स्वास्थ्य

    Showing ३५१-३६० of २,६११ items.
  • वराहक्षेत्र नगर अस्पतालबाट बिशेषज्ञ सहितको दन्त सेवा सुरु , सेवा बढाउदै अस्लताल ग्रामिण क्षेत्रका नागरिकलाई सुविधा

    वराहक्षेत्र/सुनसरीको वराहक्षेत्र नगरपालिकामा रहेको वराहक्षेत्र नगर अस्पतालले विशेषज्ञ सहितको दन्त सेवा सुरु गरेको छ । नगर अस्पतालले सुरु गरेको बिशेषज्ञ सहितको दन्त सेवाको अस्पताल सञ्चालन समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख रमेश कार्कीले उद्घाटन गरेका छन् ।  शुक्रवार भएको दन्त सेवाको उद्घाटन कार्यक्रममा नगर उपप्रमुख तथा अस्पताल सञ्चालन समितिका उपाध्यक्ष नन्दकुमारी सुनुवार , प्रमुख प्रशासकीय अधिकृत गणेश बहादुर कटुवाल , वडा नं ६ का अध्यक्ष उद्बव प्रसाद पोखरेल , वडा नं ७ का अध्यक्ष कपिल आचार्य , अस्पताल सञ्चालन समितिका सदस्य अनु गुरुङ्ग , रत्न बहादुर राउत , नगर स्वास्थ्य शाखाका प्रमुख रन्

    • प्रकाशित मितिः मंसिर १९, २०८२
    • ५७० पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • महेन्द्रनगर स्वास्थ्य चौकी अब नयाँ आधुनिक भवनबाट सेवा विस्तार, वराहक्षेत्रवासीलाई सहज स्वास्थ्य सेवा

    सुनसरी/ वराहक्षेत्र नगरपालिका–६, चक्रघट्टीस्थित महेन्द्रनगर स्वास्थ्य चौकी अब नवनिर्मित आधुनिक भवनबाट विस्तारिएको सेवासहित सञ्चालनमा आएको छ। साकेला पार्कअगाडिको साझा भवन परिसरमा बनेको नयाँ संरचनाको रिबन काट्दै नगर प्रमुख रमेश कार्कीले स्वास्थ्य सेवाको औपचारिक शुभारम्भ गरेका हुन्। नेपाल सरकारको खानेपानी तथा ढल व्यवस्थापन विभागअन्तर्गत मझौला र साना शहरहरुमा खानेपानी, सरसफाइ तथा स्वास्थ्य पहलमार्फत कोभिड–१९ रोकथाम तथा नियन्त्रण कार्यक्रमले निर्माण गरेको सामुदायिक बहुउद्देश्यीय भवन ७६० वर्गमिटर क्षेत्रफलमा फैलिएको आधुनिक संरचना हो। १६ बेड क्षमताका दुई कोठासहित प्रशासनिक कक्ष, नर्सिङ

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • ५०८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • धरानबाट दुई युवा लागू औषधसहित पक्राउ

    धरान/  विशेष सूचनाका आधारमा अस्थायी प्रहरी बिट जोरसखुवाबाट खटिएको टोलीले धरान–१६ नौलोबस्ती क्षेत्रमा जारी लागू औषध ओसारपसारको गतिविधि रोक्न छापा मार्दा दुई युवालाई ठूलो परिमाणको नशालाग्दासहित नियन्त्रणमा लिएको छ। प्रहरीले धरान–१६ का २७ वर्षीय दिल कुमार राईको साथबाट ट्रामाडोल ६१ र स्पासपेन ६१ गरी कुल १२२ ट्याब्लेट फेला पारेको छ। त्यस्तै, धरान–१३ का २७ वर्षीय सागर भुजेलको साथबाट ट्रामाडोल ७७ र स्पासपेन ७७ गरी १५४ ट्याब्लेट बरामद गरिएको छ। दुबै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय धरानमा ल्याइएको प्रहरीले जनाएको छ। घटनासम्बन्धी थप अनुसन्धान जारी छ।

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • ४५७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुन्दरहरैंचामा अपाङ्गता भएका दुई जनालाई व्हीलचेयर

    सुन्दरहरैंचा/  मोरङको सुन्दरहरैंचा नगरपालिका - ६ मा अपाङ्गता भएका दुई जनालाई व्हीलचेयर वितरण गरिएको छ।    गणेश लीला आधारभूत स्वास्थ्य केन्द्रमा आयोजित एक कार्यक्रममा सुन्दरहरैंचा डिपु टोल निवासी मान बहादुर राई र हाम्रो टोल विकास संस्थाका टंक बहादुर श्रेष्ठलाई ह्वील चेयर वितरण गरिएको कार्यक्रमका अध्यक्ष तथा समाजसेवी मान बहादुर श्रेष्ठले जानकारी दिए। अध्यक्ष तथा समाजसेवी श्रेष्ठ तथा धन बहादुर याम्फु राईको पहलमा स्पाइनल इन्जुरी संघ कोशी प्रदेशका अध्यक्ष बिक्रम घिमिरेबाट प्राप्त व्हीलचेयर वितरण गरिएको हो।    कार्यक्रमका प्रमुख अतिथि इन्जिनियर खड्ग बहादुर बस्नेतले अपाङ

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • ३१५ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • मन्त्री सुधा गौतम धरानमा : अस्पतालहरुको अवस्थामाथि प्रत्यक्ष चासो

    धरान/ स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा गौतम काठमाडौँ र लुम्बिनीका संघीय अस्पतालहरुको निरीक्षण सकेर मंगलबार धरान आइपुगेकी छन्। धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पुगेकी मन्त्री गौतमको उद्देश्य आगामी काठमाडौँमा बस्ने सिनेट बैठकका तयारी र संस्थागत अवस्थाबारे प्रत्यक्ष जानकारी लिन रहेको उनले बताइन्। अस्पतालको सञ्चालनदेखि कर्मचारीको कार्य वातावरणसम्म प्रत्यक्ष अवलोकन आवश्यक ठानेकी मन्त्री गौतमले, "प्रतिष्ठानको वास्तविक अवस्था आफ्नै आँखाले हेरेपछि निर्णय गर्न सजिलो हुन्छ" भन्दै अस्पताल, शैक्षिक कार्यक्रम र सम्भावित समस्याबारे विस्तृत जानकारी लिएको बताइन्। उनले यो भिजिट &

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • ३७१ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीबाट ब्राउन सुगरसहित चार युवक पक्राउ

    सुनसरी/ सुनसरीको रामधुनी नगरपालिका–१ स्थित पश्चिम बस स्टेसन क्षेत्रमा लागूऔषध ओसारपसार भइरहेको गोप्य सूचनाको आधारमा खटिएको संयुक्त प्रहरी टोलीले ठूलो परिमाणको ब्राउन सुगरसहित चार जनालाई पक्राउ गरेको छ। लागूऔषध नियन्त्रण व्युरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीको संयुक्त टोलीले मंगलबार दिउँसो १ बजे शंकास्पद रूपमा आपसमा कुरा गर्दै रहेका चार जनामाथि चेकजाँच गर्दा एक जनाको साथबाट ब्राउन सुगर १४१.४६० ग्राम लागूऔषध फेला पारिएको हो। प्रहरीले नियन्त्रणमा लिएका व्यक्तिहरूमा कोशी गाउँपालिका–५ का ३६ वर्षीय साहबुदिन आलम, इटहरी उपमहानगर–१८ का २० वर्षीय मोहमद साबिर, वर्ष २४ का र

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • ३१९ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • ४६० किलो गाँजासहित स्कारपियो बरामद, चालक फरार

    सुनसरी/ सुनसरीको ईनरुवा नगरपालिका–९ नहरचोक नजिक प्रहरीले ठूलो परिमाणको लागूऔषध बरामद गरेको छ। विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले जाल्पापुरतर्फ गइरहेको बा ३ च ५५८५ नम्बरको स्कारपियो रोक्ने प्रयास गर्दा चालक भागेपछि प्रहरीलाई शंका उत्पन्न भएको थियो। प्रहरीको पछुतर्फ गरिएको चिनारी र खोजतलासका क्रममा साम्बला पोखरीचोकबाट खटिएको टोलीले नहरचोक भन्दा करिब १०० मिटर टाढा सडकछेउमा फेला परेको सो स्कारपियो भित्र १६ वटा प्लास्टिकका बोरामा प्याक गरिएको ठूलो परिमाणको गाँजा भेटिएको हो। सो क्रममा जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुखको नेतृत्वमा सोको (SOCO) अधिकृत सहितको टिमले गरेको सूक्ष्म चेक

    • प्रकाशित मितिः मंसिर १७, २०८२
    • ४०८ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • पिन्डेश्वर बाबाधाम सफाइका लागि एक्सेल बैंकद्वारा सरसफाइ सामग्री हस्तान्तरण

    धरान/  एक्सेल डेभलपमेन्ट बैंक लिमिटेड, धरान शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व  अन्तरगत मंगलबार पवित्र धार्मिक स्थल श्री पिन्डेश्वर बाबाधाम व्यवस्थापन समितिलाई सरसफाइ सामग्री हस्तान्तरण गरेको छ। बैंकले मन्दिर परिसरलाई सफा र व्यवस्थित राख्ने उद्देश्यले १० थान डस्टबिन, ५ थान डस्टपेल, ५ थान कुचो र ५ थान झाडु प्रदान गरेको हो। कार्यक्रममा धरान–१४ का वडा अध्यक्ष कृष्णप्रसाद भट्टराईले बैंकको सामाजिक पहलप्रति खुशी व्यक्त गर्दै मन्दिर क्षेत्रको भीडभाड र धार्मिक महत्त्वका कारण यस्तो सहयोग अत्यन्त उपयोगी रहने बताए। यस्तै, पिन्डेश्वर बाबाधाम व्यवस्थापन स

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • ६८७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • बराहक्षेत्रमा ठूलो परिमाणमा लागू औषधसहित युवक पक्राउ

    सुनसरी/ सुनसरीको बराहक्षेत्र नगरपालिका–७, बत्तिस टोलमा प्रहरीले विशेष सूचनाका आधारमा छापा मार्दै ठूलो परिमाणमा लागू औषध बरामद गरेको छ। आईतबार राति करिब ९ः३५ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको टोलीले लागू औषध ओसार–पसार तथा कारोबार भइरहेको भन्ने गोप्य जानकारीका आधारमा गरेको कारबाहीमा एक युवक पक्राउ परेका हुन्। प्रहरीका अनुसार पर्वत मोदी गाउँपालिका–६ घर भई हाल बराहक्षेत्र–६ का प्रेम तामाङको घरमा बस्दै आएका २७ वर्षीय दिनेश तामाङको चेकजाँच तथा खानतलासी गर्दा TRAMADOL HYDROCHLORIDE CAPSULE I.P. का ९ पत्ता (८७ क्याप्सुल) र SPASPAIN का ९ पत्ता

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • ४७४ पटक पढिएको
    • कोशीपत्र/संवाददाता
  • सुनसरीमा मोटरसाइकल बिद्युत् पोलमा ठोक्किँदा एकको मृ*त्यु

    सुनसरी/ सुनसरीको इनरुवामा बिद्युत् पोलमा मोटरसाइकल ठोकिएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । इनरुवा नगरपालिका वडा नम्बर २ मा इनरुवा देवानगंज सडक खण्डमा भूमिसुधार कार्यालय कार्यालय नजिक को ७ प ४९०५ नम्बरको मोटरसाइकल बिद्युत् पोलमा ठोकिदा चालक इनरुवा नगरपालिका वडा नम्बर १० जल्पापुरका हारून अन्सारीको मृत्यु भएको हो । हेल्मेट नलगाई अन्सारीले चलाएको मोटरसाइकल बिद्युत् पोलमा ठक्कर खाँदा अन्सारी गम्भीर घाइते भएका थिए । घाइते अन्सारीलाई प्रहरीले उपचारका लागि इनरुवा अस्पताल लगेको थियो । दुर्घटनाका कारण अत्याधिक रक्तस्राव भएर गम्भीर बनेका अन्सारीलाई अस्पताल पुर्‍याएपछि चिकित्सकले मृत

    • प्रकाशित मितिः मंसिर १४, २०८२
    • ५१७ पटक पढिएको
    • कोशीपत्र/संवाददाता

सम्पर्क

कोशी मिडिया ग्रुप प्रालीद्धारा सञ्चालित

सुनसरी, धरान, नेपाल
पोष्ट बक्स नंः N/A

टेलिफोन

कार्यालय: ०२५-५३१४७७
विज्ञापन: ९८०२७५५२९७

ई–मेल

[email protected]
[email protected]
[email protected]

फेसबुकमा हामी

सोसल मिडिया

कम्पनी दर्ता नम्बर: २१४८६२/७५/७६ / पान नम्बर: ६०९५३२३८८ / सुचना तथा प्रसारण विभाग: २७-२०७३/०००

अध्यक्ष: शंकरप्रसाद घिमिरे / प्रधान सम्पादक: राजेश बिद्रोही / कार्यकारी सम्पादक: गाेबिन्द बस्नेत / प्रबन्ध निर्देशक: योगेशबाबु काफ्ले / संबादाता: फणीन्द्र तिम्सिना

Copyright © 2019 / 2026 - Koshipatra.com All rights reserved