धरान/ धरान उपमहानगरपालिकाले नगर अस्पताल स्थापना गर्नेबारे बुधबार राजनीतिक दल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान सँग छलफल गरेको छ। धरान–१ छाताचोकस्थित पुरानो अस्पतालमा नगर अस्पताल स्थापना गर्ने विषयमा छलफल गर्न मेयर हर्कराज राईले दिउँसो २ बजे विभिन्न दलका नेता र विपी प्रतिष्ठानलाई बोलाएका थिए। स्वास्थ्य बीमा बोर्डले असोज मसान्तसम्म मात्र विपी प्रतिष्ठानलाई स्वास्थ्य बीमाको प्रथम सेवा केन्द्र रहने निर्णय गरेपछि नगरको आफ्नै अस्पताल वा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता देखिएको हो। करिब डेढ घण्टा चलेको छलफलमा सहमति भने जुट्न सकेन। दलका
सुनसरी/ सुनसरीको झुम्का कारागारमा रहेका कैदी विकास राईको उपचारको क्रममा मृत्यु भएको छ। लागू औषध सम्बन्धी मुद्दामा थुनामा रहेका राई (बुधबार)आज बिहान अचानक बेहोस भएपछि अस्पताल लगिएको थियो। भोजपुर हतुवागढी गाउँपालिका–८ घर भइ हाल धरान उपमहानगरपालिका–१२ मा बस्दै आएका २८ वर्षीय विकास राई २०८१ सालको चैत्र २६ गतेदेखि झुम्का कारागारमा थुनामा थिए। लागू औषध मुद्दामा रु २५ हजार धरौटी तिर्न नसकेका कारण उनी थुनामा रहेको कारागारका जेलर सुवास लामिछानेले जानकारी दिए। जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार, राई आज बिहान करिब ५:१५ बजे अचानक बेहोस भएर ढलेका थिए
धरान । सेउती खोलाको पारी धरान–४ लाई खोला वारी धरान–१४ र धरान बजारसँग जोड्ने झोलुङ्गे पुलको पूर्वी भाग पहिरोका कारण क्षतिग्रस्त भएको छ। साउन २९ र ३० गतेको अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण पुल प्रभावित बनेको हो। साेमबार क्षतिग्रस्त स्थलको निरीक्षण तथा स्थानीय भेटघाट कार्यक्रम भएको छ। धरान–१४ को यायोखा टोल र धरान–४ को किरात बस्तीका स्थानीयसँग भएको कार्यक्रममा कोशी प्रदेश सभा सदस्य रमेश बस्नेत, वडा सदस्य राजन चाम्लिङ, नेकपा (एमाले) कोशी प्रदेश सदस्य तथा धरान सचिव राजेन्द्र राईलगायतको उपस्थिती रहेको थियो। निरीक्षणका क्रममा स्थानीयले पुल तत्काल मर्मत गरी आवत–
धरान/ धरान उपमहानगरपालिका–१ मा आइतबार दिउँसो स्कुटर ठक्करबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ। प्रहरीका अनुसार दिउँसो करिब ३ बजे उद्योग वाणिज्य संघ नजिकैको भित्री पक्की सडकमा पैदलयात्रीलाई स्कुटरले ठक्कर दिएको थियो। भेडेटारबाट भानुचोकतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०१८ प ६५२४ नम्बरको स्कुटरले ५८ वर्षीया सरिता विकलाई ठक्कर दिएको हो। गम्भीर घाइते भएकी विकलाई तत्काल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका लागि पुर्याइएको थियो। टाउकोमा गम्भीर चोट लागेका कारण उनलाई विराटनगर रेफर गरिएकोमा विराट नर्सिङ होममा उपचारकै क्रममा निध
विराटनगर/ ऐतिहासिक राधाकृष्ण रथयात्रा सुरु हुनुअघि विराटनगरबाट प्रहरीले ५ जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ। आइतबार दिउँसो शंकास्पद गतिविधि गर्दै गरेको अवस्थामा पक्राउ परेकामध्ये २ महिला र ३ पुरुष रहेका छन्। मोरङ प्रहरीले दिएको जानकारीअनुसार विराटनगरको सेन्ट्रल मल नजिकबाट ३ जना र महेन्द्र चोकबाट २ जनालाई नियन्त्रणमा लिइएको हो। जिल्ला प्रहरी कार्यालय मोरङमा राखेर उनीहरूलाई सोधपुछ भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक आशंका अनुसार उनीहरू रथयात्राको भीडलाई लक्षित गरी चोरी तथा पकेटमारी गर्ने उद्देश्यले नेपाल आएको हुनसक्ने अनुमान गरिएको छ। मोरङ प्रहरीका प्रवक्ता डिएसपी कोपिला चु
धरान/ सुनसरीको धरान उप–महानगरपालिका–२०, ओशो पार्क नजिकैको जंगलबाट प्रहरीले ठूलो परिमाणको गाँजा बरामद गरेको छ। आइतबार (आज) बिहान करिब ८ बजे विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले पाँच जना व्यक्तिलाई नियन्त्रणमा लिएको हो। इलाका प्रहरी कार्यालय धरानका अनुसार उनीहरूलाई कालो प्लास्टिकको बोरा भित्र ६ पोका पारेर राखिएको ७२ किलो (बहत्तर किलो) गाँजा फेला पारिएको थियो। बरामद गरिएको लागू औषधसहित पक्राउ परेकाहरूलाई प्रहरीले आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा ल्याएको जनाएको छ। नियन्त्रणमा परेका व्यक्तिहरूः१. रुपेश राई (३० वर्ष),
धरान/ मोटरसाइकलमा बुबासँगै खोलामा बगेर बेपत्ता भएकी धरान–१६ की १९ वर्षीया अनिता राईको शव सप्तकोशी नदी किनारमा फेला परेको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरका अनुसार बराहक्षेत्र–९ स्थित राजाबासमा (आइतबार)आज बिहान अनिताको शव भेटिएको हो। “दाउरा खोज्न गएका स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए,” निरीक्षक कुँवरले बताए। हाल कानुनी प्रक्रिया पूरा गरी शवलाई धरान पठाउने तयारी भइरहेको छ। गत शुक्रबार दिउँसो करिब १:५० बजे बराहक्षेत्र–१ मा पर्ने मदनभण्डारी राजमार्गअन्तर्गतको दुधपानी खोलाले मोटरसाइकलमा सवार बुबाछोरीलाई बगाएको थियो।
ईनरुवा/सुनसरी प्रहरीले ठूलो मात्रामा लागूऔषध ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ। शुक्रबार साँझ करिब ६:४५ बजे विशेष सूचनाको आधारमा अस्थायी प्रहरी पोष्ट बसपार्क ईनरुवा र जिल्ला प्रहरी कार्यालय सुनसरीको संयुक्त टोलीले चिरौलिचोकतर्फबाट बसपार्क आउँदै गरेका व्यक्तिहरूमाथि चेकजाँच गर्दा उनीहरूको साथबाट ब्राउन सुगर प्रतिबन्धित पदार्थ बरामद भएको हो। प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरूमा— • रोशन खड्का (३७), मोरङ सुन्दरहरैचा-६ : २.०३ ग्राम • लालबहादुर बि.क. (३२), स्थायी ठेगाना नखुलेको : ०.३९ ग्राम • कुमार बिडारी (३१), धादिङ थाक्रे-१० : ८.०० ग्राम • राम आछामे
धरान/बराहक्षेत्र नगरपालिका–१ स्थित मदनभण्डारी राजमार्गअन्तर्गतको दुधपानी खोला तर्ने क्रममा शुक्रबार मोटरसाइकलमा बुबासँगै बगेकी १९ वर्षीया अनिता राई अझैसम्म फेला परेकी छैनन्। धरान–१६ का जीवन राई र छोरी अनिता सवार मोटरसाइकललाई शुक्रबार दिउँसो करिब १:५० बजे आकस्मिक बढेको भेलले बगाएको थियो। खोलामा बगेका दुवैजना सप्तकोशीमा पुगे पनि स्थानीय र प्रहरीले जीवनलाई भने सकुशल उद्धार गरेका थिए। तर छोरी अनिता भने वेपत्ता भएकी थिइन्। घटनापछि इलाका प्रहरी कार्यालय महेन्द्रनगरका निरीक्षक दिवस कुँवरको कमाण्डमा ५ जना, चतराका सई राजन खड्कासहित ५ जना, र चतरा पुलबाट असई एकनाथ खतिवडासहित २ जना गरी १२ जन
सुनसरी/ सुनसरीको सप्तकोसी चतरामा शुक्रबार रातिदेखि लगातार परेको भारी वर्षासँगै बाढीको जोखिम बढेको छ। जल तथा मौसम विज्ञान विभागले आज (शनिबार) बिहान ५ः३५ बजे विशेष चेतावनी जारी गर्दै स्थानीय बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो। विभागका अनुसार पछिल्लो १ घण्टामा सप्तकोसी चतरा वर्षामापन केन्द्रमा उल्लेखनीय वर्षा रेकर्ड गरिएको छ र अझै पानी पर्ने सम्भावना रहेको छ। यस कारण सो क्षेत्र हुँदै बग्ने साना–ठूला खोलामा बहाव तीव्र हुने र तटीय बस्तीहरू प्रभावित हुने खतरा बढेको विभागले जनाएको छ। ‘तटीय क्षेत्रमा बसोबास गर्नेहरूले उच्च सतर्कता अपनाउनुस्,’ विभागको चेतावनीमा भनिएको छ, &lsq