बराहक्षेत्र/ बराहक्षेत्र नगरपालिका वडा नं १ स्थित पौराणिक महत्व बोकेको पर्यकीय स्थल सुर्यकुण्ड क्षेत्रमा सरसफाई गरिएको छ ।
सुर्यकुण्ड क्षेत्रको प्रर्वद्वन,प्रचारप्रसार तथा कुण्डको संरक्षण गर्ने उदेश्यले नगरपालिकाले सरसफाई कार्यक्रमको आयोजना गरिएको हो ।
प्राचीन महत्व बोकेको उक्त सुर्यकुण्ड क्षेत्र ऐतिहासिक,पुरातात्वबिक,पौराणिक तथा प्राकृतिक क्षेत्रको रुपमा प्रसिद्ध रहेको छ ।
सुर्यकुण्डमा रहेको आदि वराह मन्दिर क्षेत्र , सुर्यकुण्ड स्थलमा सरसफाई गरिएको नगर प्रमुख रमेश कार्कीले बताए ।
सुर्यकुण्ड क्षेत्रको बिकासका लागि नगरपालिकाले सरोकारवाला निकाय तथा प्रदेश र संघिय सरकारसंगको सहयोगमा काम गरिरहेको र यहाको पौराणिक तथा एैतिहासिक महत्वको क्षेत्रको संरक्षण , प्रवद्बन तथा प्रचारप्रसारमा लागि परेको नगर प्रमुख कार्कीले बताए ।
नगर प्रमुख श्री रमेश कार्कीज्युको संयोजकत्वमा आयोजना भएको सरसफाई कार्यक्रममा नगर उपप्रमुख नन्दकुमारी सुनुवार,
प्रमुख प्रशासकिय अधिकृत गणेश बहादुर कटुवाल, वडा नं १ का अध्यक्ष श्री किसन मगर, वडा नं ७ का अध्यक्ष कपिल आचार्य,वडाका जनप्रतिनिधिज्युहरु,कर्मचारीज्युहरु,नेपाल प्रहरी , नगर प्रहरी तथा स्थानियवासीहरुको सहभागिता रहेको थियो