धरान/सुनसरीको हरिनगरामा ठूलो परिमाणको लागूऔषधसहित दुई जना पक्राउ परेका छन्। विशेष सूचनाको आधारमा गरिएको प्रहरी चेकजाँचका क्रममा उनीहरूबाट १२ हजार पिस ट्रामाडोल ट्याब्लेट बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय हरिनगरा र सुरक्षा प्रहरी बेस क्याम्प बसन्तपुरबाट खटिएको संयुक्त टोलीले देवानगंज–हरिनगरा सडक खण्डमा चलिरहेको प्र.१–०२–००४ ह.८३३५ नम्बरको सिटी सफारी रोकी चेकजाँच गर्दा औषधि फेला परेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त सिटी सफारीमा लुकाएर राखिएको ट्रामाडोल १२०० पत्ता (१२,००० ट्याब्लेट) बरामद गरिएको हो। सोही सवारी साधनका चालक, हरिनगरा गाउँपालिका–५ का १५ वर्षीय
सुनसरी/धरानका दुई युवा बराहक्षेत्र नगरपालिका–५ कालाबन्जार चौकमा नक्कली पेस्तोल र फलामको तलवारसहित प्रहरीको फन्दामा परेका छन् । मिति २०८२ साल कात्तिक १३ गते अपराह्न करिब ३ बजे प्रहरी चौकी भरोलबाट प्रहरी निरीक्षक डम्मर गौतमको कमाण्डमा खटिएको टोलीले धरानबाट कालाबन्जारतर्फ आउँदै गरेको को ८ प ९५५६ नम्बरको मोटरसाइकललाई शंकास्पद ठानी रोकेर चेकजाँच गर्दा उनीहरू पक्राउ परेका हुन् । पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–५ का २१ वर्षीय बिमल बरैलि (अंकु) र २७ वर्षीय रबिन्द्र सैल्यो रहेका छन् । उनीहरूको साथबाट नक्कली प्लास्टिकको पेस्तोल १ थान, सानो फलामको तलवार १ थान, उक्त तलवारको खोला र स्क्रि
सुनसरी । लागूऔषध ओसारपसार तथा कारोबारमा संलग्न रहेको सूचनाका आधारमा प्रहरीले एक व्यक्तिलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार मिति २०८२ साल कार्तिक १२ गते दिउँसो करिब ३ बजेको समयमा इनरुवा नगरपालिका–४ बसचोकस्थित क्षेत्रमा विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्क, इनरुवाबाट संयुक्त टोली खटिएको थियो । सोही क्रममा पश्चिमबाट पूर्वतर्फ पैदल गइरहेका संखुवासभा जिल्ला धर्मदेव नगरपालिका–४ बस्ने ३७ वर्षीय ओमनाथ घिमिरेलाई रोक्दै चेकजाँच गर्दा उनको साथबाट २.३६ ग्राम (दुई ग्राम तीन सय साठ्ठी मिलिग्राम) ब्राउन सुगर फेला परेको प्र
धरान/सुनसरीको धरान उपमहानगरपालिका–१५ भानु मार्गमा लागूऔषध कारोबारमा संलग्न एक युवक पक्राउ परेका छन् । बुधबार राति करिब ९ बजे विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको टोलीले शंका लागेका एक युवामाथि चेकजाँच गर्दा लागूऔषधसहित नियन्त्रणमा लिएको हो । प्रहरीका अनुसार धरान उपमहानगरपालिका–५ बस्ने २१ वर्षीय रेहान लिम्बुको साथबाट स्पाइस ८६ पिस, डिकोलिक ७२ पिस र ट्रामाडोल १५९ पिस फेला परेका हुन् । उनी महादेव चौकबाट श्यामचोकतर्फ पैदल आइरहेका बेला पक्राउ परेका थिए । पक्राउ परेका लिम्बु र बरामद लागूऔषध इलाका प्रहरी कार्यालय धरानमा बुझाइएकाले थप अनुसन्धान भइरहेको प्रहरीले ज
झापा/झापाको दमक नगरपालिका–२ पाङ्गिनी चोकस्थित भित्री सडकखण्डमा मङ्गलबार राति भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन्। मंगलबार राति करिब ११:५५ बजे दमकबाट मोरङको टाडी तर्फ जाँदै गरेको बा २ ख १९८३ नम्बरको यात्रुबस अनियन्त्रित भई सडक किनारको नालीमा पल्टिँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। बसमा करिब ३५ जना सवार थिए। दुर्घटनामा मोरङ मिक्लाजुङ गाउँपालिका–३ का ३६ वर्षीय भीमबहादुर मगरको मृत्यु भएको छ। उनलाई उपचारका क्रममा खरखरेस्थित आम्दा अस्पतालमा डाक्टरले राति १२:२८ बजे मृत घोषित गरेका थिए। सोही बसमा सवार २१ जना यात्रु घाइते भएका छन्। घ
