दोस्रो केपि राई मेमोरियल ओपन फुटसल, भदौ अन्तिम साता हुने,विजेताले पुरस्कार १ लाख पाउने

  • भदौ १९, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान । नेचर क्लब धरानको आयोजनामा भदौ २७ गते देखी तिन दिनसम्म सन्चालन हुने भएको छ ।
प्रतियोगितामा धरान, इटहरी, तरहरा, पोखरा, झापा, मोरङ्ग, भारतका सिक्किम लगायत १६ टिमले सहभागिता जनाउने क्लबका अध्यक्ष कृष्ण राईले बताउनुभयो ।

प्रतियोगितामा राष्ट्रिय फुटसल खेलाडिहरुको समेत सहभागिता रहनेछ । प्रतियोगिताको विजेताले नगद दुई लाख, उप बिजेताले नगद १ लाखसहित टफि, मेडल र प्रमाण पत्र प्राप्त गर्ने आयोजकले जनाएको छ ।प्रतियोगिताको बिधागत पुरस्कारतर्फ उत्कृष्ट खेलाडीले नगद १५ हजार, उत्कृष्ट गोलकिपर, हाइस्कोरर र उदयीमान खेलाडिले जनही नगद १० हजार रुपैया प्राप्त गर्नेछन ।

यस्तै, उत्कृष्ट प्रशिक्षकले नगद ५ हजार, ट्रफि र प्रमाणपत्र प्राप्त गर्नेछ । प्रतियोगिताको प्रत्येक खेलका म्यान अफ द म्याचले नगद १ हजार, ढफि र प्रमाणपत्र प्राप्त गर्नेछ ।

पहिलो संस्करणमा धरानका गार्डेन एफसिले उपाधि जितेका थियो । यसपटक पुरस्कार राशीमा बृदि गरिएको आयोजकले जनाएको छ । पहिलो संकरणको पुरस्कार राशि नगद ५० हजार थियो ।

ढफि, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो ।प्रतियोगिता धरान १३ निवासी नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि रवि राईको दिवंगत बुवा केपि (कालिप्रसाद) राईको स्मृतिमा आयोजना गरिएको हो ।दिवंगत केपि राई भारतिय भुपु गोर्खा सैनिक संघमा रहेर सामाजिक काममा सक्रिय थिए ।

 

९१५ किलो गाँजासहित च ...

धरान/ सुनसरीको इनरुवामा ९१५ किलोभन्दा बढी गाँजा सह ...

देव कुमारी-शिव प्रसा ...

विराटनगर/ ७१ औं प्रहरी दिवसको अवसरमा देव कुमारी-शिव प्र ...

धरानको भोटेपुलमा ट्र ...

धरान/ सुनसरीको धरान–८ भोटेपुलस्थित कोशी लोकम ...

कारागारको गेटमै समात ...

धरान/मोरङको विराटनगरस्थित कारागारमा लागुऔषध छिराउन खोज् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved