धनकुटा/ धनकुटा बजार क्षेत्रका सामुदायिक कुकुरहरूको बन्ध्याकरण गर्न थालिएको छ । भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्रको आयोजनामा शिविर नै संचालन गरि विहीबारदेखि सामुदायिक कुकुरहरुको बध्याकरण गर्न थालिएको भेटेरिनरी अस्पताल तथा पशु विज्ञ केन्द्र धनकुटाकी प्रमुख हिमा गौतमले जानकारी दिए । छाडा छोडिएका कुकुरहरूबाट रेबिज रोगको जोखिम उच्च हुने भएकोले जोखिम न्यूनिकरणका लागि कुकुरको बन्ध्याकरण थालिएको गौतले बताइन् । असोज ७ गते सम्म शिविर नै संचालन गरेर सामुदायिक कुकुरहरूको बन्ध्याकरण गर्न थालिएको प्रमुख गौतमको भनाई छ । ‘पशुअधिकार लाई समेत ध्यान दिदै कुकुरको संख्या बढ्न रोकथामका लागि बन्ध
वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं ६ चक्रघट्टी स्थित नगरपालिकाको कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । वराहक्षेत्र नगरपालिकाले १०औँ संविधान दिवसको अवसरमा आयोजना गरेको रक्तदानमा ६५ पिन्ट रगत संक्कल भएको नगरपालिकाका सुचना अधिकारी गौरी रायले जानकारी दिए । शुक्रवार बिहान नगर प्रमुख रमेश कार्कीको अध्यक्षता र नेपाल रेडक्रश सोसाईटी सुनसरीको प्राबिधिक सहयोग तथा समनव्यमा उक्त रक्तदान कार्यक्रम आयोजना भएको थियो । नगरपालिकाले बर्षमा दुई पटक संविधान दिवस र नगरपालिकाको स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ । रक्तदान कार्यक्रममा उप( प्रमुख नन्दक
काठमाडौं/ देशका सातै प्रदेशमा अब क्यान्सर उपचार सेवा विस्तार भएको छ । स्वास्थ्य तथा जनसंंख्या मन्त्री प्रदीप पौडेलले मन्त्री भएलगत्तै गत असार ३१ गते गरेको पहिलो निर्णय उनी मन्त्री भएको दुई महिनाभित्र पूर्ण कार्यान्वयनमा आएको हो । पहिलो निर्णयका रुपमा उनले क्यान्सर नियन्त्रण रणनीति २०३० स्वीकृत गरेका थिए । सोमबार गण्डकी प्रदेशको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मन्त्री पौडेलको उपस्थितिमा भरतपुर क्यान्सर अस्पतालमार्फत क्यान्सर उपचार सेवा विस्तार गरिए पछि देशका सातै प्रदेशमा क्यान्सर उपचार सेवा उपलब्ध भएको हो । उनले यसअघि बागमती प्रदेशअन्र्तगत भक्तपुर र भरतपुर तथा लुम्बिनीको नेपालगञ्जम
वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकाको ११ वटै वडामा वहत् सरसफाई कार्यक्रम आयोजना भएको छ । संविधान दिवसको अवसरमा नगरपालिकाले तय गरेको ३ दिवसिय कार्यक्रम अन्तर्गत बुधबार बिहान ११ वटै वडा र नगरपालिकाको कार्यलयमा वहत् सरसफाइ कार्यक्रम आयोजना भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश बहादुर कटुवालले जानकारी दिए । नगरपालिकाले असोज २ देखि ४ गते विभिन्न कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाउने निर्यण गरेको थियो । सोही अनुसार बुधवार बिहान पहिलो कार्यक्रमको रुपमा वडाध्यक्षहरुको संयोजकत्वमा वडाहरुमा वहत् सरसफाई कार्यक्रम आयोजना भएको हो । त्यस्तै बुधवारनै महिला जनप्रतिनिधिहरु र महिला
धरान/ छोराछोरीको आनीबानी तथा खानपान सम्बन्धी सम्पूर्ण जानकारी आमाहरुलाई नै थाहा हुने भएकोले पछिल्लो समय भयावह बन्दै गएको लागू औषध प्रयोगकर्ता र कारबारीको संख्या घटाउन आमाहरुद्वारा नै सहज हुने देखेर प्रहरीले आमाहरुलाई प्रशिक्षण दिएको छ । इलाका प्रहरी कार्यालय धरानले धरान उपमहानगरपालिकाको लर्निङ हलमा आयोजित कार्यक्रममा धरानका २० वटै वडाका आमाहरु, जनप्रतिनिधि, महिला जनप्रतिनिधिहरुको उल्लेख्य उपस्थिति रहेको थियो । सो अवसरमा उपस्थित आमाहरुलाई इलाका प्रहरी कार्यालय धरानका प्रमुख डिएसपी प्रकाश जवेगु र प्रहरी निरीक्षक दिवस कुवरले प्रशिक्षण दिएका थिए । १३ बर्षकै उमेरदेखि लागू औषध प्रयोग गर्ने ग
कोशी प्रदेशमा आत्महत्याको दर बढ्दै गएको तथ्याङ्कले देखाएको छ । प्रहरी कार्यालयमा भएको अभिलेखबाट यस्तो तथ्य देखिएको हो । प्रहरीको अभिलेखबाट कोशी प्रदेशमा आत्महत्याको अवस्था डरलाग्दो देखिएको छ । कोशी प्रदेशमा आर्थिक वर्ष २०७८/०७९ मा आत्महत्याका १ हजार ४८२ वटा घटना दर्ता भएका छन् भने २०७९/०८० मा १ हजार ५४८ र २०८०/०८१ मा १ हजार ५५४ वटा घटना दर्ता भएको कोशी प्रदेश प्रहरी कार्यालयको अभिलेखमा उल्लेख छ । धरानमा पनि आत्महत्याका घटना निरन्तर बढिरहेको देखिन्छ । प्रहरीको अभिलेखबाट यस्तो देखिएको हो । कतिपय घटना प्रहरीसम्म नपुगेका पनि हुन सक्छन् । धरान वा कोशी प्रदेशमा मात्र होइन, देशमै पनि आत्महत्याको
झपा/ झापाको शिवसताक्षी नगरपालिका र अर्जुनधारा नगरपालिकामा २४ घण्टा वित्न नपाउँदै दुई जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार अर्जुनधारा नगरपालिकामा शनिबार राति र शिवसताक्षीमा शुक्रबार राति गरी दुई जनाको हत्या भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीले जानकारी दिए । उनका अनुसार अर्जुनधारा नगरपालिका–६ स्थित महानन्द चोकमा शनिबार राति इलाम सूर्याेदय नगरपालिका–१० फिक्कलकी १९ वर्षीया मनिषा लाहोरको छुरा प्रहार गरी हत्या गरिएको छ । लोहार हत्याको आरोपमा कैलाली गौरीगञ्ज नगरपालिका–३ का २० वर्षीय अनिल विकलाई प्रहरीले पक्राउ गरेको छ ।
धरान/ मानसिक रोग नै आत्महत्याको विशेष कारण रहेका चिकित्सकहरुले बताएका छन् । अधिकांंश आत्महत्या मानसिक रोगबाटै विजारोपण भएकोले मानसिक रोगबाट बच्ने उपायको अवलम्बन गर्नु बाहेक अर्कौ विकल्प नरहेको बताएका हुन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका मानसिक रोग विशेषज्ञ डा. धनरत्न शाक्य मानसिक रोगबाटै आत्महत्या हुने गरेकोले मानसिक रोगबाट बच्ने उपायका विषयमा सबैले सजक हुनुपर्नेमा जोड दिए । उनले मानसिक रोग नै आत्महत्याको प्रमुख कारण रहेकोले यसको समयमै पहिचान गरेर उपचार गर्नुपर्नेमा जोड दिए । उनले धरान उपमहानगरपालिकाको स्वास्थ्य महाशाखाले आयोजना गरेको विश्व आत्महत्या रोकथाम दिवसमा आयोजित
सुनसरी/ सरोकारवाला निकायले वास्ता नगरेको भन्दै बिरोध प्रदर्शन सहित स्थानीयहरुले उद्योग बन्द गर्न माँग सहित उद्योगको गेटमा नाराबाजि सुरु गरेका छन् । सुनसरीको दुहबी वडा नम्बर ६ मा रहेको युनाइटेड टेनराइज र एसियन लेदर छाला उद्योगबाट निस्कने अत्याधिक प्रदुषणको दुर्गन्धले बस्तीवासि विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै स्थनीयहरुले छाला उद्योग विरुद्ध आन्दोलन गर्दै बिरोध प्रदर्शन मुखमा कालो पट्टि बाधेर नारावाजी सुरु गरेको स्थानीय छालाफ्याकट्री पिडित संघर्ष समितिका अध्यक्ष सुरज कुमार पासवान जनाएका छन् । - शब्द तस्बिर चन्दन रौनियार दुहबी
दुहबी/ सुनसरीको दुहबी नगरपालिका–६ मा रहेको युनाइटेड टेनराइज र एसियन लेदर छाला उद्योगबाट निस्कने प्रदुषणले स्वाथ्ययमा असर परेको भन्दै रुष्ट बनेका छन् । प्रदुषणको दुर्गन्धले बस्तीवासि विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै उनीहरुले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । प्रदुषण नियन्त्रण नगरे उनीहरुले उद्योग बन्द गरिदिने चेतावनी समेत दिएका छन् । स्थानीयहरुले सो उद्योग छेउमा सोमबार पत्रकार सम्मेलन गर्दै सरोकारवाला निकायले वेवास्ता गरेकोले २४ घण्टा भित्र उद्योग बन्द नगराए तालाबन्दी गर्ने चेतावनी दिएका हुन् । उनीहरुले उद्योगले फैल्याएको प्रदुषणको विषया सम्बन्धिन निकायमा उजुरी तथा