झापा/भारतबाट नेपालतर्फ लागुऔषध ल्याउँदै गरेका दुई जना झापाको गौरीगञ्ज प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार साँझ करिब ४ः३० बजे गौरीगञ्ज गाउँपालिका–५ फत्तेपुर बोर्डर नजिकैबाट गस्तीमा खटिएको इलाका प्रहरी कार्यालय गौरीगञ्जको टोलीले दमक नगरपालिका–३ का २७ वर्षीय निमा दोर्जी तामाङ र सोही ठाउँका ३८ वर्षीय सुकबहादुर राईलाई शंकास्पद देखिएपछि चेकजाँच गरेको थियो । जाँचका क्रममा तामाङको साथबाट ब्राउन सुगर लिसिलो पदार्थ प्लास्टिकसहित करिब ५ ग्राम १५० मिलिग्राम र प्लास्टिक बाहेक ४ ग्राम ११० मिलिग्राम फेला परेको प्रहरीले जनाएको छ । उनीहरूलाई आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय गौरीगञ्
झापा/ झापा दमक नगरपालिका–९ शान्तिचोकमा लागुऔषध बिक्री वितरण गर्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन्। गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले सोमबार साँझ करिब ७ बजे मे १ ह ७०६५ नम्बरको सिटी सफारी रोक्काई जाँच गर्दा चालक वर्ष ३६ का मनोज धिमालको सवारी साधनबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोइन लिसाईलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ। सिटी सफारीको सिटमुनि लुकाइ राखिएको अवस्थामा प्लास्टिकसहित १२ ग्राम २० मिलिग्राम र प्लास्टिकबाहेक ६ ग्राम गरी जम्मा १८ ग्रामभन्दा बढी लागुऔषध बरामद गरिएको हो। साथै, घटनास्थलबाट विभिन्न दरका नेपाली नगद १८ हजार रुपैयाँ र एउटा
नयाँ दिल्ली/ बङ्गालको खाडीमा सक्रिय समुद्री आँधी ‘मोन्था’ थप शक्तिशाली बन्दै गम्भीर चक्रवाती आँधीमा परिणत हुने भारतीय मौसम विभाग (आईएमडी)ले चेतावनी दिएको छ। आईएमडीका अनुसार यो आँधी मंगलबार साँझ वा राति आन्ध्र प्रदेशको काकीनाडा नजिकै मछलीपट्टनम र कलिंगपट्टनमबीचको तट पार गर्ने सम्भावना छ। त्यतिबेला हावाको वेग ९० देखि १०० किलोमिटर प्रतिघण्टासम्म पुग्ने अनुमान गरिएको छ। मोन्थाको प्रभावका कारण तमिलनाडुका केही भागमा भारी वर्षा हुने सम्भावना छ भने आन्ध्र प्रदेश र ओडिशाका तटीय क्षेत्रमा समेत सतर्कता अपनाउन आईएमडीले अलर्ट जारी गरेको छ। विभागले सोमबार जारी गरेको पूर्वानुमानअनुस
झापा/शिवसताक्षि नगरपालिका–९ बैसबारीस्थित माई खोलाको बीच भागमा फेला परेको शवको पहिचान खुलेको छ । मृतक शिवसताक्षि नगरपालिका–१० फागुनन्द चोकका ५१ वर्षीय प्रेम लिवाङ रहेको पुष्टि भएको छ । (मिति २०८२ कार्तिक १० गते) साँझ करिब ४ बजेर ५० मिनेट जाँदा खोलामा डुबेको अवस्थामा शव देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय झिलझिलेलाई खबर गरेका थिए । प्रारम्भिक अनुसन्धान अनुसार मृतक लिवाङ मानसिक सन्तुलन ठीक नभएका व्यक्ति रहेको बताइएको छ । उनी बिहान करिब १० बजे ‘आफैँ खुशी हिँडेका’ भनी परिवारले जानकारी दिएको प्रहरीले जनाएको छ । मृतकको पहिचान उनकी छोरी बिनिता लिवाङ र भाइ कुमार लिवाङ (
झापा/शिवसताक्षी नगरपालिका–१० माईधार चौकमा मंगलबार बिहान साढे ४ बजेतिर रात्रि बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्। रामेछापको मन्थलीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिँदा दुर्घटना भएको हो। बसमा २५ जना सवार रहेका मध्ये १९ जना घाइते भएका छन् भने ६ जना सकुशल आफ्ना गन्तव्यतर्फ गएका छन्। घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि बिर्तासिटा अस्पताल, बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ। बस भने दुर्घटनास्थलमै रहेको र बाटो अबरुद्ध नभएको इलाका प्रहरी चौकी माईधारले जनाएको छ। दुर्घटनामा झापा मेचीनगर–६