उद्योगबाट निस्कएको प्रदुषणले स्वास्थ्यमा असर गरेको भन्दै स्थानीय आन्दोलित "चन्दन रौनियार"

  • भदौ २५, २०८१
  • कोशीपत्र/संवाददाता
alt

दुहबी/ सुनसरीको दुहबी नगरपालिका–६ मा रहेको युनाइटेड टेनराइज र एसियन लेदर छाला उद्योगबाट निस्कने प्रदुषणले स्वाथ्ययमा असर परेको भन्दै रुष्ट बनेका छन् ।

प्रदुषणको दुर्गन्धले बस्तीवासि विस्थापित हुनुपर्ने अवस्था आएको भन्दै उनीहरुले सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । प्रदुषण नियन्त्रण नगरे उनीहरुले उद्योग बन्द गरिदिने चेतावनी समेत दिएका छन् ।

स्थानीयहरुले सो उद्योग छेउमा सोमबार पत्रकार सम्मेलन गर्दै सरोकारवाला निकायले वेवास्ता गरेकोले २४ घण्टा भित्र उद्योग बन्द नगराए तालाबन्दी गर्ने चेतावनी दिएका हुन् ।

उनीहरुले उद्योगले फैल्याएको प्रदुषणको विषया सम्बन्धिन निकायमा उजुरी तथा ध्यानाकर्षण गराए पनि वेवास्ता गरेको भन्दै उद्योगमा ताला लगाउनुभन्दा अर्को विकल्प नरहेको चेतावनी दिएका छन् ।

स्थानीय मो. सलमानले दुहबी नगरपालिकाको न्यायिक समिति लगायत जिल्ला प्रशासन कार्यालय सुनसरी र पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशमा उद्योगबाट निस्किने प्रदुषणले स्थानीयबासीको स्वास्थ्यमा असर परेको भन्दै निवेदन दिएको भए पनि कहीकतैबाट सुनुवाई नभएको बताए ।

उनले भने–‘हामीले सम्बनिधत निकायमा उजुरी दियौ, निवेदन हाल्यौ, तर उनको माथिल्लो निकायसँग सम्पर्क भएर होला अहिले पनि निर्वाध रुपमा उद्योग सञ्चालन गरिरहेका छन् ।’

युनाइटेड टेनराइज छाला उद्योगलाई वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशले पत्र पठाएर वातावरणीय प्रभाव मूल्यांकन (इआइए) स्वीकृत नगराइ उद्योग सञ्चालन गरेको पाइएकोले उद्योग सञ्चालन (छाला प्रशोधन) गर्न रोक लगाए पनि उद्योग निर्वाध रुपमा सञ्चालन हुनु दुर्भाग्य भएएको सलमानले बताए ।

उनले सो सम्बन्धीे ७ दिन भित्र उद्योगको कागज पत्र लिएर उपस्थित हुन समेत मन्त्रालयले भने पनि मन्त्रालयको पत्रलाई समेत वेवास्ता गरेको बताए ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved