विराटनगर/ मोरङको रतुवामाई नगरपालिका–६ मा अंश सम्बन्धी झगडाले एक परिवारमा कहालीलाग्दो मोड लिएको छ। पुर्ख्यौली सम्पत्तिको विवादका कारण बोल्न नसक्ने महिला टीकामाया कार्की बस्नेतको आफ्नै देवर टंकबहादुर बस्नेतले निर्मम हत्या गरेका छन्। टीकामाया ६० वर्षीया महिला थिइन्, जो बोल्न सक्दिनथिन्। इसारामार्फत मात्र संवाद गर्ने उनी असार २१ गते दिउँसो बारीमा घाँस काट्न गएका बेला मृत अवस्थामा फेला परिन्। प्रारम्भिक अनुसन्धानमा घाँटीमा गहिरो चोट देखिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। प्रहरीका अनुसार ६९ वर्षीय टंकबहादुरले हँसियाको बिँडले प्रहार गरी भाउजूको हत्या गरेका हुन्। घटनामा प्रयो
धरान/ उपभोक्ता अदालतको पछिल्लो फैसलाविरुद्ध आक्रोशित बनेका चिकित्सकहरू आज देशव्यापी आन्दोलनमा उत्रिएका छन्। नेपाल चिकित्सक संघको आह्वानमा सोमबार धरानसहित देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिकबाहेकका सम्पूर्ण सेवा बन्द गरिएका छन्। सेवा बन्दका कारण सर्वसाधारण बिरामीहरू मर्कामा परेका छन्। चिकित्सा लापरबाहीका घटनामा क्षतिपूर्ति तिराउने उपभोक्ता अदालतको निर्णयविरुद्ध संघ आन्दोलित बनेको हो। संघका महासचिव डा. सञ्जिव तिवारीलाई अदालतले सात दिनभित्र उपस्थित हुन आदेश दिएपछि आन्दोलन चर्किएको हो। संघको आन्दोलनमा नौवटा स्वास्थ्य संस्थाहरूले ऐक्यबद्धता जनाएका छन्। धरानस्थित बीपी कोइ
धरानर जेष्ठ नागरिक समाजमा अभिन्न अंग हुन् । यसैलाई मध्यनजर गरी ११ बर्ष अगाडि ज्येष्ठ नागरिकलाई लक्षित गरी उनीहरुको संरक्षणसँगै उनीहरुले सिकेका कुरालाई पुस्ताहन्तरण गर्ने उद्देश्यले गठित इन्द्रप्रस्था जेष्ठ नागरिक समाज धरान ५ ले जेष्ठ नागरिकको स्वास्थ्यलाई ध्यानमा राखेर सम्बन्धित पक्षसँग समन्व्य गरेर निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेको छ । जेष्ठ २ गतेबाट १६ दिनसम्म चलेको सो शिविरबाट जेष्ठ नागरिकका साथै वडाबासीले भरपुर लाभ लिएका थिए ।धरान उपमहानगरपालिका वडा नं. ६ का जेष्ठ नागरिकलाई लक्षित गरी केजडिसी नामक स्वास्थ्य संस्थाको प्राविधि सहयोग तथा धरान उपमहानगरपापलिका ६ नंं वडा कार्यालयको स
वराहक्षेत्र/ १३औं स्थापना दिवसको अवसरमा चक्रघट्टी जेसिजले आइतवार वराहक्षेत्र नगरपालिका–६स्थित नेपाल रेडक्रस सोसाइटी उपशाखा महेन्द्रनगरको प्राङ्गणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटी, सुनसरीको प्राविधिक सहयोगमा सम्पन्न कार्यक्रममा ४९ पिन्ट रगत संकलन गरिएको आयोजकले जनाएको छ। “रक्तदान जीवनदान” भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै रगतको अभाव हटाउन र मानव सेवामा योगदान पुर्याउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको चक्रघट्टी जेसिजका अध्यक्ष महेश घिमिरे (सुरज) ले जानकारी दिए। कार्यक्रम अध्यक्ष घिमिरेको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा वराहक्षेत्र न
भोजपुर/ भोजपुर जिल्लाको रामप्रसादराई गाउँपालिका–२, धोत्लेखानीस्थित एउटै घरभित्र आइतबार राति एकै परिवारका चार जनाको विभत्स हत्या भएको छ । धारिलो हतियार प्रहार गरी ससुरा, सासु, श्रीमती र सालोको ज्यान लिएपछि अभियुक्त आफैं प्रहरीमा फोन गरेर भने– ‘मान्छे मारेको छु, समात्न आउनु’ राजेन्द्र राई नामका व्यक्तिले आफ्नै ससुरा, सासु, श्रीमती र सालोको धारिलो हतियार चक्कु प्रयोग गरी हत्या गरेका हुन् । घटनालगत्तै आइतबार राति १ः१५ बजे अभियुक्त राजेन्द्र राईले जिल्ला प्रहरी कार्यालय भोजपुरमा फोन गरी ‘मान्छे मारेको छु, मलाई समात्न आउनु’ भन्दै जानकारी गराएका थिए ।उक्त सूचना
धरान/ व्यवसायिक फर्महरुमा सम्बन्धित निकायले जतिपटक अनुगमन गरे पनि मापदण्ड अनुरुप कानुनको पालना गरेर सञ्चालन गरेको पाइदैन । स्थानीय स्तरमा धरान उपमहनगरपालिकाको अनुगमन महाशाखा लगायत बेला बेलामा नेपाल सरकार कृषि तथा पशुपंक्षी मन्त्रालय मातहमा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गर्ने अनुगमन समेत प्रभावकारी पाइदैन । स्थानीय स्तरमै नियमित अनुगमन गरी व्यवसायीहरु व्यवसायिक फर्मलाई मापदण्डमा ल्याउने अनुगमन महाशाखाले नियमित अनुगमन गर्नुपर्ने भएपनि मौसमी अनुगमन गर्ने गर्छ ।यस्तै अनुगमनको अख्तियारी पाएर स्थानीय तहको अनुगमन महाशाखासँग समन्वय गरेर खाद्य प्रविधि तथा गुणनियन्त्रण कार्यालय, उ
धरान/सुनसरीको कोशी गाउँपालिका–७ हरिपुरस्थित पूर्व–पश्चिम राजमार्गमा प्रहरीको नियमित चेकजाँचको क्रममा ठूलो मात्रामा अवैध भारतीय मदिरा बरामद गरिएको छ। बिहीबार राति करिब ८:३० बजे अस्थायी प्रहरी चौकी हरिपुरबाट खटिएको प्रहरी टोलीले काँकडभिट्टाबाट पोखरा तर्फ गइरहेको GAA 0188 नम्बरको यात्रुबाहक बस जाँच गर्ने क्रममा बसको साइड डिक्कीमा लुकाई छिपाई ल्याइएको ३५९ बोतल Old Monk Deluxe Rum (७५० एमएल) र १२ बोतल Royal Stag (७५० एमएल) फेला पारेको हो। मदिरासहित प्रहरीले जिल्ला कास्कीको पार्चे गाउँपालिका–१ निवासी ४५ वर्षीय खगेन्द्र सिंह गुरुङलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक सोधपुछमा ती मदि
धरान/ भारतबाट नेपाल ल्याइँदै गरेको लागूपदार्थ ब्राउन सुगरसहित धरानका दुई जना युवालगायत तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लौकही र लागू औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको संयुक्त प्रहरी टोलीले सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–६ स्थित ढलान रोडमा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ का २४ वर्षीय बलराम चौधरी, धरान–१९ का ३२ वर्षीय अरविन्द भण्डारी र भोक्राहा नरसिंह गाउँपालिका–३ का ३१ वर्षीय प्रभु नारायण यादव रहेका छन्। प्रहरीका अनुसार धरान दर्ता नम्बर को.३३प. रहेको मोटरसाइकलमा सवार बलराम च
सुनसरी/ धरान हुँदै नडाहातर्फ गइरहेको भारतीय नम्बर प्लेटको कारबाट ठूलो परिमाणमा लागू औषध गाँजा फेला परेको छ। प्रहरीले चेकजाँचका क्रममा १६२ किलो गाँजा जस्तो देखिने पदार्थ बरामद गरेको छ भने कारमा सवार दुई जना भने प्रहरी देख्नासाथ फरार भएका छन्। मिति २०८२ साल असार २१ गते राति २:१० बजे, सुनसरीको बराहक्षेत्र नगरपालिका–३, नडाहा चोकस्थित क्षेत्रमा लागू औषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी र सशस्त्र प्रहरी बल बेस क्याम्प चतरा बाट खटिएको संयुक्त टोलीले चेकजाँच गरेको थियो। चेकजाँचको क्रममा धरानबाट नडाहातर्फ गइरहेको MH 02 BP 9742 नम्बरको सुजुकी कम्पनीको भारतीय
धरान/ पछिल्लो समय धरानमा भएका तीन छुट्टाछुट्टै गम्भीर अपराध घटनामा संलग्न मुख्य आरोपीहरूलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरी सार्वजनिक गरेको छ। आज शुक्रबार आयोजित पत्रकार सम्मेलनमा प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रकाश जवेगुले घटनाका विवरण सार्वजनिक गर्दै समाजमा शान्ति–सुरक्षा कायम राख्न प्रहरी निरन्तर सक्रिय रहेको बताए। १. १३ वर्षीया बालिकामाथिको यौन दुव्र्यवहार धरान–१६ स्थित नौलो बस्तीमा श्रमदानका क्रममा सर्दु खोलामा गएकी १३ वर्षीया बालिकामाथि गएको बैशाख १७ गते यौन दुव्र्यवहार भएको थियो। ५०–५५ वर्ष उमेरका एक व्यक्तिले बालिकामाथि दुव्र्यवहार गरेको विवरण आ