२५ औं गोधुली रनिङ कप : १५ नं. वडा क्वाटर फाइनलमा

  • चैत १०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान /२५ औं संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगितामा १५ नं. वडाले विजयी सुरुवात गर्दै क्वाटर फाइनलमा स्थान बनाएको छ।

शनिबार धरान रंगशालामा भएको खेलमा १५ नं. वडाले ८ नं. वडालाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम आठमा प्रवेश गरेको हो।

गत वर्ष अनुशासनको कारबाहीका कारण प्रतियोगितामा सहभागी हुन नसकेको १५ नं. वडाले यस पटक बलियो प्रदर्शन गर्दै पहिलो खेलमै जीत हात पार्‍यो।

पहिलो हाफको २५ औं मिनेटमा ८ नं. वडाका एरिक गुरुङले उत्कृष्ट गोल गर्दै टोलीलाई अग्रता दिलाए। दोस्रो हाफको ३९ औं मिनेटमा ८ नं. वडाका निवास मगरले आत्मघाती गोल गरेपछि १५ नं. वडाले आफ्नो अग्रता दोब्बर बनायो।

खेलमा पराजित भएसँगै ८ नं. वडा प्रतियोगिताबाट बाहिरिएको छ। खेलको म्यान अफ द म्याच घोषित ८ नं. वडाका एरिक गुरुङले नगद १५ सय रुपैयाँ पुरस्कार प्राप्त गरे।

आयोजकका अनुसार आजकाे (आईतवार) पहिलो खेल साँझ ५:३० बजे ९ नं. वडा र १४ नं. वडाबीच हुनेछ भने दोस्रो खेल साँझ ७:३० बजे ४ नं. वडा र १ नं. वडाबीच हुने छ।

चैत्र २१ गतेसम्म चल्ने प्रतियोगितामा धरानका १८ वटा वडा सहभागी छन्। २ नं. वडा र ७ नं. वडाले भने यस वर्ष सहभागिता जनाएनन्।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले ७५ हजार रुपैयाँ पुरस्कार हात पार्नेछ। साथै, क्वाटर फाइनलमा पुगेका टिमले स्व. सुवास राई स्मृति सुपर ८ प्रतियोगितामा सहभागिता जनाउने अवसर प्राप्त गर्ने गोधुली क्लबका उपाध्यक्ष सतीस केसीले जानकारी दिए।

 

 

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved