दमकमा खैरो हिरोइनसहित एक युवक पक्राउ

  • कार्तिक ११, २०८२
  • कोशीपत्र/संवाददाता
alt फाइल तस्बिर

झापा/ झापा दमक नगरपालिका–९ शान्तिचोकमा लागुऔषध बिक्री वितरण गर्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन्।

गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमकबाट खटिएको टोलीले सोमबार साँझ करिब ७ बजे मे १ ह ७०६५ नम्बरको सिटी सफारी रोक्काई जाँच गर्दा चालक वर्ष ३६ का मनोज धिमालको सवारी साधनबाट प्रतिबन्धित लागुऔषध खैरो हिरोइन लिसाईलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।

सिटी सफारीको सिटमुनि लुकाइ राखिएको अवस्थामा प्लास्टिकसहित १२ ग्राम २० मिलिग्राम र प्लास्टिकबाहेक ६ ग्राम गरी जम्मा १८ ग्रामभन्दा बढी लागुऔषध बरामद गरिएको हो। साथै, घटनास्थलबाट विभिन्न दरका नेपाली नगद १८ हजार रुपैयाँ र एउटा मोबाईलसमेत बरामद गरिएको प्रहरीले जनाएको छ।

पक्राउ परेका धिमाललाई सिटी सफारी र बरामद सामानसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय दमकमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

घरेलु विवादको भयावह ...

झापा/ झापाको दमकमा श्रीमान्–श्रीमतीबीच भएको ...

वैदेशिक रोजगारीको सप ...

काठमाडौँ/ वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन द ...

बराहक्षेत्रमा बिपी स ...

बराहक्षेत्र/ नेपाली कांग्रेस वराहक्षेत्र नगर कार्यसमिति ...

हिबिस्कस बोर्डिङमा उ ...

धरान/ धरान-१५ स्थित हिबिस्कस इङ्लिस बोर्डिङ स्कुलले गर् ...

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved