स्वास्थ्य

    Showing ५७१-५८० of २,६११ items.
  • ट्याटु बनाउने निहुँमा नशाको व्यापार, धरानबाट ब्राउन सुगरसहित ७ जना पक्राउ

    धरान/सुनसरीको धरान उप–महानगरपालिका–१५ स्थित ट्याटु हाउसको आडमा लुकेर सञ्चालन गरिएको लागू औषध कारोबार प्रहरीले भण्डाफोर गरेको छ। विशेष सूचनाका आधारमा आईतवार  साँझ ७:३५ बजे इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी बरगाछीबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले ट्याटु हाउसमा छापा मारेको हो। धरान–१५ का ३७ वर्षीय योजन राईले सञ्चालन गरेको सो ट्याटु हाउसमा खानतलासी गर्दा लागू औषध ब्राउन सुगर ६८० मिलिग्राम पदार्थ, Tramadol १०५४ चक्का, Calero ९८५ चक्का र Decolmin ३४ चक्का बरामद गरिएको प्रहरीले जनाएको छ। प्रहरीले घटनास्थलबाट योजन राईसहित ७ जनालाई नियन्त्रणमा लिएको छ। पक्र

    • प्रकाशित मितिः साउन १२, २०८२
    • २,५०९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बंगुरमा स्वाइन फिवर,किसानलाई २ करोडको क्षति

    सुनसरी/  बङ्गुरमा फैलिएको अफ्रिकन स्वाइन फिवरको प्रकोपबाट यसबर्ष सुनसरीका किसानले दुई करोडको क्षति ब्योहोरेका छन् । गत भदौ महिना देखी फैलिएको अफ्रिकन स्वाइन फिबर अहिलेसम्म नियन्त्रण हुन नसक्दा थप क्षति हुनसक्ने भन्दै किसान चिन्तित छन् ।गत भदौमा रामधुनी नगरपालिकाका किसानले पालेको बङ्गुरमा देखिएको अफ्रिकन स्वाइन फिबरको प्रकोप क्रमशः अन्य स्थानीय तहका फर्महरूमा फैलिएको थियो । रामधुनी सहित बङ्गुर पालनको लागि प्रसिद्ध मानिएको धरान, दुहबी र वराहक्षेत्रमा फैलिएको प्रकोपले यो वर्ष मात्र १ करोड ९७ लाख ८ हजार बराबरको क्षति भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डा.

    • प्रकाशित मितिः साउन १२, २०८२
    • ७२० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा प्रहरी देख्नासाथ ६० किलो गाँजा फालेर मोटरसाइकलमै भागे तस्कर

    सुनसरी/लागू औषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीलाई देख्नासाथ तस्करले ठूलो परिमाणको गाँजा फालेर मोटरसाइकलमै भागेका छन्। मिति २०८२ साउन ९ गते राति ९:०० बजेको समयमा जिल्ला सुनसरीको देवानगञ्ज गाउँपालिका–३ स्थित खत्वे टोल नहर नजिक लागू औषध ओसारपसार भइरहेको खबर पाएपछि इलाका प्रहरी कार्यालय देवानगञ्जबाट टोली खटिएको थियो। चेकजाँचको क्रममा देवानगञ्जबाट कप्तानगञ्जतर्फ गइरहेको नम्बर नखुलेको मोटरसाइकलले प्रहरी टोली देख्नेबित्तिकै पछाडि बोकेको २ वटा सेतो बोरा फालेर तीव्र गतिमा फरार भएको प्रहरीले जनाएको छ। उक्त बोराहरू खोली जाँच गर्दा एक बोरामा रातो प्लास्टिकले बेरेका ३ पोक

    • प्रकाशित मितिः साउन १०, २०८२
    • ९१४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट अटोमा ब्राउन सुगर लिएर ईनरुवा जादै गर्दा तीनजना पक्राउ

    ईनरुवा/सुनसरीको ईनरुवामा धरानबाट लागुऔषध लिएर जादै गरेका तीन जना पक्राउ परेका छन्। मिति २०८२ साउन ८ गते दिउँसो ३:३० बजेको समयमा ईनरुवा नगरपालिका–४ बसपार्क नजिकै पूर्व–पश्चिम राजमार्गमा चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोस्ट बसपार्कबाट खटिएको संयुक्त प्रहरी टोलीले चिरौलिचोकबाट ईनरुवा आउँदै गरेको को.१ ह. ८९८८ नम्बरको अटोलाई रोकी चेकजाँच गर्दा अटो चालक धरान–८ निवासी २८ वर्षीय निलन लिम्बु र सवार धरान–६ का १७ वर्षीय कुलबहादुर लिम्बु तथा २४ वर्षीय युवराज लिम्बु पक्राउ परेका हुन्। प्रहरीका अनुसार कुलबहादुर लिम्बु

    • प्रकाशित मितिः साउन ९, २०८२
    • १,६२० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कृषक हैरान भएपछि पाँचथरमा बाँदर धपाउने कर्मचारी नियुक्त

    धरान/  पाँचथरको कुम्मायक गाउँपालिका–१ मा बाँदर आतंक नियन्त्रण गर्न वडाले बाँदर हेरालु कर्मचारी खटाएको छ । कृषकको अन्नबाली जोगाउन तथा बाँदरको समस्या समाधानका लागि यसअघि विभिन्न उपाय अवलम्बन गरिए पनि समस्या झन् बढेपछि यो कदम चालिएको हो । वडाको बजेटबाट गाउँपालिकाका ९ वटै वडामा १/१ जनाका दरले ९ जना बाँदर हेरालु कर्मचारी नियुक्त गरिएको वडाध्यक्ष तथा गाउँपालिकाका प्रवक्ता देवेन्द्रकुमार लावतीले जानकारी दिए । उनका अनुसार गाउँबाट युवा जनशक्ति पलायन भइरहँदा थोरै बाँकी खेतबारीमा लगाइएको बालीसमेत बाँदरले सखाप बनाउने गरेको छ । जंगली जनावर विशेषगरी बाँदरले अन्नबाली सिध्याइदिने, घरआँगनमा पसेर

    • प्रकाशित मितिः साउन ८, २०८२
    • ६८६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ब्राउन सुगरसहित ईटहरीका दुई युवा नियन्त्रणमा

    ईनरुवा/ सुनसरीको ईनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको चिरौलीचोकबाट लागूऔषधसहित दुई युवा पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा खटिएको प्रहरीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क ईनरुवाबाट खटिएको संयुक्त टोलीले साउन ७ गते साँझ ६:३० बजे ईटहरीबाट ईनरुवा तर्फ पैदल आइरहेका दुई युवालाई चेकजाँच गर्दा साजन श्रेष्ठको साथबाट ३.०६ ग्राम ब्राउन सुगर लागूऔषध फेला पारेको हो। पक्राउ पर्नेमा जिल्ला सुनसरी, ईटहरी उपमहानगरपालिका–१ का २२ वर्षीय साजन श्रेष्ठ र सोही स्थानका २३ वर्षीय कृष्ण मगर

    • प्रकाशित मितिः साउन ८, २०८२
    • ८४३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको पुरानो अस्पताल विवाद: बीपी र साम्पाङबीच जुहारी चर्कियो

    धरान/ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको सामाजिक सञ्जालमा गरिएको टिप्पणीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान रुष्ट बनेको छ। ‘पुरानो अस्पताल बीपीले हडपेको’ भन्ने आशयसहित साम्पाङले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई पठाएको पत्र सार्वजनिक भएपछि विवाद चुलिएको हो। उक्त अभिव्यक्तिलाई प्रतिष्ठानले ‘तथ्यहीन, भ्रामक र बदनियतपूर्ण’ भन्दै कडा आपत्ति जनाएको छ। प्रतिष्ठानका सह–प्रवक्ता डा. अभिजीत कुमारद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “स्थानीय सरकार प्रमुखजस्तो जिम्मेवार व्यक्तिले ‘हडपेको’, ‘सुटुक्कै लगेको’ जस्ता शब्द प्रयोग

    • प्रकाशित मितिः साउन ८, २०८२
    • ६२८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानका मेयर हर्कराजले सरकारलाई पठाए “एक कुलङ्घार चिठी”

    धरान/धरान उमहानगरपालिकाका मेयर हर्कराज राईले नेपाल सरकारलाई आपत्ती जनक शव्द लेखर पत्र पठाएका छन् । वुधबार सरकारका स्वास्थ्यमन्त्री मार्फत नेपाल सरकार प्रधामन्त्री ओली र कोशी प्रदेशका मुख्यमन्त्री सहितलाई उपमहानगरपालिकाको लेटर प्याडमा “कुलङ्घार” शव्द प्रयोग पत्रचार गरेका छन् । मेयरले सामाजिक सन्जाल मार्फत आफैले सरकारलाई पठाएको उक्त पत्र सार्वजनिक समेत गरेर पछि सामाजिक सन्जालमा उनको आलोचना भएको छ । सामाजिक सन्जालमा मेयर राईले सामाजिक सन्जालमा “जग्गा हडपेको किन ? के पारा हो यो ?”भनेर उक्त पत्र सार्वजनिक गरेपछि उनको बौद्धिकतामार्थि नै प्रश्न चिन्ह खडा भएको छ । पत्रका सरकार

    • प्रकाशित मितिः साउन ७, २०८२
    • १,३५९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • छोराबाट बाबुको हत्या : सुनसरीमा घरेलु विवादले लियो ज्यान

    धरान/  घरेलु जग्गा सम्बन्धी विवादले सुनसरीमा एउटा परिवारमा भयावह मोड लिएको छ। देवानगञ्ज गाउँपालिका–२ मा छोराले छुरा प्रहार गरी आफ्नै बाबुको हत्या गरेका छन्। सुनसरी प्रहरीका अनुसार ६० वर्षीय सचिव अन्सारीको हत्या उनका छोरा मोहम्मद रियाज अन्सारीले बुधबार बिहान गरेका हुन्। घरेलु जग्गा सम्बन्धी विवाद उत्कर्षमा पुग्दा रियाजले बाबुलाई छाती र ढाडमा छुरा प्रहार गरेका थिए। घाइते अवस्थाको सचिव अन्सारीलाई तत्काल विराटनगरको गोल्डेन अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार हत्या आरोपित छोरालाई नियन्त्

    • प्रकाशित मितिः साउन ७, २०८२
    • ८४५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरान १७ मा लागूऔषधसहित एक जना पक्राउ

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–१७ डाँडाघोपामा लागूऔषधसहित एक युवक पक्राउ परेका छन्। लागूऔषध कारोबार भइ रहेको विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी रेल्वेबाट खटिएको प्रहरी टोलीले टिनको छाना र टाटीले बेरेको उदय लामाको घरमा सोमबार साँझ छापा मारेको हो। प्रहरी टोलीले घर खानतलासी गर्दा ट्रामाडोल १ हजार ८ सय ७३ क्याप्सुल र डिकोलिक १ हजार ८ सय ३४ ट्याब्लेट बरामद गरेको जनाएको छ। घटनास्थलबाट धरान–१७ बस्ने २७ वर्षीय अन्जान विश्वकर्मालाई पक्राउ गरी इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको छ। पक्राउ परेका व्यक्तिविरुद्ध लागूऔषध सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः साउन ७, २०८२
    • १,२०८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved