ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। दोस्रो हाफको १० औं मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल थप्दै टिमको अग्रता दोब्बर बनाए। खेलको अन्तिम मिनेटमा ९ नं. वडाका लेशन राईले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। म्यान अफ द म्याच १४ नं. वडाका निमेष तामाङ घोषित भए। त्यस्तै, दोस्रो खे

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 641 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भरौल गोल्डकप : द योङ ब्रदर्स इटहरीको ऐतिहासिक उपाधि

    चतरा/ भरौल गोल्डकपको आठौं संस्करणमा द योङ ब्रदर्स क्लब इटहरीले आफ्नो नाम स्वर्ण अक्षरले लेख्न सफल भएको छ। नेपाल पुलिस फुटबल क्लबलाई टाइब्रेकरमा ३-१ गोल अन्तरले पराजित गर्दै योङ ब्रदर्सले पहिलो पटक प्रतिष्ठित उपाधि उचाल्यो। गोलरहित संघर्ष, टाइब्रेकरमा निर्णय दुवै टोलीबीचको खेल निकै प्रतिस्पर्धात्मक रह्यो। निर्धारित ९० मिनेट र अतिरिक्त समयसम्म कुनै पनि टोलीले गोल गर्न सकेन। पेनाल्टी सुटआउटमा नेपाल पुलिस क्लबका खेलाडीहरूको कमजोर प्रदर्शनको फाइदा उठाउँदै योङ ब्रदर्सले ३-१ को सहज जित निकाल्यो। विजेताको गौरवशाली यात्रा उपाधिसँगै योङ ब्रदर्स क्लबले नगद ४ लाख रुपैयाँ, ट्रफी र मेडल हात पार्यो

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 751 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २५ औं गोधुली रनिङ कप : १५ नं. वडा क्वाटर फाइनलमा

    धरान /२५ औं संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगितामा १५ नं. वडाले विजयी सुरुवात गर्दै क्वाटर फाइनलमा स्थान बनाएको छ। शनिबार धरान रंगशालामा भएको खेलमा १५ नं. वडाले ८ नं. वडालाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो। गत वर्ष अनुशासनको कारबाहीका कारण प्रतियोगितामा सहभागी हुन नसकेको १५ नं. वडाले यस पटक बलियो प्रदर्शन गर्दै पहिलो खेलमै जीत हात पार्‍यो। पहिलो हाफको २५ औं मिनेटमा ८ नं. वडाका एरिक गुरुङले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए। दोस्रो हाफको ३९ औं मिनेटमा ८ नं. वडाका निवास मगरले आत्मघाती गोल गरेपछि १५ नं. वडाले आफ्नो अग्रता दोब्बर बनायो। खेलमा

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 812 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • गोधुली रनिङ कप : १० नं. वडाको सनसनीपूर्ण जित, १२ नं. वडा बाहिरियो!

    धरान/ २५ औं गोधुली रनिङ कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न खेलमा १० नं. वडाले टाइब्रेकरमा १२ नं. वडालाई पराजित गर्दै प्रिक्वाटर फाइनलमा स्थान सुरक्षित गरेको छ। निर्धारित समयभित्र कुनै पनि गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। टाइब्रेकरमा १० नं. वडाले ४–२ गोल अन्तरले विजयी भएको हो। १० नं. वडाका निमेश लिम्बू, सिसल लिम्बू, शुभम भूजेल र आशिष राई ले गोल गरे भने १२ नं. वडाबाट सञ्जीव राई र सुमन राई मात्र गोल गर्न सफल भए। १२ नं. वडाका सरोज लिम्बूको प्रहार बाहिरियो भने आयुष राईको प्रहार १० नं. वडाका गोलकिपरले रोकिदिए। खेलमा उत्कृष्ट प्रदर्शन गरेका १० नं. वडाक

    • प्रकाशित मितिः चैत ९, २०८१
    • 657 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भरौल गोल्डकप: फाइनलमा योङ ब्रदर्ससँग पुलिसको भेट पक्का

    चतरा/ बराहक्षेत्र-५ कालाबन्जरमा जारी आठौं अन्तर्राष्ट्रिय भरौल गोल्डकप फुटबल प्रतियोगिताको दोस्रो सेमिफाइनल खेलमा जित दर्ता गर्दै नेपाल पुलिस फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ । पाहुना टोली भारत सिलिगुडीको कन्चनजङ्घा फुटबल क्लबलाई २-० गोलअन्तरले पराजित गर्दै पुलिसले शनिबार हुने फाइनल खेलमा सुनसरीको द योङ ब्रदर्स क्लबसँग भिडन्त पक्का गरेको छ ।  जितका लागि खेलको पहिलो हाफको दसौं मिनेटमा कप्तान हेम तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाए । लगत्तै खेलको १७औं मिनेटमा जर्सी नम्बर ८ लगाएर मैदानमा उत्रिएका विकास बिकेले निर्णायक गोल गरे ।  पुलिसको पोलमा कन्चनजङ्घाले गरेको कयौं प्रहार निष्फल

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 697 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • २५ औं गोधुली रनिङ कपको रजत उत्सव भव्य रूपमा सुरु, पहिलो खेलमा वडा नं. ५ विजयी

    धरान/ गोधुली रनिङ कप फुटबल प्रतियोगिताको २५ औं संस्करण (रजत उत्सव) बिहीबारबाट भव्य समारोहका साथ सुरु भएको छ। धरान वडा नं. १७ का वडाध्यक्ष सूर्यबहादुर भट्टराईले उद्घाटन गरेका हुन्। धरानको अन्तरवडा फुटबल प्रतियोगितालाई यस पटक गोधुली क्लबले ऐतिहासिक बनाएको छ। पहिलो पटक रात्रीकालीन खेलको व्यवस्था गरिएको छ। धरान रंगशालामा बाँसको टावर निर्माण गरी फ्लडलाइट जडान गरिएपछि रात्रीकालीन खेलको सम्भव भएको हो। उद्घाटन समारोहमा धराने गायक पूर्ण राईको प्रस्तुति तथा आतिशबाजीले कार्यक्रमलाई झन् आकर्षक बनायो। पहिलो खेलमा वडा नं. ५ को जित उद्घाटन खेलमा वडा नं. ५ ले वडा नं. १६ लाई २–१ गोल अन्तरले परा

    • प्रकाशित मितिः चैत ८, २०८१
    • 690 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved