ब्राउन सुगरसहित ईटहरीका दुई युवा नियन्त्रणमा

  • साउन ८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

ईनरुवा/ सुनसरीको ईनरुवा नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको चिरौलीचोकबाट लागूऔषधसहित दुई युवा पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा खटिएको प्रहरीले चेकजाँचका क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क ईनरुवाबाट खटिएको संयुक्त टोलीले साउन ७ गते साँझ ६:३० बजे ईटहरीबाट ईनरुवा तर्फ पैदल आइरहेका दुई युवालाई चेकजाँच गर्दा साजन श्रेष्ठको साथबाट ३.०६ ग्राम ब्राउन सुगर लागूऔषध फेला पारेको हो।

पक्राउ पर्नेमा जिल्ला सुनसरी, ईटहरी उपमहानगरपालिका–१ का २२ वर्षीय साजन श्रेष्ठ र सोही स्थानका २३ वर्षीय कृष्ण मगर रहेका छन्। श्रेष्ठको साथबाट मात्र लागूऔषध फेला परेको प्रहरीले जनाएको छ।

हाल दुवै जनालाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखी थप अनुसन्धान भइरहेको प्रहरी स्रोतले जनाएको छ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved