धरानमा एकतीस वटा गाइजात्रा "गाइजात्रा शुभकामना दिने नभई श्रद्धाञ्जली दिने पर्व हो"

  • भदौ ४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान ।धरानमा मङ्गलवार नेवार समुदायले दिवङ्गत दिवङ्गत आत्माप्रति श्रद्धाञ्जली अर्पण गर्दै गाइजात्रा निकालिएको छ ।
ध सिद्धि नेवाः परिषद्को आयोजनामा गाइजात्रा निकालिएको हो ।२०५२ साल देखि सामूहिक गाईजात्रा निकाल्ने प्रचलन रहि आएको छ।

87b79dad-05ff-4ca1-afc0-b671bfd8b364

मृतकहरुको सम्झनामा ३१ वटा गाई सामूहिक रूपमा निकालिएको थियो । धरान–७ स्थित परिषद् भवन परिसरमा भेला भई गाईजात्राले बजार परिक्रमा गरि भानुचोक, छाता चोक, नेपाल टेलिकम देखि पुरानो बजार हुँदै पुनः परिषद् भवनमा पुगेर गाइजात्रा समापन गरिएको हो ।

गाई जात्रामा दिवागत व्यक्तिका सम्झनामा परिवारका सदस्य गाई वा मानिसलाई नै गाईको प्रतीकमा शृङ्गार गरेर प्रदर्शन गर्ने चलन छ ।गाइजात्रा निकाल्दा सोही वर्ष भित्र दिवङ्गत भएका व्यक्तिहरूले वैतरणी पार गर्ने जनविश्वास रही आएको सिद्धि नेवाः परिषद्का अध्यक्ष राजबिमल श्रेष्ठले बताए ।

प्रत्येक वर्ष मनाइँदै आएको गाईजात्रा अरू ठाउँमा आफ्नै तरिकाले मनाउने भए पनि धरान सामूहिक रूपमा मनाइने प्रचलन रहेको उनको भनाई छ ।
गाईजात्राको औपचारिक कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख आईन्द्र विक्रम बेघा, कोशी प्रदेशका सांसद यशोदा कायस्थ लगायत सहभागी थिए ।
बेघाले नेवार समुदायले पितृहरूको योगदानलाई कदर गर्दै निधनपछि गरिने सम्मानको प्रचलन समुदायकै पहिचान र गौरव भएको बताएका छन भने नेवार एकता समाजका केन्द्रीय अध्यक्ष महेश श्रेष्ठले गाईजात्रा शुभकामना आदान प्रदान गर्ने पर्व भने नभएको भन्दै गाईजात्रा समवेदना श्रद्धाञ्जली दिने पर्व भएको बताए ।

धरानको ब्रान्ड युएन ...

धरान/ धरानको युएन कलेज नवोदय कोशी धरानमा गुणस्तरीय ...

ताप्लेजुङमा पहिरोले ...

ताप्लेजुङ/  ताप्लेजुङको सिदिङ्वा गाउँपालिका&n ...

धरानको इतिहास बोकेको ...

धरान/ धरान उपमहानगरपालिका भित्र अवस्थित डिपोट स्कु ...

धरानकी इचिङ्ग्सा लिम ...

झापा/ राष्ट्रिय स्तरको नृत्य रियालिटी शो ‘मे ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved