बंगुरमा स्वाइन फिवर,किसानलाई २ करोडको क्षति

  • साउन १२, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  बङ्गुरमा फैलिएको अफ्रिकन स्वाइन फिवरको प्रकोपबाट यसबर्ष सुनसरीका किसानले दुई करोडको क्षति ब्योहोरेका छन् ।

गत भदौ महिना देखी फैलिएको अफ्रिकन स्वाइन फिबर अहिलेसम्म नियन्त्रण हुन नसक्दा थप क्षति हुनसक्ने भन्दै किसान चिन्तित छन् ।
गत भदौमा रामधुनी नगरपालिकाका किसानले पालेको बङ्गुरमा देखिएको अफ्रिकन स्वाइन फिबरको प्रकोप क्रमशः अन्य स्थानीय तहका फर्महरूमा फैलिएको थियो ।

रामधुनी सहित बङ्गुर पालनको लागि प्रसिद्ध मानिएको धरान, दुहबी र वराहक्षेत्रमा फैलिएको प्रकोपले यो वर्ष मात्र १ करोड ९७ लाख ८ हजार बराबरको क्षति भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डा. मनोज कुमार महतोले जानकारी दिए । महतोका अनुसार सबैभन्दा बढी धरान उपमहानगरपालिकाका किसानहरूले नोक्सानी ब्योहोरेका छन् ।

धराने कालो बङ्गुरको नामले प्रख्यात मानिएको धरानमा १ सय २४ वटा वयस्क, १ सय १२ वटा बच्चा र ७३ वटा माउ गरी ३ सय ९ वटा बङ्गुर मर्दा ६८ लाख ७५ हजार रुपैयाँ बराबरको क्षति भएको छ ।

वराहक्षेत्र नगरपालिकामा ५९ वटा वयस्क र १ सय ५० वटा माउ गरी २ सय ९ वटा बङ्गुर मर्दा किसानले ३७ लाख १० हजार रुपैयाँको क्षति ब्योहोरेका छन् ।

दुहबी नगरपालिकामा १३ वयस्क, १२ बच्चा र १२ वटा माउ गरी ३७ वटा बङ्गुर मरेपछि किसानलाई २ लाख ४३ हजार रुपैयाँ नोक्सानी भएको छ । रामधुनी नगरपालिकामा ३ वटा वयस्क र १५ वटा माउ गरी १८ वटा बङ्गुर मरेपछि १ लाख ५० हजार बराबरको क्षति भएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीले जनाएको छ ।

दुई बर्सअघि धरानमा मात्र किसानले पालेको बङ्गुरमा स्वाइन फिवरको प्रकोपबाट ३० करोड बराबरको क्षति ब्योहोर्नुपरेको थियो ।
यो वर्ष पनि दर्जनौँ बङ्गुर धमाधम मरेपछि अफ्रिकन स्वाइन फिबरको प्रकोपको आशंका गरेर नियन्त्रणको पहल गरेकाले विगत वर्ष जस्तो धेरै क्षति हुन नपाएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र सुनसरीका प्रमुख डां महतोले जानकारी दिए ।
बङ्गुर पालनको लागि प्रसिद्ध मानिएको सुनसरीमा बर्सेनी अफ्रिकन स्वाइन फिबर प्रकोप नियन्त्रण बाहिर जाँदा किसान पलायन हुन थालेका छन् ।
एउटै बङ्गुर मर्दा पनि किसानले ७०–८० लाखको क्षति ब्योहोर्नुपर्छ । बङ्गुरमा लाग्ने अफ्रिकन स्वाइन फिभर अत्यन्त सङ्क्रामक र घातक रोग हो । जसको मृत्युदर ९० प्रतिशत भन्दा बढीसम्म पुग्न सक्छ ।

यो रोग सिधै बङ्गुरबाट बङ्गुरमा मात्र नभई किर्ना, सङ्क्रमित भाँडाकुँडा, दूषित दानापानी, कपडा र सङ्क्रमित सुईहरूबाट पनि फैलिने चिकित्सकहरू बताउँछन् ।

धरानको कार्यपालिका ब ...

धरान/संविधान अनुसार प्रत्येक वर्षको असार १० गते भित्र न ...

फेसबुकमा प्राविधिक स ...

काठमाडौं/  सामाजिक सञ्जाल फेसबुकमा आइतबार दिउ ...

घर फर्किने बाटो नै अ ...

धरान/ खोटाङमा शनिबार साँझ परेको अविरल वर्षापछि आएको आकस ...

धरानमा ब्राउन सुगरसह ...

धरान/ सुनसरीको धरान उपमहानगरपालिका–७ पानमारा ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved