धरानको इतिहास बोकेको डिपोट स्कुलःधरानको शैक्षिक सम्पती

  • असार १८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिका भित्र अवस्थित डिपोट स्कुल  धरानको पुरानो तथा ऐतिहासिक शैक्षिक संस्थामध्ये एक हो, जुन ब्रिटिस क्याम्पले स्थापना तथा सञ्चालन गरेको स्कुलको रूपमा चिनिन्छ। पूर्वी नेपालमा बेलायती गोर्खा सैनिकको बसोबाससँगै विकास भएको यो स्कुल धरानको इतिहास, शिक्षा र सैनिक जीवनशैलीसँग गहिरो रूपमा जोडिएको छ।

यो स्कुल धरान १८ को वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसर भित्रै रहेको नमुना स्कुल हो ।

डिपोट स्कुलको सुरुवात बेलायती सेनाका गोर्खा सैनिकका छोराछोरीलाई शिक्षित गराउने उद्देश्यले भएको थियो। धरानस्थित ब्रिटिस क्याम्प ९ग्प् न्बचचष्कयल० ले अंग्रेजी माध्यमबाट सञ्चालित यो स्कुलमा प्राथमिकदेखि माध्यमिक तहसम्मको शिक्षा प्रदान गर्दै आएको थियो। ब्रिटिस सेनाको योगदानमा सञ्चालित स्कुलले अनुशासन, शिक्षा र संस्कारमा विशेष ध्यान दिने परम्परा बोकेको छ।

यो स्कुल धरानको समाजमा मात्र होइन, सम्पूर्ण पूर्वी नेपालका धेरै विद्यार्थीहरूका लागि प्रेरणा बनेको थियो। डिपोट स्कुलले नेपाली, भारतीय तथा बेलायती गोर्खा सैनिकहरूका परिवारका बालबालिकालाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको इतिहास छ। स्कुलमा पढेका विद्यार्थीहरू हाल विभिन्न पेसा र सेवामा सफल जीवन बाँचिरहेका छन्।

ब्रिटिस सेनाको धरानबाट हटाइएपछि स्कुलको स्वरूपमा केही परिवर्तन आए पनि यसको ऐतिहासिक महत्त्व अझै पनि उत्तिकै गहिरो छ। स्थानीय समुदाय र पूर्व विद्यार्थीहरूले अहिले पनि यस स्कुलको इतिहास र योगदानलाई सम्झँदै आएका छन्।


डिपोट स्कुल न केवल धरानको शिक्षा क्षेत्रको प्रतीक हो, यो स्कुल धरानमा बेलायती प्रभाव र गोर्खा सैनिकहरूको योगदानको साक्षीको रूपमा पनि स्मरणीय छ।प्रस्तुत छ,डिपोट मावि धरान १८ का प्रिन्सिपल राजकुमार राईसँग गरेको शैक्षिक कुराकानीः

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

धरानमा १४ औषधि पसल श ...

धरान/धरान–१८ स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान ...

धरानको युएन नवोदयले ...

धरान/ सुनसरीको धरान–१६ मा अवस्थित युएन नवोदय +२ क ...

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved