बर्षेनी निशानेमा पहिरो : भेडेटारको पर्यटन व्यवसायमा असर

  • भदौ १७, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ बर्षातको समयमा धनकुटा र सुनसरीको संगम स्थल सागुरीगढी गाउँपालिकाको भेडेटारमा पर्यटकको संख्या न्यून हुने गरेको छ ।

कोशी राजमार्गको धरान ४ निशानेमा बर्षैनी भारी बर्षा हुदा पहिरो खसेर सडक अवरुद्ध हुने भएकोले पनि पर्यटक आउन नसकेका हुन् । दुई दिन अगाडि आएको भारी बर्षाका कारण यो सडक खण्डको निशानेमा विगतकै जस्तो पहिरौ खस्यो ।

पहिरोका कारण सवारी साधन अवरुद्ध भए सडक सुचारु गर्न कठिनाई भयो । एक्कासी आएको ठूलो बर्षाका कारण पहिरो खसेर सडक नै अवरुद्ध हुदा लामो समयसम्म सवारी साधन सञ्चालनमा आएनन् ।

निशानेमा पहिरो खसेको यो पहिलो हैन ८ बर्ष अगाडि यही ठाउँमा भारी बर्षाले कालो सडक नै बगाएपछि त्यसको केही माथिबाट ट्रयाकै खोलेर सञ्चालन गर्न झण्डै १५ दिन समय लागेको थियो ।

चुरे पहाड कमसल माटोकै कारण त्यहाँ भारी बर्षा हुने वित्तिकै पहिरोको जोखिम हुने गरेको छ । बर्षाद् भयो कि भेडेटारबासीलाई निशानेमा पहिरो खस्ने र सडक अवरुद्ध हुने चिन्ताले सताउने गरेको छ ।

साँगुरीगढी गाउँपालिकामा धेरै पर्यटकीय स्थलहरु छन् । पछिल्लो भेडेटारमा स्काइवाक सञ्चालनमा आएपछि भेडेटारमा आन्तरिक तथा वाह्य पर्यटक बढी मात्रामा आउने गरेका छन् ।

स्काइवाकको मजा लिनकै लागि मात्र दैनिक ७–८ सय पर्यटक भेडेटार आउने गरेको साँगुरीगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दालीले बताए ।

पर्यटकको आगमनमा वृद्धि भएपनि बर्षादको समयमा पहिरो झरेर सडक अवरुद्ध हुुदा भने समस्या हुने त्यहाँका व्यवसायीहरुले बताएका छन् । भेडेटारमा साना तथा ठूला गरी २ सय भन्दा बढी होटल सञ्चालनमा छन्।

स्काइवाक सञ्चालन भएपछि यहाँका पर्यटन व्यवसायी उत्साहित भए पनि बर्षैनी बर्षाद्का समयमा खस्ने गरेको पहिरोले भने व्यवसायीहरुलाई धेरै समस्या पुर्‍याएको होटल एसोसिएसन भेडेटारका सचिव रमेश श्रेष्ठ बताउँछन् ।

समय समयमा जाने पहिरोको दीर्घकालीन समस्या हुन नसक्दा भेडेटारको व्यापार व्यवसायमा प्रभाव पार्ने गरेको छ ।

नैपालबाटमात्र हैन भारतको विहार, दार्जीलिङ, सिक्किम लगायतबाट दैनिक ५ सय भन्दा बढी पर्यटक भेडेटारको चीसो मौसमसँगै प्राकृतिक मनोरमको दृश्यावलोकन गर्न आउने गरेका छन् ।

बर्षैनी बर्षादको समयमा पहिरो खस्दा सडक अवरुद्धमात्र हैन जोखिम पनि उत्तिकै थपिएको छ । दीर्घकालीन समस्या समाधानतर्फ सबैले ध्यान दिन जरुरी छ ।

स्थानीय सरकारहरू जिम ...

एकात्मक र केन्द्रीकृत शासन प्रणालीमा अधिकारको केन्द्रीक ...

इटहरीमा भोलीदेखि नगर ...

इटहरी/ इटहरी उपमहानगरपालिकाले नगर बसको सेजा बुधबार ...

कोशीका मुख्यमन्त्रील ...

विराटनगर/ कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार क ...

लागू औषध युजर र कारो ...

धरान/ छोराछोरीको आनीबानी तथा खानपान सम्बन्धी सम्पू ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गोबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले

Copyright © 2019 / 2024 - Koshipatra.com All rights reserved