धनकुटा/ धनकुटा जिल्लाको साँगुरीगढी गाउँपालिका वडा नं. ९ अन्तर्गत हर्दिया, दिलुङटार, सालुम र सानोसफाइ क्षेत्रको संगमस्थलमा रहेको लेम्लेमा झरनालाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि संरक्षण र प्रवर्द्धनको आवश्यकता रहेको स्थानीयहरूले बताएका छन्। प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस क्षेत्रको झरना, हरियाली वातावरण र शान्त परिवेशले पर्यटक आकर्षित गर्ने ठूलो सम्भावना बोकेको भएता पनि आवश्यक प्रचारप्रसार, पूर्वाधार विकास र संरक्षणको अभावमा अझै ओझेलमा परेको स्थानीयहरूको भनाइ छ। स्थानीयवासीका अनुसार लेम्लेमा झरनालाई व्यवस्थित रूपमा विकास गर्न सकेमा यसले स्थानीय पर्यटनलाई प्रवर्द्धन गर्नुका साथै रो
धरान/ कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत आर्थिक वर्ष २०८२/०८३ को वार्षिक समीक्षा गोष्ठी बुधबारदेखि धरानमा शुरू भएको छ। प्रदेश वन निर्देशनालय, धरानको आयोजनामा दुई दिनसम्म सञ्चालन हुने गोष्ठीमा मन्त्रालय मातहतका कार्यालयहरूले वर्षभरि सम्पन्न गरेका कार्यक्रम, उपलब्धि, चुनौती र आगामी कार्यदिशामाथि समीक्षा भइरहेको छ। गोष्ठीको उद्घाटन पर्यटन, वन तथा वातावरणमन्त्री भीम पराजुलीले गर्नुभएको थियो। कार्यक्रममा प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौला, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव नारायणप्रसाद रिसाल, मन्त्रालयका सचिव डा. इन्द्रप्रसाद सापकोटा, प्रदेश योजन
धरान/संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलले सडक, विद्यालय र अस्पताल निर्माण गर्नु मात्रै विकासको मापदण्ड नहुने बताएका छन्। उनले नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन आउनु नै वास्तविक विकास भएको स्पष्ट पारे। शनिबार धरानका धार्मिक तथा पर्यटकीय स्थलहरूको अवलोकनपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले विकासको मूल्याङ्कन निर्माण गरिएका संरचनाको सङ्ख्याले नभई नागरिकले प्राप्त गर्ने सेवा, अवसर र जीवनस्तरमा आएको सुधारका आधारमा हुनुपर्ने बताए। उनले सडक बनेपछि गाउँको उत्पादन सहज रूपमा बजारसम्म पुग्ने, नागरिकको आवतजावत सरल हुने र आर्थिक गतिविधि विस्तार भए मात्र विकासको अनुभूति
धरान/ प्रत्येक वर्ष साउन महिनामा धरान–१४ स्थित पिण्डेश्वर बाबाधाममा लाग्ने बोलबम मेलाको तयारी पुरा गरिएको छ । साउन महिना भगवान् शिवको विशेष महिना मानिने भएकाले प्रत्येक सोमबार तथा साउन महिनाभर नेपालका विभिन्न जिल्ला र भारतबाट समेत हजारौँ भक्तजन पिण्डेश्वर बाबाधाममा जल चढाउन आउने गर्छन् । भक्तजनको चापलाई व्यवस्थित र सुरक्षित बनाउन धरान उपमहानगरपालिका, जिल्ला प्रशासन कार्यालय, पिण्डेश्वर बाबाधाम व्यवस्थापन समिति, नेपाल प्रहरी,शसस्त्र प्रहरी ट्राफिक प्रहरी तथा अन्य सरोकारवाला निकायसँग समन्वय गरी आवश्यक तयारीलाई तीव्र बनाइएको धरान–१४ का वडा अध्यक्ष कृष्णप्रसाद भट
धरान/ वातावरण संरक्षण, स्वस्थ जीवनशैलीको प्रवर्द्धन, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रचारप्रसार र कोशी प्रदेश पर्यटन वर्ष २०८३ अभियानलाई थप टेवा पुर्याउने उद्देश्यका साथ धरानमा ‘कोरा राइड २०८३’ आयोजना हुने भएको छ। पेडलर्स धरान माउन्टेन बाइकिङ क्लबले बुधबार पत्रकार सम्मेलन गर्दै साउन २ गते शनिबार बिहान ६ बजे धरान–२ स्थित भानुचोकबाट कार्यक्रम सुरु हुने जानकारी दिएको हो। कार्यक्रमको उद्घाटन कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री भीम पराजुलीले गर्ने तय भएको क्लबले जनाएको छ। क्लबका अध्यक्ष किशान मास्केका अनुसार नेपालमा सन् २०११ देखि सुरु भएको कोरा र
धरान/ धरान–१४ स्थित विजयपुर जाने सेल्फी रोडमा भएको लुटपाट घटनामा संलग्न रहेको आरोपमा प्रहरीले चार युवालाई पक्राउ गरेको छ भने एक जना अझै फरार रहेका छन्। पक्राउ पर्नेमा धरान–१६ का २२ वर्षीय विवेक राई, धरान–१३ का २६ वर्षीय 'माछा' भन्ने उज्ज्वल राई, २६ वर्षीय रोशन मगर र २७ वर्षीय 'तोरी' भन्ने विकेश रुम्बा रहेका छन्। एक जना तामाङ थरका व्यक्ति भने फरार रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार पक्राउ परेका उज्ज्वल राईको साथबाट आइफोन ११ र विवेक राईको साथबाट तरबार बरामद भएको छ। गत असार १९ गते राति क्याफेबाट घर फर्किरहेका सन्तोष भुर्तेल र देव बिसुङ्खेलाई तरबार देखाएर ज्यान मार्ने धम
सुनसरी/ सुनसरीको चतरा क्षेत्र पछिल्लो एक दशकमा धार्मिक तीर्थस्थलको परिचयबाट अघि बढ्दै कोशी प्रदेशकै बहुआयामिक पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ। वि.सं.२०७२ सालमा मदन भण्डारी राजमार्गअन्तर्गत सुनसरी र उदयपुर जोड्ने कोशी पुल सञ्चालनमा आएपछि यहाँको पर्यटन र स्थानीय अर्थतन्त्रले उल्लेखनीय गति लिएको हो। एक समय सप्तकोशी नदी पार गर्न डुंगाको भर पर्नुपर्ने चतरा अहिले सहज सडक पहुँचका कारण धार्मिक, साहसिक, सांस्कृतिक तथा प्रकृतिमा आधारित पर्यटनको प्रमुख केन्द्र बनेको छ। ‘पूर्वको हरिद्वार’ भनेर चिनिने वराहक्षेत्रधामका कारण चतरा वर्षभरि नै धार्मिक पर्यटकको आकर्षण बनेको छ। को
- रणध्वज लाेहार धरान/ किमाथांका सडकमा फूलको बगैचाःतत्कालिन मुख्यमन्त्री शेरधन राई तत्कालिन १ नम्बर प्रदेश अर्थात कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री शेरधन राईले विराटनगर किमाथांका ६ लेण्डको सडकमा प्रदेशको सौन्दर्यकरण बढाउनको लागि सडक आसपासमा फूल रोपेर सौन्दर्यकरणमा आकर्षण थप्ने योजना थियो । उक्त योजना आर्थिक बर्षको नीति तथा कार्यक्रममा नै समेटर योजना बनाएको संस्थापक मुख्यमन्त्री शेरधन राईले बताए । विराटनगर किमाथांका सडक आसपासमा फूल लगाउने कन्सेप्ट अघि सारिएको हो तर कार्यान्यन हुन सकेन संस्थापक मुख्यमन्त्री राईले भने । सरकारको नीति तथा कार्यक्रममा नै विराटनगर किमाथांक
धरान/ संविधान अनुसार स्थानीय तहहरुले असार १० गते नगर सभा गरेर निति कार्यक्रम सहित बजेट घोषणा गरिसक्नु पर्ने हुन्छ । आर्थिक वर्ष २०८३/८४ का लागि असार १० गते नगरसभा गरिसक्नु पर्ने हुन्छ । तर धरानले यस वर्ष पनि कानुनले तोकेकै समयमा नगरसभा घोषणा गरेर बजेट ल्याउन सकेन् । देशका अधिकांश स्थानीय तहहरूले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट ल्याएर घोषणा गरिसकेका छन् । तर धरानमा आन्तरिक तयारीका लागि जनप्रतिनिधीहरुको तालमेल हुन नसक्दा नगरसभानै अन्यौलमा परेको छ । यो अवश्था अहिलेको मात्रै होइन । २०७९ मा निर्वाचित भए पश्चात बनेको धरानको स्थानीय सरकारले समयमै बजेट बनाउन चु
धरान/ सुनसरी र धनकुटाको संगम स्थल धनकुटाको साँगुरीगढीमा रहेको भेडेटारलाई आन्तरिक पर्यटकमात्र हैन वाह्य पर्यटकले समेत प्रकृतिको गहनाको रुपमा लिँदै अचाक्ली गर्मी छल्न भेडेटार आउने गरेका छन् । केही समय केही कमी भएको यस ठाउँको पर्यटन व्यवसाय आन्तरिक तथा भारतीय पर्यटक समेत आउन थालेपछि भेडेटारको चहलपहलमात्र हैन त्यहाँका होटल समेत चलायमान भएका छन् । कोरोना संक्रमणपछि लामो समय सुनसान बनेको यो क्षेत्र अहिले फेरि पर्यटकको चहलपहल बढेसँगै यहाँका पर्यटन व्यवसायी उत्साहित बनेका छन् । तराईको प्रचण्ड गर्मीका समयमा पनि यस ठाउँमा चिसो वातावरणमा पर्यटक रमाउन पाउँछन् । छिनमा घाम लाग्ने र छिनमा बादलल