धरानमा नगर अस्पताल स्थापना सम्बन्धी छलफल, सहमति जुट्न सकेन

  • भदौ ५, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/  धरान उपमहानगरपालिकाले नगर अस्पताल स्थापना गर्नेबारे बुधबार राजनीतिक दल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान  सँग छलफल गरेको छ।

धरान–१ छाताचोकस्थित पुरानो अस्पतालमा नगर अस्पताल स्थापना गर्ने विषयमा छलफल गर्न मेयर हर्कराज राईले दिउँसो २ बजे विभिन्न दलका नेता र विपी प्रतिष्ठानलाई बोलाएका थिए। स्वास्थ्य बीमा बोर्डले असोज मसान्तसम्म मात्र विपी प्रतिष्ठानलाई स्वास्थ्य बीमाको प्रथम सेवा केन्द्र रहने निर्णय गरेपछि नगरको आफ्नै अस्पताल वा आधारभूत स्वास्थ्य केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता देखिएको हो।

करिब डेढ घण्टा चलेको छलफलमा सहमति भने जुट्न सकेन। दलका नेताहरुले सेवा निरन्तरता सुनिश्चित गर्न सकेसम्म विपी प्रतिष्ठानमै प्रथम सेवा केन्द्र सञ्चालन गर्नुपर्ने, नभए पुरानो अस्पतालमै आधारभूत स्वास्थ्य केन्द्र वा नगर अस्पताल सुरु गरेर भएपनि सेवा अबरुद्ध हुन नदिनुपर्ने धारणा राखेका थिए।

छलफलमा कांग्रेस सभापति श्याम पोख्रेल, जसपा नेपाल अध्यक्ष ताजुब लिम्बु, एमाले उपाध्यक्ष पारस काङमाङ, माओवादी अध्यक्ष उद्धव लिम्बु, एकीकृत समाजवादी अध्यक्ष रेवतीरमण राई, जसपा अध्यक्ष नगेन्द्र पारघरी लिम्बु, राप्रपा अध्यक्ष नरेश शाक्यलगायत दलका नेताहरु सहभागी थिए।

मेयर हर्कराज राईले नगर, प्रदेश र संघीय सरकारको सहकार्यमा छाताचोकमा नगर अस्पताल स्थापना गर्ने र उपमहानगरकै मातहत रहने स्पष्ट गर्दै, विपी प्रतिष्ठानले प्राविधिक सहयोग गर्नुपर्ने बताए। साथै, सरकारले पुरानो अस्पतालको जग्गा नगरलाई फिर्ता गर्नुपर्ने धारणा पनि राखे।

विपी प्रतिष्ठानका अस्पताल निर्देशक डा. जगत नारायण प्रसादले भने नगर अस्पताल विपी प्रतिष्ठानकै शाखाको रूपमा सञ्चालन गर्ने अवधारणा रहेको बताए। उनले समितिमार्फत फास्ट–ट्रयाकमा अस्पताल सञ्चालन गर्न सकिने, समितिमा नगर सरकार, प्रदेश, संघ, प्रतिष्ठान र स्थानीय प्रतिनिधि रहने पनि जानकारी दिए।

राजनीतिक दलका नेताहरुले छलफललाई सकारात्मक मानेपनि, उपमहानगरपालिकाले पठाएको निमन्त्रणा पत्रमा दलहरुको नाम नलेखी ‘सबै राजनीतिक दल धरान नगर कमिटी’ भनेर सम्बोधन गरिएकोप्रति असन्तुष्टि जनाएका थिए।

दलहरुले पुरानो अस्पतालको जग्गा फिर्ताको पहल गर्न सर्वदलीय समिति गठन गर्न सुझाव दिएपनि तत्काल समिति गठन भएन। अन्ततः, अर्को बैठक चाँडै बोलाउने सहमतिसहित छलफल सकिएको छ।

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

धरानमा बास्केटबलको क ...

धरान/ धरान बास्केटबल संघ र सुनसरी बास्केटबल संघको ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved