झापामा रात्रि बस दुर्घटना, १९ जना घाइते

  • कार्तिक ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt

झापा/शिवसताक्षी नगरपालिका–१० माईधार चौकमा मंगलबार बिहान साढे ४ बजेतिर रात्रि बस दुर्घटना हुँदा १९ जना घाइते भएका छन्।

रामेछापको मन्थलीबाट काँकडभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ क ४२०९ नम्बरको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल पल्टिँदा दुर्घटना भएको हो।

बसमा २५ जना सवार रहेका मध्ये १९ जना घाइते भएका छन् भने ६ जना सकुशल आफ्ना गन्तव्यतर्फ गएका छन्।

घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि बिर्तासिटा अस्पताल, बिर्तामोड पठाइएको प्रहरीले जनाएको छ। बस भने दुर्घटनास्थलमै रहेको र बाटो अबरुद्ध नभएको इलाका प्रहरी चौकी माईधारले जनाएको छ।

दुर्घटनामा झापा मेचीनगर–६ का ३९ वर्षीय चालक राजु भुजेल टाउकोमा चोट लागेर घाइते भएका छन्। साथै रामेछाप, झापा र दोलखाका विभिन्न क्षेत्रका यात्रुहरू पनि घाइते भएका छन्।

घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको बताइएको छ। प्रहरीका अनुसार बसमा सवार ६५ वर्षीय अम्बर बहादुर बुढाथोकी, १७ वर्षीया इक्षा लिम्बु, ३५ वर्षीय भीमप्रसाद पुरी, २० वर्षीय रबिलाल गनेश, २१ वर्षीया परिना गनेश, ९ वर्षका एलोन कार्की लगायतका यात्रुहरू घाइते भएका हुन्।

सडकमा अवरोध नभए पनि दुर्घटनाको विस्तृत अनुसन्धानका लागि प्रहरी टोली माईधार चौकीबाट खटिएको प्रहरीले जनाएको छ

ऐन संशोधनका लागि खबर ...

काठमाण्डौं/ सरकारले विधेयक मार्फत ल्याउन लागेको सव ...

ऐतिहासिक विजयपुरमा व ...

धरान/ ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विजयपु ...

सामूहिक राजीनामाबीच ...

धरान/ धरानका पुर्व मेयर तथा प्रतिनिधी सभाका सामसद ...

मलद्वारमा लुकाएर ल्य ...

झापा/ भारतबाट नेपालतर्फ लागूऔषध भित्र्याउने प्रयास ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved