वराहक्षेत्र/ सुनसरीको वराहक्षेत्र नगरपालिकाको ११ वटै वडामा वहत् सरसफाई कार्यक्रम आयोजना भएको छ ।
संविधान दिवसको अवसरमा नगरपालिकाले तय गरेको ३ दिवसिय कार्यक्रम अन्तर्गत बुधबार बिहान ११ वटै वडा र नगरपालिकाको कार्यलयमा वहत् सरसफाइ कार्यक्रम आयोजना भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेश बहादुर कटुवालले जानकारी दिए ।
नगरपालिकाले असोज २ देखि ४ गते विभिन्न कार्यक्रम आयोजना गरेर संविधान दिवस मनाउने निर्यण गरेको थियो ।
सोही अनुसार बुधवार बिहान पहिलो कार्यक्रमको रुपमा वडाध्यक्षहरुको संयोजकत्वमा वडाहरुमा वहत् सरसफाई कार्यक्रम आयोजना भएको हो ।
त्यस्तै बुधवारनै महिला जनप्रतिनिधिहरु र महिला कर्मचारीहरु बिच लोक दोहोरी प्रतियोगिता आयोजना भएको थियो ।
वडा नं १ ले सुर्यकुण्ड क्षेत्र , वडा नं २ ले वयरवन बजार क्षेत्र , वडा नं ३ ले नडाहा ( लक्ष्मीपुर क्षेत्र , वडा नं ४ ले कार्यालय परिसर , वडा नं ५ ले कलाबञ्जर क्षेत्र , वडा नं ६ ले चक्रघट्टि बजार क्षेत्र , वडा नं ७ ले ढिगझोडा क्षेत्र त्यस्तै वडा नं ८ ले कार्यालय परिसर , वडा नं ९ ले राजाबास क्षेत्र , वडा नं १० ले प्रकासपुर बजार र वडा नं ११ ले मधुवन बजार क्षेत्रमा त्यस्तै नगरपालिकाले कार्यालय परिसरमा सरसफाई कार्यक्रमको आयोजना भएको थियो ।
वडाध्यक्षहरुको संयोजकत्वमा आयोजना भएको सरसफाई कार्यक्रम नगर प्रमुख रमेश कार्की, उप(प्रमुख नन्दकुमारी सनुवार , प्रमुख प्रशासकिय अधिकृत गणेश बहादुर कटुवाल सहित स्थानिय क्रियासिल राजनैतिक दलका पदाधिकारीहरु , जनप्रतिनिधिहरु , सम्पुर्ण संघ र संस्थाका पदाधिकारीहरु , पुर्व जनप्रतिनिधिहरु , व्यापारी , युवा, उद्योगी ,समाजसेवि , शिक्षक , विद्यार्थी , पत्रकार, बुद्बिजिबि , नेपाल प्रहरी , सशस्त्र प्रहरी, स्वास्थ्यकर्मी, कर्मचारी , सहयोगी तथा सहयोगीहरुको सहभाहिता रहेको थियो ।
संविधान दिवसको अवसरमा नगरपालिकाले तय गरेको कार्यक्रम वुधवार साझ दिपावली , बिहिवार बिहान सास्कृति झाकि सहितको प्रभात फेरी , दिउँसो पुरुष जनप्रतिनिधि र पुरुष कर्मचारीहरु बिच मैत्रिपुर्ण फुटबल प्रतियोगिता , साझ दिपावली , शुक्रवार बिहान नगरपालिकाको कार्यालयमा बृहत रक्तदान , नगर स्तरिय अन्तर माध्यमिक बिद्यालय स्तरिय हाजिरिजवाफ प्रतियोगिता र साझ दिवावली गर्न कार्यक्रम रहेको छ ।