दन्तकालीमा बाँदरबाट परेवा बचाउन भने कठिन पशुबलीको सट्टा शान्तिका प्रतीक परेवा उडाइँदै

  • भदौ १४, २०८१
  • कोशीपत्र/संवाददाता
alt

धरान/ सर्वसाधारण सचेत हुदै गएका कारण पछिल्लो समय पशुपंक्षी बलीलाई छोड्दै गएको पाइएको छ ।

आफ्नो भाकल पूरा गर्न दन्तकाली मन्दिरमा आएकाहरुले सर्वसाधारण बली चढाउने भन्दा परेवा उडाउने र नरिवल फुटाउने काम बढ्दै गएको पाइएको हो ।

धरान १४ विजयपुरमा रहेको नेपालकै एक शक्तिपीठमध्ये दन्तकाली शक्तिपीठमा भाकल पूरा गर्ने सर्वसाधारणको दैनिकजसो उल्लेख्य उपस्थिति रहने गरेको छ ।

अन्यबेला समेत भीडभाड रहीरहने यो मन्दिरमा नेपालीहरुको महान चाड दशैको नौरथाको समयमा अत्याधिक भीड बढ्ने गरेको छ ।

आफूले मागेको कुरा पूरा होस् यो मागेको कुरा पूरा भएपछि भाकल बुझाउन नेपालकामात्र हैन भारर्त बाट समेत सर्वसाधारण यस मन्दिरमा आउने गरेका छन् ।

यसरी भाकल पूरा गर्न आउनेहरुमध्ये ९० प्रतिशत भन्दा बढी सर्वसाधारण पशुपंक्षी बली भन्दा पनि परेवा उडाउने र नरिवल फोर्ने गर्ने गरेका छन् ।
धरान १५का पुजन लिम्बु विहानै दन्तकाली मन्दिरमा परेवा उडाउन आएको अवस्थामा भेटिए ।

१९ बर्षीय पुजन लाहुरे भीड्ने सुरसारमा छन् । उनी धरान १५ को एक टेनिङ सेन्टरमा लाहुरे भिड्नका लागि तालिम समेत लिँदै आउदै । छन्आफ्नो सपना पूरा हुने अपेक्षाले दन्तकाली मन्दिरमा आएको उनी बताउँछन् ।

उनीमात्र हैन काठमाण्डौका केदार श्रेष्ठ समेत परेवा उडाउनकै लागि दन्तकाली मन्दिरमा भेटिए ।

बलीप्रथाको अन्त्य गर्दै परेवा उडाउने र नरिवल फोड्ने परम्पराको विकास गरेर लानुुपर्ने उनको भनाई छ ।

अर्काको हत्या गरेर मानिसलाई शान्ति नहुने भएकोले शान्तिको प्रतिक परेवा उडाएर भाकल पूरा गर्नु राम्रो भएको उनकौ तर्क छ ।

हुन त दशैबाहेक अन्य बेला यो मन्दिरमा भाकल पूरा गर्नको लागि परेवा उडाउने सर्वसाधारण धेरै आउने गरेको मन्दिरका पूजारी तथा मन्दिरबाट आश्रितहरुले बताउने गरेका छन् ।

अहिले यो मन्दिरमा मासिक भाकल गर्न आउने सर्वसाधारणले मासिक करिब ३० देख ४० जोडी परेवा उडाउने गरेको पूजारी वीरेन्द्रनात खनाल बताउँछन् ।

बर्षमा लाखौ परेवा उडाउने गर्दा परेवाको व्यवस्थापनमा भने सहज नभएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

यस क्षेत्रमा बाँदर धेरै लाग्ने गरेका कारण बाँदरबाट परेवा बचाउन भने कठिन भएको उनीहरु बताउँछन् ।

तर मन्दिरले जथाभावि परेवा मार्न भने बन्देज लगाएको जनाएको छ ।

एसईई स्पिकर दोेश्रो ...

धरान ।२०८१ सालको माध्यमिक शिक्षा परीक्षा ९एस।ई।ई।० दिएर ...

इनरुवा–५ मा एमालेको ...

इनरुवा।नेकपा एमाले इनरुवा नगरपालिका–५ वडा कमिटीले ...

रोकिएन शिक्षक आन्दोल ...

काठमाण्डौं ।शुक्रबार राति प्रधानमन्त्री केपी ओली सँग र ...

वराहक्षेत्र नगरपालिक ...

चतरा/वराहक्षेत्र नगरपालिका नगर कार्यपालिकाले नगर भित्र ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८५-२०४७१२३

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: रणध्वज लोहार / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2025 - Koshipatra.com All rights reserved