उदयपुरगढीमा भेटियो भेडेटारको चिसो

  • साउन ३०, २०८१
  • कोशीपत्र/संवाददाता
alt

उदयपुर/  राष्ट्रिय जनगणना २०७८ अनुसार घर परिवार संख्या ६८०० बाट निकालिएको तथ्यांकमा उदयपुरगढी गाउँपालिकाको जम्मा जनसंख्या २८९२६ रहेको छ, जसमा १४०९७ महिला र १४८२९ पुरुष छन् ।

राष्ट्रिय जनगणना २०६८ /२०७८ को जनगणनाको जनसंख्या तुलना गर्दा ६.२४५ प्रतिशतले घटेको उदयपुरगढी पालिकाका उपाध्यक्ष जीतबहादुर खड्काले फोनिज प्रदेश समितिले ऐतिहासिक भूमि बताए ।

चार करोडको लगानीमा यो गढीको निर्माण गरेको छ । यस्मा प्रदेशको लगानी कम भएको उपाध्यक्ष जीतबहादुर खड्काले बताए । यो नेपाली सेना, स्थानीयवासी गाउपालिकाको कन्षेप्टमा निर्मान कार्य भएको हो ।

उदयपुरगढी गाउँपालिकामा परेवा झरना, भूगोल पार्क, भ्यू टावर, टुँडिखेल, ताप्ली पोखरी, पुरानो उदयपुरगढी,जोगीधारा,अँधेरी झरना, भालुदह जस्ता पर्यटकीय स्थल तथा पञ्चावती माईको मन्दिर, हाडेटार महादेव, केउरेनी महादेव, काभ्रेश्वर महादेव, छिरेश्वर महादेव, ककनी महादेव, गणेश मन्दिर, गैँडाखोर महादेव थान धार्मिक स्थलहरु अवस्थित छन् ।

यहाँका मानिसहरुले मनाउने मुख्य चाडपर्व दशैं, तिहार, हरितालिका तीज, रामनवमी, शिवरात्री, फागुपुर्णिमा, बुद्धपूर्णिमा, नागपञ्चमी, माघेसंक्रान्ती, साउने संक्रान्ती, श्री कृष्ण जन्माष्टमी, चैंतेदशैं,हरिशयनी एकादशी, हरिबोधनी एकादशी, कुशेऔंसी लगायत हुन् ।

यो ठाउमा एआएर एक पल्ट परिवारिक घुम्न समेत आग्रह म यसै मिडिया बाट आग्रह अनुरोध गर्दछु । यस गाउँपालिकाको बासिन्दाहरुको प्रमुख आम्दानीको श्रोत कृषि, पशुपालन तथा पर्यटन व्यापार हो ।

नेपालको विकासको धरोहर राष्ट्रिय गौरवको आयोजना यसै गाउँपालिकासँग जोडिने मदन भण्डारी लोक राजमार्ग फाष्ट ट्रयाक धरान, चतरा, हेटौडा सडकमार्गको विकासले गति लिने विश्वास उदयपुरगढी गाउँपालिका प्रबक्ता,पालिका सदस्य सहेक विकले बताएका छन् ।

प्रशस्त खोलानाला, उर्बर खेतियोग्य जमिन, हरियाली वनजंगल, वनस्पती, जडिबुटीहरु यस गाउँपालिकामा अर्थोपार्जनका प्रमुख आधारहरु हुन् ।


पञ्चावती मन्दिरको आसपासमा निर्मित टुँडिखेल, भ्यू टावरबाट देखिने सुन्दर हिमालको दृश्यावलोकनले यस गाउँपालिकाको अर्को रमणीय विशेषतालाई झल्काएको झल्कने प्रबक्ता विकले बताए ।

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved