धरानमा स्कुटर ठक्करबाट घाइते महिलाको निधन

  • भदौ २, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/ धरान उपमहानगरपालिका–१ मा आइतबार दिउँसो स्कुटर ठक्करबाट गम्भीर घाइते भएकी एक महिलाको उपचारका क्रममा मृत्यु भएको छ।

प्रहरीका अनुसार दिउँसो करिब ३ बजे उद्योग वाणिज्य संघ नजिकैको भित्री पक्की सडकमा पैदलयात्रीलाई स्कुटरले ठक्कर दिएको थियो। भेडेटारबाट भानुचोकतर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०१८ प ६५२४ नम्बरको स्कुटरले ५८ वर्षीया सरिता विकलाई ठक्कर दिएको हो।

गम्भीर घाइते भएकी विकलाई तत्काल विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारका लागि पुर्‍याइएको थियो। टाउकोमा गम्भीर चोट लागेका कारण उनलाई विराटनगर रेफर गरिएकोमा विराट नर्सिङ होममा उपचारकै क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

घटनापछि स्कुटर चालक इटहरी–४ का १८ वर्षीय चिरञ्जिवि गुरुङलाई स्कुटरसहित इलाका प्रहरी कार्यालय धरानले नियन्त्रणमा लिएको छ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved