गोधुली रनिङ कप: आज वडा नं. ६ र १४ भिड्दै,  १३ नं. वडा बाहिरियो

  • चैत १५, २०८१
  • कोशीपत्र/संवाददाता
alt -फाइल तस्बिर

धरान/ २५औं संस्करणको गोधुली रनिङ कप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन १३ नं. वडा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

बिहीबार साँझ धरान रंगशालामा सम्पन्न खेलमा १३ नं.वडा १५ नं. वडासँग टाइब्रेकरमा ५-४ गोल अन्तरले पराजित भयो।

प्रतिष्पर्धात्मक खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि नतिजा टाइब्रेकरमा पुगेको थियो। टाइब्रेकरमा १५ नं. वडाका असित मगर, मदन लाबुङ, आसुतोष राई, नगेन राई र प्रविण लिम्बूले गोल गरे भने १३ नं. वडाका इक्साहाङ लिम्बू, अविनास राई, सुशान्त राई र मिलन घिमिरेले मात्र गोल गर्न सके।

टिम क्याप्टेन निश्चल श्रेष्ठको प्रहार १५ नं. वडाका गोलकिपर प्रविण लिम्बूले रोकेपछि १३ नं। वडा प्रतियोगिताबाट बाहिरिन बाध्य भयो।

खेलभर १५ नं. वडाले आक्रामक प्रदर्शन गर्दै १३ नं. वडालाई दबाबमा राखे पनि निर्धारित समयमा गोल गर्न सकेन।

टाइब्रेकरमा उत्कृष्ट प्रदर्शन गरेका गोलकिपर प्रविण लिम्बू खेलको ‘म्यान अफ द म्याच’ घोषित भए। उनलाई माउण्ट एभरेष्ट ट्रेनिङ सेन्टरका सञ्चालक कुमार तामाङले नगद २ हजार रुपैयाँ प्रदान गरे।

आज शुक्रबार साँझ ६ः३० बजे धरान रंगशालामा वडा नं.६ र वडा नं. १४ बीच खेल हुने आयोजकले जानकारी दिएको छ।

प्रतियोगिता चैत्र २१ गतेसम्म सञ्चालन हुनेछ, जसमा धरानका १८ वटा वडा सहभागी छन्।

प्रतियोगिताको विजेताले १ लाख ५० हजार र उपविजेताले ७५ हजार नगद पुरस्कार प्राप्त गर्नेछन्।

साथै, क्वार्टरफाइनलसम्म पुग्ने टोलीले स्व। सुवास राई स्मृति सुपर ८ प्रतियोगितामा सहभागी हुने अवसर प्राप्त गर्नेछन्।

आयोजक गोधुली क्लबका उपाध्यक्ष सतिस केसीका अनुसार प्रतियोगिता उत्साहजनक रूपमा अघि बढिरहेको छ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved