स्वास्थ्य

    Showing ७११-७२० of २,६११ items.
  • घरभित्र अवैध भरुवा बन्दुक फेला, दुई जना पक्राउ

    मोरङ/ मोरङको केराबारी गाउँपालिका–६ तामाङ टोलस्थित एक घरभित्र अवैध भरुवा बन्दुक फेला परेपछि प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय केराबारीका अनुसार विशेष सूचनाका आधारमा बिहीबार राति करिब १०ः३० बजे वरिष्ठ सई (प्रहरी वरिष्ठ नायव निरीक्षक) मानबहादुर जिम्बाको नेतृत्वमा टोलीले धनबहादुर श्रेष्ठको घरमा छापा मारेको थियो। घरको पश्चिमतर्फको कोठामा तन्नाले छोपेर लुकाइएको अवस्थामा १ नाल भरुवा बन्दुक फेला परेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। बन्दुक फेला परेपछि प्रहरीले घरधनी श्रेष्ठका छोरा २६ वर्षीय गणेश श्रेष्ठ र स्थानीय ३२ वर्षीय सन्तवीर तामाङलाई नियन्त्रणमा लिएक

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • ६६४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • "हात्तीको आतङ्कले पीडित झापालीको सडकमा आक्रोश: नगरपालिकामा १५ बुँदे ध्यानाकर्षण पत्र"

    विराटनगर/ हात्ती आतंक नियन्त्रणको माग गर्दै झापाको बाहुनडाँगीमा बिहीबार हात्तीपीडितहरुले प्रदर्शन गरेका छन्। हात्तीपीडित युवा समूहको अगुवाइमा मेचीनगर नगरपालिकामा उनीहरुले नाराबाजीसहित प्रदर्शन गर्दै १५ बुँदे ध्यानाकर्षण पत्र बुझाएका हुन्। प्रदर्शनमा सहभागी पीडितहरुले ‘हात्ती चराउन पाइँदैन, राहत हामीलाई चाहिँदैन’, ‘हात्ती चराउन पाइँदैन, आँशु बेच्न पाइँदैन’, ‘हात्ती आयो पारिको, मकै खायो बारीको’ जस्ता नारा लगाएका थिए। उनीहरुले हात्ती व्यवस्थापनको स्थायी समाधान खोज्न सरकारको ध्यानाकर्षण गराएका छन्। पीडितहरुको भनाइमा, पहिले सोलार फेन्सिङ जडान गरिएपछि हात्त

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • ६२९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सप्तकोशीमा बेपत्ता भएका सशस्त्र प्रहरीमध्ये एकको शव फेला, एकको खोजी जारी

    सुनसरी/ विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका दुई सशस्त्र प्रहरीमध्ये एक जनाको शव फेला परेको छ। सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) नेत्र कार्कीको नेतृत्वमा खटिएको ३५ सदस्यीय टोलीले झापा घर भएका सशस्त्र प्रहरी जवान हरेदेव राजवंशीको शव सप्तकोशीको किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए। बेपत्ता अर्का सशस्त्र प्रहरी जवान, डोटीका सुरज साउदको भने खोजी कार्य अझै जारी रहेको प्रहरीले जनाएको छ। उद्धार अभ्यासका क्रममा सप्तकोशीमा हराएका सुरक्षाकर्मीहरूको खोजीमा सुरक्षाकर्मी, गोताखोर तथा उद्धार टोली खटाइएको छ।

    • प्रकाशित मितिः जेठ २३, २०८२
    • १,०१२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सप्तकोसीमा डल्फिनको संख्या बढ्यो

    सुनसरी/ कोशी टप्पु वन्यजन्तु आरक्षले सप्तकोसी नदीमा डल्फिनको संख्या बढेको जनाएको छ। वातावरण दिवसको अवसर पारेर आरक्षले चार दिनसम्म सञ्चालन गरेको गणनामा यस वर्ष कुल २२ वटा डल्फिन फेला परेको जानकारी दिएको हो। आरक्षका वरिष्ठ संरक्षण अधिकृत भुपेन्द्रप्रसाद यादवका अनुसार १५ वयस्क, ५ अर्धवयस्क र २ बच्चा डल्फिन रेकर्ड गरिएका छन्। यो संख्या अघिल्लो वर्षभन्दा ३ वटा बढी हो। उनले भने, “यो तथ्याङ्क सप्तकोसीको लागि सकारात्मक संकेत हो, संरक्षण र प्रचारमा अझै जोड दिन आवश्यक छ।” सप्तकोसीमा पाइने डल्फिन गङ्गेटिक प्रजातिका हुन्, जो विश्वमै दुर्लभ मानिन्छन्। यी डल्फिन&

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • १,२४२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको गौरव बीपी अस्पतालभित्रै म्याद गुज्रिएको खाना, सरसफाइ शून्य!

    धरान/ कोशी प्रदेशको सुन्दर नगरी धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुन स्वास्थ्य सेवाको प्रतीकका रूपमा चिनिन्छ, त्यसै भित्रका क्यान्टिनहरूमा म्याद गुज्रिएको खाद्य सामग्री र सरसफाइको पूर्ण अभाव भेटिएको छ। धरान उपमहानगरपालिकाको अनुगमन महाशाखाले बीपी प्रतिष्ठान र विजयपुर अस्पतालमा अनुगमन गर्दा यस्तो भयावह अवस्था देखिएको हो। अनुगमनका क्रममा क्यान्टिनमा विक्रीको लागि राखिएका थुप्रै सामग्री म्याद गुज्रिएको अवस्थामा भेटिए, त्यस्तै दुई–तीन दिनअगाडि पकाइएका बासी परिकारसमेत बिक्री हुँदै आएका थिए। यसबारे क्यान्टिन सञ्चालकहरूलाई तत्काल सुधारको निर्देशन दिइएको छ। "सरोकारवाला गम्

    • प्रकाशित मितिः जेठ २२, २०८२
    • १,५२७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपीमा स्वास्थ्य बीमाबाट उपचार झन्झटिलो, औषधि लिन घण्टौँ लाइन

    धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य बीमाबाट उपचार गराउन अत्यन्तै झन्झटिलो प्रक्रिया सामना गर्नुपर्ने सेवाग्राहीहरू बताउँछन्। विमा सुविधा सहज बनाउने उद्देश्य लिएर सरकारले सुरु गरेको यो कार्यक्रम बिरामीहरूका लागि झन् तनावदायी बन्दै गएको गुनासो सर्वसाधारणको छ। धनकुटाका कुवेर गुरुङले बीपीमा स्वास्थ्य बीमाको सेवा उपयोग गर्दा पटक–पटक लाइन बस्नुपर्ने बाध्यता रहेको बताए। “विमा बिल काटेपछि स्क्यानिङ गर्न लाइन, स्क्यानिङपछि पुनः बिल कटाउन लाइन अनि औषधि लिन अर्को लामो लाइन,” उनले भने, “त्यसमाथि फार्मेसीमा मूल्यसूची नै राखिएको छैन।” त

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • १,५६८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा खोलाबाट ११ सय किलो गाँजा बरामद

    सुनसरी/ सुनसरीको हरिनगर गाउँपालिका–५ र ६ को सिमानामा पर्ने कटान खोलाको बगरबाट ठूलो परिमाणको लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ। गोप्य सूचनाका आधारमा प्रहरी चौकी घुस्कीमा जानकारी प्राप्त भएलगत्तै जिल्ला प्रहरी कार्यालय सुनसरी र विभिन्न सुरक्षा निकायको संयुक्त टोली घटनास्थलमा परिचालन गरिएको थियो। इलाका प्रहरी कार्यालय देवानगञ्जका प्रहरी निरीक्षक कमल विष्टको कमाण्डमा ७ जना, प्रहरी चौकी घुस्कीका प्रहरी नायब निरीक्षक सुरेश यादवको कमाण्डमा ४ जना, बसन्तपुरबाट ३ जना र जिल्ला प्रहरी कार्यालयबाट थप ६ जना प्रहरी खटाइएको थियो। त्यसैगरी, सशस्त्र प्रहरी बल नेपाल बीओपी घुस्कीका सशस्त्र प्रहरी निरी

    • प्रकाशित मितिः जेठ २१, २०८२
    • १,२८९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विदेश होइन, खेतबारीमै सम्भावना देख्ने विवेकः उखुखेतीबाटै लाखौँ आम्दानी

    सुनसरी/ देशका युवाहरू वैदेशिक रोजगारीको दौडमा हुँदा सुनसरी बराहक्षेत्र नगरपालिका–११ मधुवनका २९ वर्षीय विवेककुमार महतो भने आफ्नै माटोमा पसिना बगाएर आत्मनिर्भर बनेका छन्। उनले उखुखेतीलाई रोजगारीको भरपर्दो आधार बनाउँदै लाखौँ आम्दानी गरिरहेका छन्। तीन वर्षअघि रु २ लाख ५० हजारको लगानीबाट सुरु गरिएको अढाई बिघाको उखुखेती अहिले महतोलाई वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी दिइरहेको छ। विदेश जाने सोच कहिल्यै मनमा नआएको बताउने महतो भन्छन्, “देशमै केही गर्न सकिन्छ भन्ने लाग्थ्यो, त्यसैले विदेश जाने मनै पलाएन।” उनले जलवायु परिवर्तनले उखुखेतीमा केही चुनौती थपेको अनुभव सुनाउँछन्। अत्

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • ६२४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • श्रीमतीलाई ‘खोकीको औषधि’ भन्दै विष खुवाएर मार्न खोज्ने श्रीमान पक्राउ

    झापा/  झापाको दमकमा एक व्यक्तिले श्रीमतीलाई खोकीको औषधिको बहानामा विष खुवाएर हत्या प्रयास गरेको आरोपमा पक्राउ परेका छन्। पक्राउ पर्ने व्यक्ति सप्तरी शम्भुनाथ नगरपालिका–२ घर भई हाल दमक–१ सुम्निमा टोलमा डेरा गरी बस्दै आएका २५ वर्षीय दिलीपकुमार मरिक डोम हुन्। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार, गत चैत १० गते बिहान ८ बजे डोमले आफ्नी श्रीमती रेनु मरिकलाई ‘कफ सिरप’ भन्दै विष खुवाउन खोजेका थिए। विष सेवन गराएर ज्यान लिन खोजिएको रेनुको बयानलाई उद्धृत गर्दै इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिम्सिनाले भने, "यसअघि पनि श्रीमानले उनलाई आगो लगाएर मार्न खोजेको

    • प्रकाशित मितिः जेठ २०, २०८२
    • ७१० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • हिरासत कक्ष लागुऔषध कारोबारीले भरिए, एकै दिन ४३ जना पक्राउ

    सुरुङ्गा/ इलाका प्रहरी कार्यालय काँकरभिट्टामा चार महिलासहित ४० जना थुनुवा छन्, जसमा ३५ जना लागुऔषध मुद्दाका छन्। प्रहरीको सक्रियता बढेसँगै लागुऔषध कारोबारीको संख्या बढ्दै गएको इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी निरीक्षक राजकुमार कार्कीले जानकारी दिनुभयो। काँकरभिट्टा प्रहरी कार्यालयका इञ्चार्ज प्रहरी नायब उपरीक्षक (प्रनाउ) राजन लामा हुनुहुन्छ। यो कार्यालय इलाका प्रहरी कार्यालय ‘क’ श्रेणीमा पर्दछ। यसैगरी इलाका प्रहरी कार्यालय दमकमा एक महिलासहित २३ जना थुनुवा छन्, जसमध्ये १४ जना लागुऔषधसम्बन्धी मुद्दाका रहेको जनाइएको छ। कार्यालयको नेतृत्व प्रहरी नायब उपरीक्षक रामप्रसाद तिम

    • प्रकाशित मितिः जेठ १९, २०८२
    • ७९६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved