स्वास्थ्य

    Showing 431-440 of 2,527 items.
  • बुढीगंगाको नहरमा अज्ञात महिलाको शव फेला

    विराटनगर/ मोरङको बुढीगंगामा नहरले बगाएर ल्याएको अवस्थामा एक महिलाको शव फेला परेको छ । शुक्रबार बिहान करिब साढे ८ बजे बुढीगंगा गाउँपालिका–७ मा शव भेटिएको हो । मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार करिब ३० देखि ३२ वर्षकी देखिने महिलाको शव भेटिए पनि उनको पहिचान खुल्न सकेको छैन ।‘नहरमा शव बगिरहेको जानकारी पाएपछि प्रहरी चौकी कोयलपुरबाट टोली खटिएको थियो । बाहिर निकाल्दा ती महिलाको मृत्यु भइसकेको अवस्थामा भेटियो,’ डीएसपी चुँडालले बताइन् । इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्रीको नेतृत्वमा पुगेको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टम

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 596 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • अछाममा छाउगोठमा सुतेका दुई जनाको ढुङ्गाले किचेर मृत्यु, एक घाइते

    अछाम/ अछाममा छाउगोठमा सुतेका दुई जनाको भीरबाट खसेको ढुङ्गाले किचेर मृत्यु भएको छ भने एक जना घाइते भएकी छन्। पञ्चदेवल विनायक नगरपालिका–८ सेलापानीस्थित चुरखोली टोलकी ३५ वर्षीया निम खनाल र मङ्गलसेन नगरपालिका–६ की सात वर्षीया कविताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख डिएसपी ओमप्रकाश खनालले जानकारी दिए। दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घटनामा मृतक कविताकी आमा घाइते भएकी छन्। उनलाई उपचारका लागि स्थानीय स्वास्थ्य चौकी पठाइएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय अछामबाट प्रहरी निरीक्षक टेकबहादुर देउवा नेतृत्वको टोली घटनास्थलतर्फ प्रस्थ

    • प्रकाशित मितिः भदौ १३, २०८२
    • 539 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • विराट टिचिङको नयाँ फड्को : स्त्री तथा प्रसूति सेवाका लागि २ सय बेडसहित ५ अत्याधुनिक अप्रेशन थिएटर सञ्चालन

    विराटनगर/ मोरङको बुढीगंगा गाउँपालिका–२ स्थित विराट मेडिकल कलेज टिचिङ हस्पिटलले स्त्री तथा प्रसूति सेवामा नयाँ इतिहास रचेको छ । पूर्वी नेपालकै स्त्री तथा प्रसूति उपचारमा समर्पित २ सय बेड क्षमताको अत्याधुनिक भवन मंगलबारदेखि औपचारिक रुपमा सञ्चालनमा आएको हो । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेले नवनिर्मित भवनको उद्घाटन गर्दै अस्पतालको सेवा–सुविधालाई देशकै उदाहरणीय भन्दै प्रशंसा गरे । यो विस्तारसँगै अस्पतालमा २४ वटा अप्रेशन थिएटरमध्ये ५ वटा विशेष स्त्री तथा प्रसूति शल्यक्रिया कक्ष, ३० बेड क्षमताको डिलक्स क्याबिन, गाइनो आइसीयू तथा २ सय बेडको विशिष्ट वा

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 616 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आफ्नै छोरीको हत्या आरोपमा जन्मकैद भोगिरहेकी महिला कैदी कारागारमै मृत फेला

    विराटनगर/  विराटनगर महानगरपालिका–८ हाटखोलास्थित जिल्ला कारागार मोरङको शौचालयभित्र आफ्नै छोरीको हत्या गरेको आरोपमा जन्मकैद सजाय भोगिरहेकी एक महिला कैदी मृत फेला परेकी छन् । सुनसरी बराहक्षेत्र–६ घर भएकी ३२ वर्षीया राधा भनिने राधा भट्टराई बुधबार बिहान ४ः३० बजे सलको पासो लगाई झुन्डिएको अवस्थामा भेटिएको जेलर गौरव ढुंगेलले जानकारी दिए । भट्टराईले २०८० माघ पहिलो साता दुई सन्तानसहित सप्तकोशी नहरमा हामफालेकी थिइन् । उद्धारका क्रममा उनी र छोरा सकुशल बचेका थिए भने करिब ६ वर्षीया छोरीको मृत्यु भएको थियो । सो घटनामा पक्राउ परेकी उनलाई अदालतले ‘कर्तव्य ज्यान’ मुद्दामा जन्

    • प्रकाशित मितिः भदौ ११, २०८२
    • 1,080 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा लागूऔषधसहित महिला र पुरुष पक्राउ

    सुनसरी/  सुनसरी प्रहरीले विशेष सूचनाका आधारमा दुई फरक स्थानबाट लागूऔषधसहित एक महिला र एक पुरुषलाई नियन्त्रणमा लिएको छ। मंगलवार दिउँसो (आज) १२:५० बजे इटहरी उपमहानगरपालिका–२०, नविन भिलेजमा खटिएको प्रहरी टोलीले खोटाङ च्यानडाँडा–८ घर भएकी ३८ वर्षीया निर्मला राईलाई नियन्त्रणमा लिएको हो। प्रहरीका अनुसार उनको साथबाट ट्रामाडोल ५ पत्ता (५० पिस) र डिकोलिक ५ पत्ता (५० पिस) बरामद गरिएको छ। त्यसैगरी, आजै दिउँसो करिब १२:०० बजे इनरुवा नगरपालिका–४ बसचौकमा खटिएको संयुक्त प्रहरी टोलीले बराहक्षेत्र–५ घर भएका २७ वर्षीय सुरज तामाङलाई पक्राउ गरेको छ। उनले ढाडम

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 1,152 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ट्याम्पो–मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

    धरान/  सुनसरीको धरान–१४ बिजयपुरमा(मंगलबार) आज बिहान भएको ट्याम्पो र मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ। बिजयपुर चौकदेखि बुढासुब्बा र नारायणपुर जाने बाटोको बीच भागमा रहेको रूख नजिकै को १ ह ६०२९ नम्बरको ट्याम्पो र को ३७ प ७९८६ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक धरान–१४ बस्ने ३२ वर्षीय सन्दिप मगरको ज्यान गएको प्रहरीले जानकारी दिएको छ। इलाका प्रहरी कार्यालय धरानका प्रहरी निरीक्षक जीवन कुँवरका अनुसार बिहान करिब १०:१५ बजे भएको उक्त दुर्घटनापछि गम्भीर घाइते मगरलाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानतर्फ लैजाँदै गर्दा बाटैमा मृत्यु भएको

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 2,143 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपीमा पहिलोपटक रेडियोफ्रिक्वेन्सी एब्लेसन सेवा, प्रदेशमै नयाँ उपचार सुविधा

    धरान/बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दीर्घकालीन पीडा व्यवस्थापनका लागि अत्याधुनिक रेडियोफ्रिक्वेन्सी एब्लेसन (RFA) सेवा सुरु गरिएको छ। प्रतिष्ठानको एनेस्थेसियोलोजी विभागको पहलमा पहिलो पटक सुरु गरिएको यस सेवामार्फत ट्राइजेमिनल न्युराल्जिया भएका एक बिरामीको ग्यासेरियन गैङ्गिलयन आरएफए प्रक्रिया सफलतापूर्वक सम्पन्न भएको प्रतिष्ठानका सह–प्रवक्ता डा. अभिजित कुमारले जानकारी दिए। उनका अनुसार, ट्राइजेमिनल न्युराल्जिया अनुहारको एक भागमा अत्यन्त तीव्र र झट्का लाग्ने पीडा दिने स्नायु सम्बन्धी रोग हो। साधारण औषधीय उपचार प्रभावकारी नहुन सक्ने यस अवस्थामा आरएफए प्रविधिले दीर्घकालीन

    • प्रकाशित मितिः भदौ १०, २०८२
    • 1,374 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • खैरो हेरोइनसहित दुई भारतीय नागरिक पक्राउ

    विराटनगर/ विराटनगरबाट ठूलो परिमाणको लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) सहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेमा भारत बिहारको कटिहार जिल्ला शिवानापुर–४ का ३० वर्षीय मोहम्मद सद्दाम हुसेन र सोही जिल्लाको खरसोता–५ का ३२ वर्षीय बमकिम कर्मकार रहेका छन्। उनीहरूलाई आइतबार साँझ विराटनगर महानगरपालिका–१५ मण्ठापोखरी मन्दिर अगाडिको सार्वजनिक सडक खण्डबाट नियन्त्रणमा लिइएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्। इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले शंकास्पद गतिविधिका आधारमा उनीहरूलाई चेकजाँच गर्दा हुसेन

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 666 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आज दर खाने दिन, यस्तो छ महत्व

    काठमाडौं/  हरितालिका तिजको अघिल्लो दिन आज (सोमबार) दर खाने पर्व मनाइँदै छ । दर खाने दिन परिवार, इष्टमित्र र छिमेकी भेला भएर विभिन्न परिकार खाँदै रमाइलो गर्ने चलन छ । दर खाएको भोलिपल्ट तिजको दिन निराहार व्रत बस्ने चलन छ । व्रतका लागि अघिल्लो साँझ पौष्टिक तत्व भएको खानेकुरा खाने चलन छ । हरितालिका तिजको अघिल्लो दिन १ दिन मात्र दरखाने परम्परा रहे पनि राजधानी काठमाडौंलगायतका सहरी क्षेत्रमा १ महिना अघिदेखि नै दर खाने र खुवाउने चलन चलेको छ । परापूर्व कालमा देवी पार्वतीले भगवान शिवलाई स्वामी पाउँ भनि निराहार व्रत बसेको र उनको कामना पूरा भएको विश्वासका साथ विवाहित महिलाहरु पतिको सुवास्थ्य

    • प्रकाशित मितिः भदौ ९, २०८२
    • 645 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुटकेसभित्र भेटिएकी महिलाको सनाखत, भारतमा विवाह गरेर बसेकी थिइन्

    सुनसरी/  रौतहटको गौर नगरपालिका–९, गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुठवलबा गेट नजिक सुटकेसभित्र मृत अवस्थामा भेटिएकी महिलाको सनाखत भएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीका अनुसार मृतक गौर नगरपालिका–२ मा डेरा गरी बस्दै आएकी २६ वर्षीया रुवी शाह सुडी हुन्। उनको मूल घर माधवनारायण नगरपालिका–६ हो भने उनले भारतमा विवाह गरेकी थिइन्। चार वर्षीय छोरा पढाउनका लागि रुवी गौर नगरपालिका–२ स्थित महादेवपट्टिमा बस्दै आएकी थिइन्। सुटकेसभित्र कुईनो र घुँडा जोडेर प्याक गरिएको अवस्थामा उनको शव फेला परेको प्रहरीले जनाएको छ। नाकबाट रगत बगेको देखिए पनि शरीरमा क

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 1,173 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved