स्वास्थ्य

    Showing ३९१-४०० of २,६११ items.
  • धरानबाट ब्राउन सुगर र ट्याब्लेटसहित दुई युवक पक्राउ

    सुनसरी/  धरानमा रातिको समयमा प्रहरीले गरेको विशेष अपरेसनबाट दुई युवक लागूऔषधसहित पक्राउ परेका छन्। मिति २०८२ कार्तिक २५ गते राति करिब १० बजे धरान उपमहानगरपालिका–१९ प्रगति चोकमा लागूऔषध कारोबार भइरहेको भन्ने विशेष सूचनाका आधारमा अस्थायी प्रहरी चौकी बरगाछीबाट खटिएको प्रहरी टोलीले धरानमै बसोबास गर्दै आएका २५ वर्षीय समिर बिक र २५ वर्षीय अर्जुन बिकलाई नियन्त्रणमा लिएको हो। प्रहरीले चेकजाँच र खानतलासी गर्ने क्रममा उनीहरूको साथबाट ब्राउन सुगर  २.३८ ग्राम (दुई ग्राम तीन सय असी मिलिग्राम), ट्रामाडोल ५२ क्याप्सुल र डिकोलिक ५२ ट्याब्लेट बरामद

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • ६७४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा ११ किलो गाँजासहित युवक पक्राउ

    धरान/ सुनसरीको धरान उपमहानगरपालिका–२० को कोकाहा खोलामा प्रहरीले ठूलो परिमाणको गाँजासहित एक युवकलाई नियन्त्रणमा लिएको छ। मंगलबार साँझ करिब ७:४० बजे लागूऔषध ओसारपसार भइरहेको भन्ने विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले धनकुटाबाट धरानतर्फ आउँदै गरेको प्रदेश १–०२–०५३ प ९९८२ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा झोलाभित्र गाँजा ११ किलो पदार्थ फेला पारेको हो। मोटरसाइकल चालक धनकुटा सहिदभूमि गाउँपालिका–१ का २३ वर्षीय सिद्धार्थ राईलाई उक्त गाँजा र मोटरसाइकलसहित नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको प्रहरीले जनाएको छ। घटनाबारे थप अन

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • ६३३ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • झापामा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु

    झापा/ झापाको झापा गाउँपालिका–६ शरणामतीमा ट्याक्टर दुर्घटनामा परि एक जनाको मृत्यु भएको छ। मंगलबार बिहान करिब १० बजे शरणामतीका ४५ वर्षीय सुनिल सोरेन आफैंले चलाइरहेको मे १ त ३३१६ नम्बरको ट्याक्टर निकाल्ने क्रममा दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनामा परि उनको दुवै खुट्टा र टाउकोमा गम्भीर चोट लागेको थियो। घाइते अवस्थामै उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकोमा उपचारको क्रममा सोही दिन दिउँसो ३:३० बजे उनको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालयले जनाएको छ।  

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • ३१५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा ट्रक र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु, चालक घाइते

    सुनसरी/ सुनसरीको भोक्राहा नर्सिङ गाउँपालिका–७ स्थित हुलाकी राजमार्गमा ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मिति २०८२ कार्तिक २५ गते बिहान ११:४५ बजे सप्तरीबाट हरिनगरा तर्फ जाँदै गरेको प्रदेश १–०२–००१ ख ९२०७ नम्बरको ट्रक र विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १–०२–०४१ प ४४३० नम्बरको मोटरसाइकल भुटाहा पुल नजिक ठोक्किँदा दुर्घटना भएको हो । दुर्घटनामा मोटरसाइकल चालक  ३५ वर्षीय लक्ष्मण मेहता र पछाडि सवार  करिब ४०–४५ वर्षीया रसिदा खातुन घाइते भएका थिए । उपचारका लागि बिराटनगरस्थित गोल्डेन अस्पताल पुर्‍याइएकोमा रसिदा खातुनलाई

    • प्रकाशित मितिः कार्तिक २६, २०८२
    • ४८१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा 'जेन्जी स्मारक पार्क'को शिलान्यास, मेयर साम्पाङले भने – ‘रगत होइन, पसिना बगाएर देश बन्छ’

    धरान/  धरान उपमहानगरपालिका वडा नं. ५मा 'जेन्जी स्मारक पार्क' को शिलान्यास गरिएको छ। मेयर हर्क साम्पाङ, वडाध्यक्ष मनप्रसाद लिम्बु, शहीदका परिवार तथा स्थानीयको बाक्लो उपस्थितिमा एक कार्यक्रमका बीच पार्कको शिलान्यास गरिएको हो। गत भदौ २३र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर सहादत प्राप्त गरेका विद्यार्थीहरुको स्मृतिमा उक्त स्मारक निर्माण गर्न लागिएको हो। विशेषगरी सोही घटनामा ज्यान गुमाएका धरान-५ निवासी साजन मेवाहाङको स्मृतिमा उनको वडामा नै स्मारक बनाउन लागिएको हो। शिलान्यास कार्यक्रममा शहीद साजनका दुई छोराहरु पनि उपस्थित थिए। कार्यक्रमलाई सम्बोधन गर्दै मेयर हर्क साम

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • ५३९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • प्रादेशिक अस्पतालमा श्रृंखलाबद्ध चोरी प्रकरण: तीन जना पक्राउ

    झापा/ भद्रपुरस्थित प्रादेशिक अस्पतालमा पछिल्ला दिनहरूमा भएका श्रृंखलाबद्ध चोरी घटनामा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। अस्पतालका विभिन्न वार्ड र स्टोर रुमबाट तामाको पाइपदेखि औषधीसम्म चोरी हुने क्रम बढेपछि प्रहरीले गम्भीर रूपमा निगरानी बढाउँदै सीसीटीभी फुटेजका आधारमा अभियुक्तहरूलाई पक्राउ गरेको हो। पहिलो घटनामा रन्जित घोष (३७), भद्रपुर–६ लाई अस्पतालको पुरानो भवनको सर्जिकल वार्ड बाहिर जडान गरिएको अक्सिजन सप्लाई तामाको पाइप चोरी गरेको आरोपमा मिति २०८२।०७।२४ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त घटना मिति २०८२।०७।०३ गते दिउँसो करिब १४:०० बजे

    • प्रकाशित मितिः कार्तिक २५, २०८२
    • ३१५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • कोशी प्रदेशमा अवैध गाँजा उन्मूलन अभियान तीव्र: एकै दिन ११ हजारभन्दा बढी बोट फडानी

    विराटनगर/ कोशी प्रदेशमा अवैध गाँजा खेती तथा प्राकृतिक रूपमा उम्रिएका गाँजाको बोट नष्ट गर्ने अभियान तीव्र बनेको छ। प्रदेश प्रहरी कार्यालय विराटनगरको सुरक्षा सुनिश्चितता अभियानअन्तर्गत धनकुटा र भोजपुरका विभिन्न स्थानमा ठूलो मात्रामा गाँजाका बोट फडानी गरिएको छ। कार्तिक ২৩ गते इलाका प्रहरी कार्यालय छिन्ताङबाट खटिएको टोलीले धनकुटा–शहीदभूमी गाउँपालिका–५ मा करिब ५ रोपनी क्षेत्रफलमा खेती गरिएको झण्डै १० हजार गाँजाका बोट फडानी गरी नष्ट गरेको जनाएको छ। त्यस्तै, इलाका प्रहरी कार्यालय राजारानीले धनकुटा–चौबिसे गाउँपालिका–५ डाँडाखर्कमा करिब ३ रोपनी क्षेत्रफलमा रहेको करिब ४ सय

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • ४९२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • भारतबाट लागूऔषध ल्याउँदै गरेका दुई युवा पक्राउ

    झापा/ भारतबाट लागूऔषध नेपाल ल्याउँदै गर्दा झापाको दमकका दुई जना युवा पक्राउ परेका छन्। झापा गाउँपालिका–१ सालमारा सीमा क्षेत्रमा सशस्त्र प्रहरी बल नेपाल बीओपी टाँघनडुब्बाबाट खटिएको गस्ती टोलीले उनीहरूलाई भारततर्फबाट नेपाल प्रवेश गर्ने क्रममा नियन्त्रणमा लिएको हो। सशस्त्र प्रहरी निरीक्षक प्रेमबहादुर गुरुङको कमाण्डमा खटिएको टोलीले प्रदेश १–०१–०१४ प ६९४० नम्बरको स्कुटीमा सवार दुवै युवालाई चेकजाँच गर्ने क्रममा करिब १ ग्राम ब्राउन सुगर, प्रयोग गरिएको सिरिन्ज, र नाइट्रोजनको आधा ट्याब्लेट बरामद गरेको छ। पक्राउ पर्नेहरूमा दमक–५ का २३ वर्षीय दिपेश ढकाल र दमक–१ का २७

    • प्रकाशित मितिः कार्तिक २४, २०८२
    • ५३६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानको पुनर्स्थापना केन्द्रमा निर्मम कुटपिट: युवकले गुमाए ज्यान, ९ जना पक्राउ

    सुनसरी/  धरान–११ मंगलबारेस्थित नयाँ लक्ष्य उपचार तथा पुनर्स्थापना केन्द्रमा उपचाररत एक युवकमाथि गरिएको निर्मम कुटपिटका कारण ज्यान गएको घटनाले ठूलो रहस्योद्घाटन गरेको छ। घटनामा संलग्न रहेको आरोपमा केन्द्रका सञ्चालकसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ। तेह्रथुम मेन्छ्यायेम गाउँपालिका–६ का ३३ वर्षीय खड्गबहादुर राईलाई पुनर्स्थापना केन्द्रमै पाता कसेर, कम्मरमा कम्ब्याट लगाई, हात–खुट्टा बाँधेर लडाउँदै कुटपिट गरिएको पुनर्स्थापना केन्द्रको सीसी क्यामेरा फुटेज जाँच गर्दा  देखिएकोइलाका प्रहरी कार्यालय धरानले जनाएको छ। गम्भीर घाइते भएका राईको उपचारका क्रममा ग

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • १,९६२ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • लेटाङकी अंशु गौतम हत्या प्रकरण : शव फेला परेको दुई हप्ता बित्दा पनि अनुसन्धान शून्य

    सुनसरी/ मोरङको लेटाङबाट असोज २१ गते बेपत्ता भएकी १३ वर्षीया अंशु गौतमको शव फेला परेको  दुई हप्ता पूरा भएको छ। तर प्रहरी अनुसन्धानमा कुनै ठोस प्रगति नदेखिएको कारण स्थानीय समुदाय आक्रोशित र त्रसित बनेका छन्। अंशुको शव कात्तिक ७ गते बेलबारी–चिसाङ साझेदारी वनको घना जङ्गलमा अत्यन्तै दयनीय अवस्था—टाउको र शरीर छुट्टिएको, कपडा फुकालिएको र शरीरका भागहरू छिन्नभिन्न—मा फेला परेको थियो। घटनास्थल घरबाट करिब साढे ३ किमी दूरीमा पर्छ। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पोष्टमार्टम अनुसार टाउकोमा धारिलो हतियारले प्रहार भएको र रगत जमेको पाइएकाले यही मृत्युको मुख्य कारण म

    • प्रकाशित मितिः कार्तिक २३, २०८२
    • ७४६ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved