गोधुली रनिङ कप : १४ नं. र ४ नं. वडा विजयी

  • चैत ११, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/२५ औं संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगितामा आइतबार सम्पन्न खेलमा १४ नं. वडा र ४ नं. वडा विजयी भएका छन्।

धरानमा जारी रात्रिकालीन प्रतियोगिताअन्तर्गत पहिलो खेलमा १४ नं. वडाले ९ नं. वडालाई २–१ को झिनो अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएको छ।

१४ नं. वडाका निमेष तामाङले खेलको १६ औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाए। दोस्रो हाफको १० औं मिनेटमा उनले नै व्यक्तिगत दोस्रो गोल थप्दै टिमको अग्रता दोब्बर बनाए।

खेलको अन्तिम मिनेटमा ९ नं. वडाका लेशन राईले एक गोल फर्काए पनि टोलीलाई हारबाट जोगाउन सकेनन्। म्यान अफ द म्याच १४ नं. वडाका निमेष तामाङ घोषित भए।

त्यस्तै, दोस्रो खेलमा ४ नं. वडाले १ नं. वडालाई ४–१ को फराकिलो अन्तरले हराउँदै प्रि-क्वाटरफाइनलमा प्रवेश गर्‍यो।

४ नं. वडाले अब साविक विजेता १३ नं. वडासँग प्रतिस्पर्धा गर्नेछ।

४ नं. वडाको जितमा सन्तोष लिम्बूले २ गोल गर्दा आमोस राई र आनन्द राईले १–१ गोल गरे।

खेलको सुरुआतमा नै आक्रामक देखिएको ४ नं. वडाले ५ औं मिनेटमा आमोस राईको गोलमार्फत अग्रता लिएको थियो। १५ औं मिनेटमा आनन्द राईले गोल थपेपछि पहिलो हाफ २–० को स्थितिमा टुंगियो।

दोस्रो हाफको ११ औं मिनेटमा सन्तोष लिम्बूले गोल गर्दै टोलीको अग्रतालाई ३–० बनाए।

१ नं. वडाका सुलभ लिम्बूले १२ औं मिनेटमा एक गोल फर्काए पनि इन्जुरी समयमा सन्तोष लिम्बूले पुनः गोल गर्दै ४ नं. वडालाई सहज जित दिलाए। म्यान अफ द म्याच सन्तोष लिम्बू घोषित भए।

आजकाे खेल

प्रतियोगितामा सोमबार(आज) पहिलो खेल साँझ ५ः३० बजे १८ नं. वडा र १९ नं. वडाबीच हुनेछ। दोस्रो खेलमा साँझ ७ः३० बजे ३ नं. वडा र ११ नं. वडाबीच प्रतिस्पर्धा हुनेछ।

चैत्र २१ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा धरानका १८ वटा वडा सहभागी छन् भने २ नं. वडा र ७ नं. वडाले सहभागिता जनाएका छैनन्।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार नगद तथा उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

क्वाटरफाइनलमा पुगेका टिमहरूले स्व. सुवास राई स्मृति सुपर ८ प्रतियोगितामा सहभागिता जनाउने अवसर पाउनेछन्। गोधुली क्लबका उपाध्यक्ष सतिस केसीका अनुसार प्रतियोगिता उत्साहजनक रूपमा अघि बढिरहेको छ।

 

 

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved