झापा/शिवसताक्षि नगरपालिका–९ बैसबारीस्थित माई खोलाको बीच भागमा फेला परेको शवको पहिचान खुलेको छ ।
मृतक शिवसताक्षि नगरपालिका–१० फागुनन्द चोकका ५१ वर्षीय प्रेम लिवाङ रहेको पुष्टि भएको छ ।
(मिति २०८२ कार्तिक १० गते) साँझ करिब ४ बजेर ५० मिनेट जाँदा खोलामा डुबेको अवस्थामा शव देखेपछि स्थानीयले इलाका प्रहरी कार्यालय झिलझिलेलाई खबर गरेका थिए ।
प्रारम्भिक अनुसन्धान अनुसार मृतक लिवाङ मानसिक सन्तुलन ठीक नभएका व्यक्ति रहेको बताइएको छ ।
उनी बिहान करिब १० बजे ‘आफैँ खुशी हिँडेका’ भनी परिवारले जानकारी दिएको प्रहरीले जनाएको छ ।
मृतकको पहिचान उनकी छोरी बिनिता लिवाङ र भाइ कुमार लिवाङ (फोन नं. ९८०७९०३७८४) ले गरेका हुन् । शवको कानुनी प्रक्रिया पूरा गरी साँझ ६ बजेर ३५ मिनेटमा पोस्टमार्टमका लागि दमक अस्पताल पठाइएको इलाका प्रहरी कार्यालय झिलझिलेले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।