वराहक्षेत्रमा बजार अनुगमन तीव्र : म्याद नाघेका वस्तु नष्ट, व्यापारीलाई जरिमाना र सचेतना

  • असोज २८, २०८२
  • कोशीपत्र/संवाददाता
alt

वराहक्षेत्र/ चाडपर्वको अवसरमा उपभोक्ताको अधिकार संरक्षणका लागि वराहक्षेत्र नगरपालिकाले बजार अनुगमनलाई तीव्र पारेको छ। नियमित अभियान अन्तर्गत नगर क्षेत्रका विभिन्न बजारमा अनुगमन गर्दै म्याद नाघेका सामग्री नष्ट र नियम उल्लङ्घन गर्ने व्यापारीलाई जरिमाना गरिएको हो।

नगरपालिकाका आर्थिक विकास शाखा प्रमुख मातृका तिवारीका अनुसार बजारमा गुणस्तरीय वस्तु सुनिश्चितता, मूल्यको एकरूपता, कानुनी प्रमाणपत्र, र ४० माइक्रोनभन्दा कम प्लास्टिकका झोलाको नियन्त्रणलाई प्राथमिकता दिइएको छ।

यसै क्रममा मंगलबार वडा नं. ९ राजावास बजार र वडा नं. १० प्रकाशपुर बजारका होटल, किराना, फलफूल, मिठाई र हाडवायर पसलमा अनुगमन गरिएको थियो। अनुगमनका क्रममा थुप्रै म्याद नाघेका चिसा पेय पदार्थ फेला परेका थिए, जसलाई तत्काल नष्ट गरिएको नगरपालिकाले जनाएको छ।

अनुगमन टोलीले दर्ता प्रक्रिया, सरसफाइ र किचन क्षेत्रको पनि निरीक्षण गरेको थियो। म्याद नाघेका वस्तु बिक्रीका लागि राख्ने व्यापारीहरूलाई सचेत गराउँदै जरिमाना गरिएको छ।

नगर उपप्रमुख नन्दकुमारी सुनुवारको नेतृत्वमा भएको टोलीमा आर्थिक विकास शाखा प्रमुख तिवारी, खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय इनरुवाका खाद्य अनुसन्धान अधिकृत उज्वल कोईरला, उद्योग वाणिज्य सङ्घ वराहक्षेत्रका प्रतिनिधि, नेपाल प्रहरी, नगर प्रहरी र पत्रकारहरूको सहभागिता थियो।

उपप्रमुख सुनुवारका अनुसार,

“उपभोक्ताको स्वास्थ्य र हक संरक्षण नगरपालिकाको प्राथमिक दायित्व हो। बजारमा गुणस्तरीय वस्तुको सुनिश्चितता नभएसम्म अनुगमन अभियान जारी रहनेछ,”
भनेर उनले जनाइन्।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved