स्वास्थ्य

    Showing 391-400 of 2,527 items.
  • वराहक्षेत्रमा चाडबाडलक्षित बजार अनुगमन ,  म्याद नाघेका बस्तुलाई नष्टसँगै व्यापारीलाई सचेतना 

    वराहक्षेत्र/ वराहक्षेत्रमा चाडबाड लक्षित गरेर नगर क्षेत्रका पसलमा नरपालिकाले अनुगमन सुरु गरिएको छ ।   खाद्यवस्तुको मूल्यमा एक रूपता नभएको , म्याद नाघेका सामाग्री बिक्री गर्न जनगुनासो बढेपछि वराहक्षेत्र नगरपालिकाले नगर क्षेत्रमा बजार अनुगमन गरेको हो । उपभोक्ताहरुको अधिकार सुनिश्चितताको लागि बजार अनुगमनलाई प्रभावकारी बनाउने योजना अनुसार बजार अनुगमन गरिएको नगरपालिकाका आर्थिक विकास शाखाका प्रमुख मातृका तिवारीले बताए ।   बजारबाट उपभोक्ताहरूले पाउनु पर्ने गुणस्तरीय बस्तु, मूल्यको एकरूपता, कानुनी प्रमाणहरू, ४० माइक्रोन भन्दा कम प्लास्टिकका झोलाको लगायतका विषयहरूमा बुधवार कोशी पुल , चतरा

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 828 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा दशैँ लक्षित बजार अनुगमन, ’फोटो सेसन’ बढी प्रभाव कम !

    धरान/ दशैंको चटारो सुरु भएसँगै धरान उपमहानगरपालिकाको बजार अनुगमन महाशाखाले बजारमा सक्रियता देखाएको छ । तर, यो सक्रियता औपचारिकता मात्रै भएको आरोप उपभोक्ताहरूबाट लाग्दै आएको छ ।धरान १ स्थित छाताचोक क्षेत्रका केही पसलमा गरिएको अनुगमनलाई धेरैले “मौसमी“ भन्दै आलोचना गरेका छन् । अनुगमनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र सुनसरी उद्योग वाणिज्य संघका प्रतिनिधिहरू समेत सहभागी थिए । तर, अनुगमनको उद्देश्यभन्दा पनि फोटो सुट गरेर भाइरल बन्ने चाहना प्रष्ट देखिएको स्थानीयको आरोप छ । अनुगमनका क्रममा आधा दर्जन जति पसलहरूमा अत्यन्तै विषालु मानिने कोलेन खाद्य सामाग्रीसँगै राखिएको पा

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 675 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • जेनजी आन्दोलन: काजक्रियामा बसेका सरदार परिवारको विजोग

    इटहरी/  जेनजी आन्दोलनका क्रममा इटहरीका मोहन सरदारको मृत्यु भएको दुई हप्ता हुँदा सम्म राज्यद्धारा सहयोग गरेको छैन । मृतक परिवारजले सरकारको कुनै पनि निकायले सहयोग नगरेको परिवारले गुनासो गरेका छन् । काजक्रियामा वसेका सरदार परिवारको विजोग भएको छ ।आन्दोलनका क्रममा मृत्यु भएका परिवारलाई काज किरिया सहितको राहत दिने सरकारले घोषणा गरेको थियो । तर हाल सम्म कुनै पनि सहयोग नपाएको मृतक मोहन सरदारका दाजु गवनलाल सरदारले जानकारी दिए । मृतकका दाजु सरदारले भने,‘सरकारले कुनै सहयोग दिएको छैन, कुनै सरकारी मान्छे भेट्न आएको छैन ।’उनका अनुसार सङ्घीय, प्रदेश वा स्थानीय सरकारका कुनै पनि व्यक्ति

    • प्रकाशित मितिः असोज ८, २०८२
    • 387 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुतिरहेको बेलामा खुकुरी प्रहार गरी हत्या, दुई पक्राउ

    झापा/  झापाको बिर्तामोड नगरपालिका–७ खालबाडीमा सुतेकै अवस्थामा धारिलो हतियार प्रहारबाट ३५ वर्षीय फुर्वा तामाङको हत्या भएको छ। तामाङलाई स्थानीय २८ वर्षीय प्रेमकुमार राई र उनका दाजु ३३ वर्षीय रामकुमार राईले खुकुरी र बसिला प्रहार गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। हत्या गर्ने दुवै जनालाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएका छन्। घटनामा प्रयोग भएका धारिलाे हतियार समेत प्रहरीले बरामद गरेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 1,116 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बालक अपहरणपछि हत्या : ८ जना आफन्त प्रहरीकाे नियन्त्रणमा

    सिराहा/  सिराहाको गोलबजार नगरपालिका–१३ का १५ वर्षीय अभिषेक सिंहको अपहरणपछि हत्या गरिएको घटनामा अपहरणकर्ताले ५ करोड रुपैयाँ फिरौती मागेको तथ्य खुलेको छ। अभिषेक आइतबार रातिदेखि बेपत्ता रहेका उनको शव मंगलबार बिहान घर नजिकै फेला परेको जिल्ला प्रहरी कार्यालय सिरहाका एसपी अनन्त राम शर्माले जानकारी दिए। प्रहरीका अनुसार परिवारलाई “छोरा अपहरणमा परेको” भन्दै मेसेज पठाई ५ करोड फिरौती मागिएको थियो। घटनामा संलग्न हुन सक्ने आशंकामा ७–८ जना आफन्तलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ। ७ वर्षअघि बुबा सञ्जय सिंहको करेन्ट लागेर मृत्यु भएपछि अभिषेक परिवारको

    • प्रकाशित मितिः असोज ७, २०८२
    • 442 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना घाइते

    मकवानपुर/ पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौंडा–१९ दारिमटारमा तीन वटा सवारीसाधन आपसमा ठोक्किँदा ३१ जना घाइते भएका छन्। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार तेल बोकेको ट्याङ्कर, मालबाहक ट्रक र यात्रुवाहक बस ठोक्किँदा ठूलो दुर्घटना भएको हो। घाइते सबैलाई तत्काल उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको प्रहरी प्रवक्ता डिएसपी श्यामु अर्यालले जानकारी दिएका छन्। दुर्घटनास्थलमा प्रहरीको टोली खटिएको छ भने घटनाको विस्तृत विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 469 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानमा धारिलो हतियार आक्रमण, दुईजना गम्भीर घाइते – एक खुकुरीसहित पक्राउ

    धरान/धरान उपमहानगरपालिका–१७ मा धारिलो हतियार प्रहारका घटनामा दुईजना गम्भीर घाइते भएका छन् भने एक आक्रमणकारी खुकुरीसहित पक्राउ परेका छन्। इलाका प्रहरी कार्यालय धरानका अनुसार, असोज ५ गते राति करिब ८ बजेर १० मिनेटमा धरान–१७ बस्ने २० वर्षीय निशान राईमाथि आफ्नै घरमा सुतिरहेको अवस्थामा धारिलो हतियार प्रहार भएको हो। आक्रमणमा धरान–१७ का २१ वर्षीय ओबिन राई, सुजन तामाङ, धरान–११ का बोबो लिम्बु र ‘हडबडे’ संलग्न भएको प्रहरीले जनाएको छ। उनीहरु मोटरसाइकलमा आएका थिए र आक्रमणपछि फरार भएका थिए। गम्भीर घाइते निशानलाई प्रहरी टोलीले तत्काल उद्धार गरी बीपी कोइराला स्वास्थ्य वि

    • प्रकाशित मितिः असोज ६, २०८२
    • 1,257 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • निर्माण कम्पनीको लापरबाहीले बिग्रीयो ‘कुल बुट’ कुहियो किवी: लगानी स्वाहा

    इलाम/ माइजोगमाई ५ सिरिसेका जीवन बुढाथोकीले कृषि ज्ञान केन्द्रको दश लाख अनुदान सहयोगमा शीत भण्डार गृह (कुल बुट) बनाए । आफ्नो बुढाथोकी कृषि तथा पशुपंक्षि फर्मको तीन लाख ३४ हजार थप लगानी गरेर बनाएको कुल बुट सञ्चालन गरी किवी भण्डार गर्ने उनको योजना रहेको थियो । २०७९ चैत्रमा कुल बुट बनाएका उनले आफ्नो बारीमा उत्पादन भएको किवी र अन्य गाउँको समेत भेला गरेर कुल बुटमा राखे । तर लाखौँ लगानीमा बनाएको कुल बुट मा मेसिनले चिसो हावा फाल्नुको साटो तातो हावा फाल्न थाल्यो । भण्डारण गरी राखिएको किवी बिग्रियो । किवी फल बिग्रन थालेपछि कोसेलीको रूपमा बाँडेर सकिएको फर्मकी रुपा बुढाथोकी बताउँछिन् । आफ्नो बारीम

    • प्रकाशित मितिः असोज ५, २०८२
    • 926 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ५३८ किलो गाँजा बरामद, चालक फरार

    विराटनगर/ विराटनगरबाट बिहीबार राति प्रहरीले ठूलो मात्रामा गाँजा बरामद गरेको छ। मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार विराटनगर–८ यादवचोक नजिक भातीगछतर्फ जाने सडक किनारमा बेवारिसे अवस्थामा फेला परेको प्रदेश १–०२–००१ च १६६६ नम्बरको कारभित्र ५३८ किलो गाँजा भेटिएको हो। बिहीबार राति करिब १०:१५ बजे प्रहरीले नियन्त्रणमा लिएको कार तलासी गर्दा १५ बोरा गाँजा फेला परेको थियो। कार छाडेर चालक फरार भएका कारण उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। बरामद गाँजा भारततर्फ लैजान खोजिएको हुनसक्ने प्रारम्भिक अनुमान छ। कारसहित गाँजा नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान अगाडि

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 597 पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बलात्कारपछि हत्या गर्ने मुख्य आरोपी पक्राउ

    खोटाङ/ खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ की २७ वर्षीया रेस्मिका सिवा परियारको सामूहिक बलात्कारपछि हत्या गरिएको पुष्टि भएको छ । सहकारीको काम सकेर सोमबार साँझ घर फर्कंदै गरेकी रेस्मिकामाथि ५–६ जनाको समूहले आक्रमण गरी सामूहिक बलात्कारपछि हत्या गरेको खुलेको हो । खोटाङ प्रहरी प्रमुख डीएसपी प्रकाश बुढाथोकीका अनुसार घटनामा संलग्न भएको आरोपमा रेस्मिकाका छिमेकी २९ वर्षीय दीपक सार्कीलाई पक्राउ गरिएको छ । सार्की मुख्य अभियुक्त रहेको प्रहरीको प्रारम्भिक बुझाइ छ ।प्रारम्भिक अनुसन्धानका क्रममा उनले घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको भनेर प्रहरीलाई नाम टिपाएका छन् । बाँकी फर

    • प्रकाशित मितिः असोज ३, २०८२
    • 739 पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved