धरान/ हिमाली जिल्लाहरूमा बसाइसराइको दर उच्च छ । बसाइसराईसंगै वैदेशिक रोजगारीले महिला बालबालिका र ज्येष्ठ नागरिकहरुको बाहुल्यता छ, गाउँघरमा आजकाल । घरमा भएका बालबच्चा हेर्नुपर्ने आमाहरूलाई सहरमा मात्र हैन गाउँघरमा समेत दैनिक कामकाजमा अप्ठ्यारो पार्दै गएको छ । कामकाजी आमाहरुको समस्या समाधान गर्न सोलुखुम्बुको महाकुलुङ गाउँपालिकामा २०७६ शिशु स्याहार केन्द्र स्थापना भयो । प्रदेश सरकारको सहयोगमा शिशु स्याहार केन्द्र स्थापना भएपछि उक्त भेगका आमाहरूलाई दैयनदिन काममा सहज भएको छ । केन्द्र सञ्चालन भएपछि बालबालिका हेरचाह गर्दा लाग्ने समय अन्य खेतीपाती तथा घरको काममा खर्च गर्न पाएको स्थानीय उर्मिला
धरान/ धरान १४ विजयपुरमा रहेको मन्दिरको चर्चा दिनप्रतिदिन चुलिदै गएको छ । चर्चा चुलिएकै कारण अहिले नेपालबाट मात्र हैन भारतबाट समेत बुढासुब्बा मन्दिरको दर्शन तथा पूजाआजाका लागि आउने तिर्थालुहरु बढ्दै गएका छन् । विजयपुरमा रहेका अन्य मन्दिरको भन्दा बेग्लै चर्चा कमाएको बुढासुब्बा मन्दिरको ऐतिहासिकताको महिमा सुनेरै दर्शन तथा पूजाआजा गर्न आउने गरेको पूजारी बताउँछन् । धरान १४ बुढासुब्बा नजिक पूजाका सामाग्री वितरण गदै आएकाहरुले बुढासुब्बा मन्दिरको महिमा चुलिदै गएका कारण दिनप्रतिदिन भक्तजनहरु बढ्दै गएको बताएका छन् । पश्चिम पोखराबाट बुढासुब्बा मन्दिर दर्शनको लागि आएका सुमन पोख्रेलले पहिलो पटक धरा
धरान/ धरानमा इतिहास झल्काउने ‘आरा धरान’ को प्रतिमा बनाएपछि यसले पर्यटकलाई आकर्षित गरेको छ । निर्वाचित भएर आएपछि मेयर हर्क साम्पाङले धरान १३ र २० वडामा पर्ने ओसो पार्कमा श्रम संस्कृति पार्कको अवधारणासँगै निर्माण सम्पन्न भएको छ । त्यहाँ दिदीबहिनी पार्क, श्रमसंस्कृति पार्कसँगै धरानको इतिहास झल्काउने ‘आरा धरान’को स्तम्भ बनाइएको छ । यो निर्माणसँगै धरानको विषयमा बुझ्ने र पार्क घुम्न आउनेको संख्यामा बृद्धि भएको छ । धरान नाम कसरी बन्यो भन्ने विषयमा धरानमै बसोबास गर्ने अधिकांशलाई थाहै छैन । बाहिरबाट आएकाहरुलाई त झन थाहा हुने कुरा पनि भएन । विगतमा भूपू
इटहरी/ इटहरीमा कोसी प्रदे सस्तरीय खुल्ला महिला तथा पुरुष पौडी प्रतियोगिता हुने भएको छ । कोसी प्रदेश खेलकुद विकास बोर्डको आयोजना र कोसी प्रदेश पौडी सङ्घको संयोजनमा असार १७ र १८ गते प्रतियोगिता हुने मङ्गलवार पत्रकार सम्मेलन गरी जानकारी गराइएको छ । कोसी प्रदेशमै पहिलो पटक हुन लागेको प्रतियोगितामा १४ वटै जिल्लाका पौडी खेलाडीको सहभागिता रहने कार्यक्रम संयोजक तथा कोसी पौडी सङ्घका अध्यक्ष डम्बर बहादुर तामाङले जानकारी दिए । इटहरीस्थित ओसिएन पार्कको पोखरीमा हुने प्रतियोगिताको विभिन्न विधामा विजेता हुने खेलाडीहरूलाई नगद पुरस्कार समेत प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगिताबाट उत्कृष्ट
सुनसरी/ आइतबार राती भारतीय पर्यटक आकर्षित गर्न सुरु भएको चौथो संस्करणको इस्टर्न ट्राभल मार्ट २०२४ को समापन गरिएको छ । सुनसरीको इटहरीबाट सुरु भएको मार्ट धनकुटा, तेह्रथुम, पाँचथर र इलामका विभिन्न धार्मिक तथा पर्यटकीय क्षेत्रको स्थलगत भ्रमण र प्रचारप्रसार गर्दै झापाको मेचीनगरमा पुगेर आइतबार राती सम्पन्न भएको हो । मेचीनगरको होटेल मेची क्राउनमा सम्पन्न कार्यक्रममा भारतीय पर्यटनकर्मीले कोसी प्रदेशका पर्यटकीय क्षेत्रको भारतमा प्रचारप्रसार गर्ने प्रतिबद्धता व्यक्त गरे । कोसी प्रदेशको समग्र पर्यटन उत्पादनहरूलाई प्रदेशका सीमावर्ती भारतीय सहर र नेपालका अन्य प्रदेशहरूमा समेत प्रचारप्रसार र प्रवर्ध
धरान/ आधुनिक सहरका रुपमा परिचित धरान सहर कुनै समय घना जङ्गलले ढाकिएको थियो । जङ्गल फँडानीका क्रममा काठ चिर्ने आरावालाहरुले तयार गरेको धरान (धराप)बाट यसको नाम रहन गयो । आरावालाहरुको मेहनतले खारिएको यो ठाउँ कालान्तरमा ‘लाहुरेको सहर’ का रुपमा उभियो, र उनीहरुकै नाम र कर्मले चिनियो पनि । समयक्रममा धरान कहिले ‘फेसनेबल सहर’ले त अहिले बुढासुब्बा मन्दिरले पनि परिचित भयो । त्यति मात्रै होइन, तराई र पहाड जोड्ने सङ्गम भएकाले मानिसहरु चहलपहल अधिक हुन थाल्यो । जेजस्तो भए पनि आधुनिक सहरको जग भने लाहुरेहरुको मेहनतले बसेको हो । लाहुरेहरुको पूँजी, सीप र पौरख पोखिएर उभिएको
धरान/ पछिल्लो समय तराईमा अत्याधिक गर्मी बढेको छ । गर्मीकै कारण गर्मी छल्ने एक मात्र विकल्प धनकुटाको भेडेटार बनेको छ । भेडेटारको मनोरम दृश्य सम्हाल्दै चिसो मौसमकौ मजा लिन नेपालका तराई क्षेत्रबाट हैन भारतीय पर्यटक आउन थालेका छन् । कोशी प्रदेशमा मा रहेका पर्यटकीय स्थलको सगम स्थलको रुपमा रहेको भेडेटारमा भारतीय पर्यटकहरुको भीडभाड बढ्न थालेको छ । धरानको विजयपुरमा रहेका मठमन्दिरको दर्शनसँगै धनकुटाको भेडेटार तथा धनकुटा आपसापसका क्षेत्र, तेह्रथुम, संखुवासभा, ताप्लेजुङ, संखुवासभासम्मको रमणीय यात्र तय गर्ने गरेका छन् । पछिल्लौ समय तराईमा अत्याधिक गर्मी बढेपछि गर्मी छल्न नजिकको सागुरीगढी गाउ
सोलु/ नेपाली सेनाको अगुवाइमा यसपटक सञ्चालन भइरहेको सफा हिमाल अभियानमा सहभागी टोलीले बुधबारसम्म ४ मानव शव, केही अस्थिपञ्जर र ११ टन फोहर संकलन गरेको छ ।नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले दिएको जानकारीअनुसार बुधबार मात्रै दुईवटा शव निकालेर काठमाडौँको महाराजगन्जस्थित शिक्षण अस्पतालमा ल्याइएको छ । सगरमाथा हिमालको बाल्कोनी ईलाका (८४३० मि) र ल्होत्से क्याम्प–४ ईलाका (७९०० मि) मा रहेका दुईवटा शवलाई बुधबार हवाईमार्फत त्रिवि शिक्षण अस्पताल, महाराजगन्ज ल्याई फरेन्सिक ल्याबमा थप प्रक्रियाका लागि बुझाएको निर्देशनालयले जनाएको छ । गत चैत २९ गते सुरु भएको अभियानअन्तर्गत हालसम्म
ताप्लेजुङ/ ताप्लेजुङमा अवस्थित विश्वको तेस्रो अग्लो हिमशिखर कञ्चनजंघा क्षेत्रमा पर्यटकको भ्रमणले होटल तथा पर्यटन व्यावसायी उत्साहित भएका छन् । दोस्रो याममा दुई सय ७० बाह्य पर्यटक पुगेका छन् । फागुनदेखि जेठ १५ गतेसम्ममा सो सङ्ख्यामा विदेशी पर्यटक कञ्चनजंघा क्षेत्रमा भ्रमण गरेका हुन् । एक आर्थिक वर्षमा कञ्चनजंघा हिमाल क्षेत्रमा दुई याममा पर्यटक आउने गरेका छन् । असोज, कात्तिक र मंसिर गरी तीन महिनाको समय पहिलो याममा पर्दछ । त्यस्तै चैत, वैशाख र जेठको तेस्रो साताको समय दोस्रो यामभित्र पर्ने कञ्चनजंघा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्ले जनाएको छ ।परिषद्को घुन्सा पर्यटन चेकपोष्ट कार्यालयका पर
इलाम/ चियाको राजधानी भनेर चिनिने इलाममा आगामी जेठ २६ देखि २८ सम्म चिया महोत्सव हुने भएको छ । नेपाली चियाको गुणस्तर विश्वमाझ पु¥याउन अन्तर्राष्ट्रिय चिया महोत्सव हुने भएको हो । नेपालको चिया विश्वमा नै स्वादिष्ट र अर्ग्यानिक भए पनि खास प्रचार हुन नसक्दा किसान तथा व्यापारीले कम मूल्य विक्री गर्नु परिरहेको गुनासो बढेपछि इलाम नगरपालिकाको अगुवाइमा चिया महोत्सव हुने भएको हो । विदेशी मुद्रा आर्जनको एक अब्बल कृषि जन्य उत्पादन चियालाई बजारीकरणमा सहजता होस भनेर महोत्सव गर्न लागिएको इलाम नगरपालिकाका प्रमुख केदार थापाले बताए । उनले महोत्सव पछि इलाम लगायत नेपालकै चिया अन्तर्राष्ट्रिय बजारमा पु&