झुम्का कारागारमा रहेका कैदीको उपचारका क्रममा मृत्यु

  • भदौ ४, २०८२
  • कोशीपत्र/संवाददाता
alt

सुनसरी/  सुनसरीको झुम्का कारागारमा रहेका कैदी विकास राईको उपचारको क्रममा मृत्यु भएको छ।

लागू औषध सम्बन्धी मुद्दामा थुनामा रहेका राई (बुधबार)आज बिहान अचानक बेहोस भएपछि अस्पताल लगिएको थियो।

भोजपुर हतुवागढी गाउँपालिका–८ घर भइ हाल धरान उपमहानगरपालिका–१२ मा बस्दै आएका २८ वर्षीय विकास राई २०८१ सालको चैत्र २६ गतेदेखि झुम्का कारागारमा थुनामा थिए। लागू औषध मुद्दामा रु २५ हजार धरौटी तिर्न नसकेका कारण उनी थुनामा रहेको कारागारका जेलर सुवास लामिछानेले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी योगराज खतिवडाका अनुसार, राई आज बिहान करिब ५:१५ बजे अचानक बेहोस भएर ढलेका थिए। उनलाई तत्काल इनरुवा अस्पताल लगिएको थियो। उपचारका क्रममा बिहान करिब ५:४५ बजे उनको मृत्यु भएको हो।

मृतक राईको शव पोस्टमार्टमका लागि लगिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved