धरानका दुई युवा नक्कली पेस्तोल र तलवारसहित बराहक्षेत्रमा पक्राउ

  • कार्तिक १४, २०८२
  • कोशीपत्र/संवाददाता
alt फाईल तस्बिर

सुनसरी/धरानका दुई युवा बराहक्षेत्र नगरपालिका–५ कालाबन्जार चौकमा नक्कली पेस्तोल र फलामको तलवारसहित प्रहरीको फन्दामा परेका छन् ।

मिति २०८२ साल कात्तिक १३ गते अपराह्न करिब ३ बजे प्रहरी चौकी भरोलबाट प्रहरी निरीक्षक डम्मर गौतमको कमाण्डमा खटिएको टोलीले धरानबाट कालाबन्जारतर्फ आउँदै गरेको को ८ प ९५५६ नम्बरको मोटरसाइकललाई शंकास्पद ठानी रोकेर चेकजाँच गर्दा उनीहरू पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–५ का २१ वर्षीय बिमल बरैलि (अंकु) र २७ वर्षीय रबिन्द्र सैल्यो रहेका छन् ।

उनीहरूको साथबाट नक्कली प्लास्टिकको पेस्तोल १ थान, सानो फलामको तलवार १ थान, उक्त तलवारको खोला र स्क्रिन टच मोबाइल १ थान बरामद भएको प्रहरीले जनाएको छ ।

दुवै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि प्रहरी चौकी भरोलमा राखिएको छ । बराहक्षेत्र–५ कालाबन्जार चौक घटनास्थल प्रहरी चौकी भरोलबाट करिब ५०० मिटर पूर्व–उत्तर दिशामा पर्ने जनाइएको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved