गोधुली रनिङ कप : १० नं. वडाको सनसनीपूर्ण जित, १२ नं. वडा बाहिरियो!

  • चैत ९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ २५ औं गोधुली रनिङ कप फुटबल प्रतियोगिता अन्तर्गत शुक्रबार सम्पन्न खेलमा १० नं. वडाले टाइब्रेकरमा १२ नं. वडालाई पराजित गर्दै प्रिक्वाटर फाइनलमा स्थान सुरक्षित गरेको छ।

निर्धारित समयभित्र कुनै पनि गोल हुन नसकेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको थियो। टाइब्रेकरमा १० नं. वडाले ४–२ गोल अन्तरले विजयी भएको हो।

१० नं. वडाका निमेश लिम्बू, सिसल लिम्बू, शुभम भूजेल र आशिष राई ले गोल गरे भने १२ नं. वडाबाट सञ्जीव राई र सुमन राई मात्र गोल गर्न सफल भए।

१२ नं. वडाका सरोज लिम्बूको प्रहार बाहिरियो भने आयुष राईको प्रहार १० नं. वडाका गोलकिपरले रोकिदिए।

खेलमा उत्कृष्ट प्रदर्शन गरेका १० नं. वडाका गोलकिपर कस्तुप पिठाकोटे मगर 'म्यान अफ द म्याच' घोषित भए।

शनिबारको खेल ८ नं. वडा र १५ नं. वडा बीच साँझ ६ बजे सुरु हुने आयोजकले जनाएको छ। दुवै टोलीलाई उपाधि दाबेदार मानिएकोले खेल प्रतिष्पर्धात्मक हुने अपेक्षा गरिएको छ।

धरानका १८ वटा वडाको सहभागिता रहेको प्रतियोगिता चैत्र २१ गतेसम्म चल्नेछ।

२ नं. वडा र ७ नं. वडाले सहभागिता जनाएनन्। प्रतियोगिताको विजेताले १ लाख ५० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले ७५ हजार नगद पुरस्कार जित्नेछन्।

स्व. सुवास राई स्मृति सुपर ८ प्रतियोगितामा क्वाटर फाइनल पुगेका टोलीहरू सहभागी हुने अवसर पाउनेछन्।

प्रतियोगिता सफल बनाउन गोधुली क्लबका उपाध्यक्ष सतिस केसी को विशेष भूमिका रहेको आयोजकले जनाएको छ।

 

 

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved