धरानमा लागूऔषधसहित युवक पक्राउ

  • कार्तिक १३, २०८२
  • कोशीपत्र/संवाददाता
alt

धरान/सुनसरीको धरान उपमहानगरपालिका–१५ भानु मार्गमा लागूऔषध कारोबारमा संलग्न एक युवक पक्राउ परेका छन् ।

बुधबार राति करिब ९ बजे विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी श्यामचोकबाट खटिएको टोलीले शंका लागेका एक युवामाथि चेकजाँच गर्दा लागूऔषधसहित नियन्त्रणमा लिएको हो ।

प्रहरीका अनुसार धरान उपमहानगरपालिका–५ बस्ने २१ वर्षीय रेहान लिम्बुको साथबाट स्पाइस ८६ पिस, डिकोलिक ७२ पिस र ट्रामाडोल १५९ पिस फेला परेका हुन् ।

उनी महादेव चौकबाट श्यामचोकतर्फ पैदल आइरहेका बेला पक्राउ परेका थिए ।

पक्राउ परेका लिम्बु र बरामद लागूऔषध इलाका प्रहरी कार्यालय धरानमा बुझाइएकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved