वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका वडा नं ६ चक्रघट्टी स्थित नगरपालिकाको कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
वराहक्षेत्र नगरपालिकाले १०औँ संविधान दिवसको अवसरमा आयोजना गरेको रक्तदानमा ६५ पिन्ट रगत संक्कल भएको नगरपालिकाका सुचना अधिकारी गौरी रायले जानकारी दिए ।
शुक्रवार बिहान नगर प्रमुख रमेश कार्कीको अध्यक्षता र नेपाल रेडक्रश सोसाईटी सुनसरीको प्राबिधिक सहयोग तथा समनव्यमा उक्त रक्तदान कार्यक्रम आयोजना भएको थियो ।
नगरपालिकाले बर्षमा दुई पटक संविधान दिवस र नगरपालिकाको स्थापना दिवसको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।
रक्तदान कार्यक्रममा उप( प्रमुख नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल, वडाध्यक्षहरु , कार्यपालिका सदस्यहरु , वडा सदस्यहरु सहित ११ वटै वडाबाट स्थानिय संघ , संस्थाका प्रतिनिधि , समाजिक अगुवा , बुदिजिबि , कर्मचारी, इलाका प्रहरी कार्यालय महेन्द्रनगर लगायत विभिन्न सामाजिक संस्था ,
क्लब, जीवन विज्ञान लगायतका सङ्घ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।