स्वास्थ्य

    Showing 411-420 of 2,527 items.
  • धरानमा ट्रिपरको ठक्कर : ११ वर्षीया बालिकाको मृत्यु, आमा सहित तीन घाइते

    धरान/ मदन भण्डारी राजमार्गअन्तर्गत धरान–६ पानवारीमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा एक बालिकाको घटनास्थलमै मृत्यु भएको छ भने आमा सहित तीन जना घाइते भएका छन् । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ट्रिपर (को १ ख ८७४५) ले सोही दिशातर्फ गइरहेको स्कुटर (को ३९ प २७४) लाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो । स्कुटरमा सवार ११ वर्षीया सुवास्ना बुढाथोकीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सुवास्नाकी आमा विना बुढाथोकी, ६ वर्षीया बहिनी नुना र छिमेकीकी छोरी सुस्मिता घाइते भएका छन् । उनीहरूको विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा  आकस्मिक कक्षमा उपचार

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 1,160 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झुम्का कारागारमा भाइरल सङ्क्रमण : बीपीले आरआरटी परिचालन

    धरान/  सुनसरीको झुम्का कारागारमा फैलिएको स्वास्थ्य सङ्कटलाई सम्बोधन गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपीकेआईएचएस) ले द्रुत प्रतिक्रिया टोली (आरआरटी) परिचालन गरेको छ। सयौँ कैदीबन्दीमा ज्वरो, शरीर दुख्ने, नाक बन्द हुने र श्वासप्रश्वासमा समस्या देखिएपछि प्रतिष्ठानले यस्तो कदम चालेको हो। प्रारम्भिक अनुसन्धानका आधारमा भाइरल सङ्क्रमणको आशङ्का गरिएको छ। भदौ १८ गते साँझ ७ बजे कारागारमा देखिएको समस्याबारे जानकारी पाएलगत्तै अस्पताल निर्देशकको अध्यक्षतामा ९ सदस्यीय आरआरटी खटाइएको सह–प्रवक्ता डा. अभिजीत कुमारले विज्ञप्ति मार्फत जानकारी दिएका छन्। टोलीमा मेडिसिन, इमर्जेन्स

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 517 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • चतरा अस्पतालको वार्षिक नीति, कार्यक्रम र बजेट सार्वजनिक

    वराहक्षेत्र/ वराहक्षेत्र नगरपालिका–२ स्थित चतरा अस्पतालले आर्थिक वर्ष २०८२/८३ को वार्षिक नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ। अस्पताल परिसरमै आयोजित कार्यक्रममा कोशी प्रदेशसभा सदस्य ममता तामाङ प्रमुख अतिथि रहिन् भने नगरप्रमुख रमेश कार्की, उपप्रमुख नन्दकुमारी सुनुवार, जनप्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि तथा सरोकारवालाको उपस्थितिमा कार्यक्रम सम्पन्न भयो। कार्यक्रममा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं. २ का अध्यक्ष होमप्रसाद गौतमले अध्यक्षता गरेका थिए। उपाध्यक्ष प्रदीप बस्नेतले गत वर्षको आर्थिक प्रतिवेदन, प्रगति विवरण, आगामी योजना तथा रणनीति प्रस्तुत गरेका थिए।

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 504 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पशुमा लम्पी स्किन रोगले किसान पीडित

    मोरङ/ पशुमा देखिएको लम्पी स्किन रोगका कारण पूर्वी मोरङका किसान पीडित भएका छन् । यस रोगले गाईलाई बढी प्रभावित बनाएको किसानहरूले बताएका छन् ।जेठको अन्तिम हप्ता बाट सुरु भएको यो महामारी अझै नियन्त्रणमा आउन सकेको छैन् । लम्पी स्किन रोग गाईहरूमा बडी देखिएपछि दूधको उत्पादनमा पनि कमी आएको छ भने गाई र साना बाछाको मृत्युदर वडी रहेको छ । यो रोगलाई समयमा नियन्त्रण नगरे गाई पालन व्यवसायमै ठुलो नोक्सानी हुने पशु चिकित्सकले बताएका छन् ।जेठको अन्तिम हप्ता देखि नै मोरङका गाईमा लम्पी स्किनको लक्षण देखिएको थियो । असारको अन्तिम सातातिर मोरङका अधिकांश पालिकामा यो रोग फैलिएको थियो ।विभिन्न पालिकाले यो रोग

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 476 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झुम्का कारागारमा तीन जनाको मृत्यु,१३ जना उपचाररत

    धरान/सुनसरीको झुम्का कारागारमा भाइरल सङ्क्रमण भएको छ । यस बीचमा दीर्घरोघ भएका तीन जना कैदीबन्दीको ज्यान गएको सुनसरी प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार उच्च ज्वरो, श्वासप्रश्वासमा समस्या र बान्ता हुने जस्ता लक्षण देखिएपछि उपचारका क्रममा उनीहरुको ज्यान गएको हो । तर बाहिर हल्ला भएजस्तो कारागारमा ठूलै महामारी भने नआएको सुनसरीका डीएसपी योगेश खतिवडाले जानकारी दिए । उहाँका अनुसार ज्यान गुमाउनेमा ४६ वर्षीय जलेश्वर यादव, ४८ वर्षीय रामदेव उराव र २४ वर्षीय सागर राई छन् । ३/४ दिन अघिदेखि कैदीबन्दीहरुमा भाईरल सङ्क्रमण देखिएको हो । झन्डै एक हजार सात सयको हाराहारीमा कैदीबन्दी

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 669 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा मलद्वारमा लुकाएर ब्राउनसुगर ओसार्दै गरेका दुई युवक पक्राउ

    सुनसरी/मलद्वारभित्र ब्राउनसुगर  लुकाएर ओसारपसार गर्ने क्रममा दुई युवक सुनसरीमा पक्राउ परेका छन्।  जिल्ला सुनसरीमा प्रहरीले छुट्टाछुट्टै अपरेशनमार्फत दुई युवकलाई पक्राउ  गरेको छ। इनरुवा–४ बसचोकमा नियन्त्रण बुधबार दिउसो ०३ बजेतिर जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी चौकी बसपार्कबाट खटिएको टोलीले ईनरुवा–८ बस्ने ३० वर्षीय दशरथ खवासलाई पक्राउ गरेको हो। लौकहीबाट झुम्कातर्फ पैदल जाँदै गरेका उनको साथबाट प्रहरीले ३.४६ ग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ। लौकहीमा मलद्वारभित्र लुकाएको अवस्थामा बरामद साेहिदिन कोशी गाउँपालिका–१ लौकहीचोकमा शंकास्पद ढंगल

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 760 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा दुई युवक लागूऔषधसहित पक्राउ

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–६ सेहरा खोलामा प्रहरीले लागूऔषधसहित दुई युवकलाई पक्राउ गरेको छ। मंगलबार सांझ विशेष सूचनाका आधारमा प्रहरी चौकी पानबारीबाट खटिएको टोलीले को २७ प १६२ नम्बरको मोटरसाइकललाई शीतलचोकतर्फ आउँदै गर्दा रोकी जाँच गर्दा लागूऔषधस ट्याब्लेट फेला परेको प्रहरीले जनाएको छ। मोटरसाइकल चालक धरान ०६ का ३२ वर्षीय शीर्षक राई र पछाडि सवार २९ वर्षीय ओमबहादुर भुजेललाई खानतलासी गर्दा भुजेलको आर्मी कलरको झोलाभित्र लुकाइ ल्याइएका ४४० क्याप्सुल ट्रामाडोल र ४४० ट्याब्लेट डिकोलिक बरामद गरिएको प्रहरीले जनाएको छ। बरामद लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 917 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भोजपुरमा ८ हजार गाँजाका बोट र बेर्ना नष्ट

    भोजपुर/ कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियान अन्तर्गत भोजपुरमा करिब ८ हजार गाँजाका बोट तथा बेर्ना नष्ट गरिएको छ। प्रहरीले डाँडा–पाखामा अबैध रुपमा लगाइएका तथा प्राकृतिक रुपमा आफैं उम्रिएका गाँजाका बोट फडानी गर्ने क्रममा, यस साता मात्र हतुवागढी र आमचोक गाउँपालिकाका विभिन्न वडामा करिब ४३ रोपनी क्षेत्रफलमा फैलिएका ४ हजार २ सय बोट र ३ हजार ८ सय बेर्ना नष्ट गरेको हो। यो अभियानमा इलाका प्रहरी कार्यालय घोडेटार, बोयाङ, प्रहरी चौकी हसनपुर तथा अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएका प्रहरी टोली संलग्न थिए। जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसा

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 562 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बीपी क्याम्प लथालिंग: विरामीले पाउँदैनन् स्टेचर र ह्विलचेयर

    धरान/ धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान दक्षिण एसियाकै उत्कृष्ट अस्पतालको रुपमा लिइन्छ । यो अस्पताल उपचारका लागि मात्र हैन चिकित्कसम्बन्धी पठनपाठनसँगै  रोगको खोज अनुन्धान गर्ने स्थलको रुपमा लिइन्छ । तर यही अस्पतालको उपचार विधि भने लथालिंग छ, उपचारका लागि चाहिने अत्यावश्यक सामाग्री समेत सहज रुपमा नपाइदा विरामीले सास्ती भोग्नु परेको छ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका शैक्षिक गतिविधिका लागि नेपालका मात्र हैन भारत तथा वंगलादेशका विद्यार्थी आउने गर्छन् । यस्तै उपचारका लागि पनि कोशी प्रदेश तथा अन्य प्रदेशसँगै भारतबाट समेत आउने गर्छन् तर यही अस्पता

    • प्रकाशित मितिः भदौ १८, २०८२
    • 723 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • आमा छोरा मृत,७ महिने शिशु गंभीर 

    सिरहा/ मधेस प्रदेशको सिरहामा आमा छोरा मृत अवस्थामा फेला परेका छन ।   लहान नगरपालिका–१, मटिअर्वास्थित डेरामा बस्दै आएकी एक महिला र उनको छोरा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।  सोही कोठाबाट सात महिने शिशुलाई भने गम्भीर अवस्थामा जीवितै उद्धार गरिएको छ।   प्रहरीका अनुसार २३ वर्षीया रन्जिता चौधरी र उनका ५ वर्षीय छोरा एरोन चौधरी मंगलबार बिहान आफ्नै कोठामा मृत भेटिएका हुन्।   कोठाबाट दुर्गन्ध फैलिएपछि छिमेकीहरूले प्रहरीलाई खबर गरेका थिए। घटनास्थल पुगेको प्रहरी टोलीले रन्जितालाई अस्वाभाविक अवस्थामा र बालक एरोनलाई ओछ्यानमा मृत फेला पारेको थियो।   इल

    • प्रकाशित मितिः भदौ १७, २०८२
    • 546 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved