छोराबाट बाबुको हत्या : सुनसरीमा घरेलु विवादले लियो ज्यान

  • साउन ७, २०८२
  • कोशीपत्र/संवाददाता
alt प्रतिनिधि तस्बिर

धरान/  घरेलु जग्गा सम्बन्धी विवादले सुनसरीमा एउटा परिवारमा भयावह मोड लिएको छ। देवानगञ्ज गाउँपालिका–२ मा छोराले छुरा प्रहार गरी आफ्नै बाबुको हत्या गरेका छन्।

सुनसरी प्रहरीका अनुसार ६० वर्षीय सचिव अन्सारीको हत्या उनका छोरा मोहम्मद रियाज अन्सारीले बुधबार बिहान गरेका हुन्। घरेलु जग्गा सम्बन्धी विवाद उत्कर्षमा पुग्दा रियाजले बाबुलाई छाती र ढाडमा छुरा प्रहार गरेका थिए।

घाइते अवस्थाको सचिव अन्सारीलाई तत्काल विराटनगरको गोल्डेन अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

सुनसरी प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाका अनुसार हत्या आरोपित छोरालाई नियन्त्रणमा लिइएको छ र घटनाको विस्तृत अनुसन्धान भइरहेको छ। “घरायसी विवादकै कारण हत्या भएको प्रारम्भिक अनुमान छ। तथापि अन्य कोणबाट पनि अनुसन्धान जारी छ,” एसपी तिम्सिनाले बताए।

स्थानीय बासिन्दाका अनुसार मृतक सचिव अन्सारी गाउँमा शान्त स्वभावका व्यक्ति थिए। तर, परिवारभित्र सम्पत्ति बाँडफाँटको विषयमा लामो समयदेखि चर्किएको विवादले हिंसात्मक रूप लिएको हुनसक्ने अनुमान गरिएको छ। प्रहरीले मोहम्मद रियाज अन्सारीमाथि कर्तव्य ज्यान मुद्दा दर्ता गर्ने तयारी गरिरहेको छ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved